Posts

Showing posts from February, 2015

वेबसाइड ह्याकरबाट बचाउने उपाय

Image
के तपाइको वेबसाइड ह्याकरले ह्याक गरेको छ ? वा तपाइले विभिन्न सरकारी तथा गैरसरकारी सस्थाको वेबसाइट ह्याक भएको खबर सुन्नुभएको होला | आफ्नो ब्लग, वेबसाइड ह्याकरबाट बचाउन के गर्ने भनेर सोच्दै हुनुहुन्छ ? भने यो कुरामा ध्यान दिने हो भने ह्याक हुने सम्भावना बाट बच्ने सम्भावना धेरै हुन्छ । १. राम्रो होस्टिंग चयन गर्ने बजारमा धेरै प्रकारका होस्टिंग सर्भिस दिने कम्पनिहरु छन् । तर हामीले किन्ने बेलामा त्यसले उपलब्ध गराउने सुरक्षा व्यवस्थालाइ नहेरी सस्तो होस्टिंग खोज्न तिर लाग्छौ अनि ह्याक हुने सम्भावना बढी हुन्छ । प्राय होस्टिंगमा सेयर गरिएका होस्टिंगहरु सस्तो हुन्छन तर ति होस्टिंगमा ह्याक हुने सम्भावना पनि उत्तिकै रहन्छ । यदि तपाइँ कुनै महत्वपूर्ण सुचना राख्ने वेबसाइट बनाउदै हुनुहुन्छ वा त्यसमा पैसाको कारोबार हुन्छ भने तपाइँले भरपर्दो र राम्रो सुरक्षा दिने होस्टिंग छान्नु पर्ने हुन्छ । त्यसको लागि भर्चुअल प्राइभेट सर्भरको होस्टिंग लिन पनि सक्नुहुन्छ जसमा तपाइँको साइट अरुसंग नराखी छुट्टै राख्न सक्नुहुन्छ र केहि आफ्नै सेक्युरिटीको सेटिङ्ग पनि गर्न सक्नुहुन्छ । २. सफ्टवयर अपडे...