Posts

राजनैतिकमैत्री भएकै हो त नेपाली आमसंचार ?

Image
एक बिहान ललितपुरको इमाडोलमा एक चिया पसलमा चिया खादै पत्रिका पढ्दै बसिरहेको थिए | एकजना अधवैसे पुरुष आएर मेरो नजिक बस्यो अनि मलाई सोध्यो "भाई आजको के छ ताजा ?" " खासै केहि छैन अंकल , त्यस्तै त हो |" भन्ने जवाफ के दिएको थिए उनले एक्कासी भने "भाई के हुन्छ र अखबारमा आजकल , नेताको भाषण र रिवन काटेको मात्र समाचार बन्छ , यो देखेर मैले त पत्रिका नै पढ्न बन्द गरिसके" | उनले थपे "खाली नेताको बोलि असो टिभी रेडियो सुन्यो नेताकै बोलि मात्र , यो सुन्नु भन्दा त बरु मा त हिन्दी सिरियल पो हेर्छु" | यो त एक उदाहरण मात्र हो नेपाली राजनैतिक पत्रकारिताको प्रभाव , यस्तो खोज्ने हो भने यहा हजारौको संख्यामा रहेको पाउछौ | अझ भनौ न कतिपय युवाहरुलाई त नेपाली च्यानल , नेपाली पत्रपत्रिकाको नाम समेत थाहा नभएको पाउछौ | त्यसैगरी बानेश्वरमा भेटिएका एक युवा भन्दै थिए , " नेपाली पत्रिका नेताले चलाएको कि पत्रकारहरुले ? पत्रिका हेर्यो अगाडी नेताको टाउको मात्र छापिएको हुन्छ , त्यस्तो पत्रिका किन हेर्नु" | पत्रकारहरु पनि कस्तो छन् भने खोजेर हैन नेताले बो

फुटसल लोकप्रियता

Image
अन्तरास्ट्रिय फुटसल पीच  निशान  सन १९३० बाट औपचारिक रुपमा ब्राजिलबाट सुरु भएको फुटसल खेल हाल नेपालमा पनि लोकप्रिय बन्दै गइरहेको छ | पछिल्लो समय नेपालका काठमाडौँ लगायतका अन्य ठुला सहरी क्षेत्रमा यसको लोकप्रियता बढी रहेको छ | हाल काठमाडौँ उपत्यकामा मात्र फुटसल सेन्टरको संख्या २५ भन्दा माथि रहेको अनुमान छ | ब्राजिलमा ठुलो मैदान अभावलाई परिपूर्ति गर्न यसको विकास भएको भएतापनि अहिले ठुलो खेलहरु जस्तै यसलाइ पनि फिफा (अन्तराष्ट्रिय फुटबल महासंघ)ले खेलका रुपमा मान्यता दिएको छ | यस खेलको विश्वकप पनि आयोजना हुने गरेको छ |   काठमाडौँको एक फुटसल सेन्टर  अन्तरास्ट्रिय स्तरको फुटसल पिचको आकार ४०/२० मिटरको हुने यस फुटसलमा एक समूहमा ५ जना गरि दुई टिममा जम्मा १० जना खेल्ने गरिन्छ | यस खेललाई फुटसल पिच र फुटसल बलबाट खेलिन्छ | साथै यस खेल हलभित्र खेलिने हुनाले यसलाई इन्डोर फुटबल पनि भनिन्छ | विश्व जगतमा केहि पहिलेदेखि यसको लोकप्रियता भएपनि नेपालमा यो खेल भित्रिएको धेरै भएको छैन | तर पनि छोटो समयमानै युवा पुस्ताहरु बीच यसको लोकप्रियता चुलिदो छ | फुटसल संचालकहरु पनि व्यवसाय फस्टाएकोमा