म्याच फिक्सीङ पछिको नेपाली फुटबल
अदालतमा बयान दिन जाने क्रममा कप्तान थापा - तस्बिर निशान निशान राई नेपालीहरुको महान चाड दशैँ नजिकै आइसकेको थियो । दशैको मुखैमा आएर नेपाल प्रहरीले खेल मिलोमतो ‘म्याच फिक्सीङ’ गरेको आरोपमा नेपालका उच्च तहका फुटबलरहरु पक्राउ गरेको खबर आयो । प्रहरीले सनसनीपूर्ण तरिकाले सार्वजनिक गरेको उक्त प्रकरणमा पुर्व खेलाडी तथा राष्ट्रिय टोलीमा रहेका पाच सदस्यहरुलाई पक्राउ गरेको थियो ।जसमा थिए राष्ट्रिय टिमका कप्तान सगर थापा, डिफेन्डर सन्दिप राइ, गोलकिपर रितेश थापा, तथा पुर्व खेलाडीहरु विकाससिंह क्षत्री र अन्जन केसी । दशैँपछि पक्राउ परेका उनीहरुलाई प्रहरीले बिशेष अदालतमा ‘राज्यविरुद्धको अपराध’मा मुद्दा चलायो । तर, कमजोर प्रमाण भएको भन्दै बिशेष अदालतले उनीहरुलाई धरौटीमा रिहा गर्यो । यता, खेलाडीहरुले भने आफुहरु निर्दोष रहेको बताउदै आएको थियो । जब, अदालतले खेलाडीहरुलाई धरौटीमा छाडेको थियो । त्यसलगत्तै एसियाली फुटबल महासंघ (एएफसी) ले एउटा रिपोर्ट सार्वजनिक गर्यो । जसमा नेपाली खेलाडीहरुले खेल मिलेमतो गरेको देश र मिलेमतो गरेवापत प्राप्त गरेको पैसाको विवरण सार्वजनिक गरेको ...