Posts

Showing posts with the label विविध

भिक्षु धावक

Image
काठमाडौं । प्रायः भिक्षुहरु कलेजी वस्त्र लगाएर धार्मिक ग्रन्थहरुसँग रम्ने गर्छन् । विश्व शान्तिको कामना गर्छन् । त्यसको अलावा भिक्षुहरु गुम्बाको रेखदेख, धार्मिक तथा सामाजिक कार्यहरुमा दिनचर्या बिताउने गर्छन् । तर, सिन्धुपाल्चोकस्थित मेलम्चीको ङग्यूर थेगक्षोग हेसाल किल्गुङ लिङ (जम्दार) गुम्बाका भिक्षुहरु भने केही फरक छन् । उनीहरु भिक्षुको परिधिभित्र मात्र सीमित छैनन् । सामाजिक, धार्मिक कार्यसँगै खेलकुदमा समेत सकृय छन् । जम्दार गुम्बाका छुल्ठीम स्याङपो, पाल्देन लामा, कर्मा वङग्याल, सङ्गे थुप्तेन, केसाङ लामा, सोनाम लामा, सांगे तेन्जिङ्ग र मिङमार लामाको परिचय एक भिक्षुको मात्र छैन । उनीहरुको परिचय भिक्षुसँगै धावकको रुपमा समेत जोडिन थालेको छ । लुम्बिनी बौद्ध धर्मावलम्बीहरुको पवित्र धार्मिक स्थल हो । लुम्बिनी पिस म्याराथन प्रालिको आयोजनामा यसै साता लुम्बिनीमा चौथो संस्करणको ‘लुम्बिनी शान्ति म्याराथन’ सम्पन्न भयो, जसमा आठ भिक्षुहरु दौडिए । कलेजी वस्त्र निकाल्दै खेलकुद वस्त्र जर्सी पहिरिए, खेलकुदको माध्यमबाट वुद्धको सन्देश विश्वमा फैलाउन । “हामी दौडमा सहभागी ...

सपनाको बिँडो

Image
अधिकांश  आमा बुवाको   चाहना   हुन्छ –  छोरा   वा   छोरीलाई   डक्टर ,  इन्जिनियर या अचेल चल्तीमा रहेको सीए बनाउने । ताकि   उनीहरूले   नाम,   दाम र जीवन कमाऊन् ।   कमै   आमाबुवाले   सन्तानलाई   खेलाडी भएको सोच्न सक्छन् ।   कारण -  नेपालमा   खेलाडीले   खेलेरै   जीवन धान्न कठिन   छ   ।   नेपाली   खेलकुदमा   नाम   छ   तर   बाँच्ने   आधार  दाम   छैन   । तर ,  नवलपरासी प्रतापपुर गाउँपालिकाका   एक   बुवा   छन् -  रामबालक   कोहार ,  जो   आफ्नो   छोरालाई   खेलाडी   बनाउन   लागिपरेका   छन्   ।   आफ्नो   छोरा   देशकै   ठूलो धावक   बनेको   हेर्ने   रहर   छ   उनलाई   ।   त्यसैले   आफ्नो   छोरालाई   प्रेरणा   दिन   ४५   वर्षको   उमेरमा  ' हाफ - म्याराथन'   दौडिन ...