विश्वकै होचा चन्द्रबहादुर र अग्ला सुल्तानबीच यसरी भयो भेट (फोटो फिचरसहित)

विश्वकै अहिलेसम्मै होचा मानिसको रुपमा गिनिज बुकमा नाम लेखाएका नेपालका चन्द्रबहादुर डाँगी र सबैभन्दा अग्ला मानिस टर्कीका सुल्तान कोसेनबीच पहिलो पटक भेट भएको छ ।

१ फिट अग्ला ७५ वर्षीय डाँगी र ८ फिट ३ इन्च अग्ला ३१ वर्षीय सुल्तानले एक आपसमा ऐतिहासिक भेट गर्दै हात मिलाएका हुन् । ‘गिनिज वर्ल्ड रेकर्डस् डे’को अवसरमा आयोजित कार्यक्रममा भाग लिन तथा गिनिज बुक अफ वर्ल्ड रेकर्डसको ६० औँ वर्षगाँठका अवसरमा बेलायतको लण्डनस्थित  सेन्ट थोमस अस्पतालमा यी दुइबीच भेट भएको हो ।

चन्द्रबहादुर र सुल्तानबीच पहिलोपटक भेट भएसँगै यी दुइ किर्तिमानी पुरुषले अब एक अर्काबीच सम्पर्क बढाउने योजना पनि बनाएका छन् ।साभर - अनलाइनखबर 





Comments

Popular posts from this blog

१२ औं सागमा नेपालले सहभागी जनाउने खेलका खेलाडी तथा प्रशिक्षकको नामावली (साथमा अघिल्ला सस्करणका पदक बिजेताहरुको नामावली)

Popular cartoon characters of all time

सोमपाल कामी , क्या दामी ।