मर्न चाहन्छु (कविता)



यो भिड यो कोलाहल, यो हतार संसार..
अनी सवै स्वार्थी मान्छे !

लछार पछार गर्दै सबै
एकले अर्कालाई धकेल्दै ....
छैन मानवता, छैन भावना ..यहाँ
मात्र कोलाहल मात्र स्वार्थ !

छैन स्वतन्त्रता, सबैमा बन्धन छ
मनमा अशान्तिको मात्र बास छ
हराएको छ मन, हराएको छ त्यो तन !

अगाढी बढ्नेको तानिन्छ खुट्टा यहाँ
जान दिदैन अघि....
मानवतामा पैसा मिसिएको छ
पैसाको पछि दौडेको छ संसार !

सबैको रक्षा गर्ने धर्म ..
क्रुर बन्दैछ अब ..
धर्मकै नाममा चल्दैछ युद्ध
भगवान भने ... केहि देखिदैन यहाँ ! 

मासिएका छन् ती प्रकृति ...
मासिएका छन् मानवताको अस्तित्व
लुटिएका छन् .... चेली ..बढ्दैछ ..बलात्कार
मात्र छ हिंसा यहाँ !

स्वार्थ बढेको छ सबैमा ..
छैन दिन राम्रोको ..छ दिन हाम्रो र नराम्रोको ..
त्यसैले .. यो समाजको परिवर्तन ... संगै

बाच्नु  छैन मलाई ...
मर्न चाहन्छु ,,,
स्वतन्त्रता पाउन चाहन्छु .. मुक्त हुन चाहन्छु !!


Nishan suchcha 

Comments

Popular posts from this blog

१२ औं सागमा नेपालले सहभागी जनाउने खेलका खेलाडी तथा प्रशिक्षकको नामावली (साथमा अघिल्ला सस्करणका पदक बिजेताहरुको नामावली)

Popular cartoon characters of all time

सोमपाल कामी , क्या दामी ।