एएफसी सोलिडारिटी कप : नेपाल र टिमोर लिस्टेबीचको खेल लाइभ

एएफसी सोलिडारिटी कप फुटबलको उपाधि जित्ने लक्ष्यका साथ मलेसिया पुगेको नेपाली राष्ट्रिय फुटबल टोलीले आज टिमोर लिस्टेविरुद्ध खेल्दै प्रतियोगिताको सुरुआत गर्दैछ ।
नेपाल र टिमोर लिस्टेबीचको खेलमा मलेसियाको कुचिङस्थित सारावाक रंगशालामा नेपाली समय अनुसार ५ बजेर १५ मिनेटमा सुरु हुनेछ ।

नेपाली टोली बिराज महर्जनको कप्तानीमा मैदान उत्रने छन् । नेपाली टोलीको लक्ष्य तुलनात्मक रुपमा कमजोर टोली टिमोर लिस्टेलाई पराजित गर्दै उपाधि होड कायम गर्ने रहेको छ । नेपाली टोलीले समूह चरणको अन्तिम खेल ब्रुनाईसँग कात्तिक २३ मा खेल्नेछ ।

नेपाल र टिमोर लिस्टेबिचको खेल लाइभ हेर्न यहाँ क्लीक गर्नुस ।



नेपालले टिमोर लिस्टेविरुद्ध यो तेस्रो पटक खेल्न लागेको हो । नेपालभन्दा कमजोर टोली टिमोर लिस्टेलाई नेपालले यसअघि दुई पटक पराजित गरिसकेको छ । नेपालले यसअघि टिमोर लिस्टेलाई सन् २०११ मा भएको दुई खेलमा पराजित गरेको थियो । 
सन् २०१४ को विश्वकप छनौटका लागि दशरथ रंगशालामा भएको खेलमा नेपालले पहिलो लेग २१ र दोस्रो लेग ५० ले जितेको थियो ।  


Comments

Popular posts from this blog

१२ औं सागमा नेपालले सहभागी जनाउने खेलका खेलाडी तथा प्रशिक्षकको नामावली (साथमा अघिल्ला सस्करणका पदक बिजेताहरुको नामावली)

Popular cartoon characters of all time

सोमपाल कामी , क्या दामी ।