सपनाको बिँडो
अधिकांश आमा बुवाको चाहना हुन्छ – छोरा वा छोरीलाई डक्टर , इन्जिनियर या अचेल चल्तीमा रहेको सीए बनाउने । ताकि उनीहरूले नाम, दाम र जीवन कमाऊन् । कमै आमाबुवाले सन्तानलाई खेलाडी भएको सोच्न सक्छन् । कारण - नेपालमा खेलाडीले खेलेरै जीवन धान्न कठिन छ । नेपाली खेलकुदमा नाम छ तर बाँच्ने आधार दाम छैन । तर , नवलपरासी प्रतापपुर गाउँपालिकाका एक बुवा छन् - रामबालक कोहार , जो आफ्नो छोरालाई खेलाडी बनाउन लागिपरेका छन् । आफ्नो छोरा देशकै ठूलो धावक बनेको हेर्ने रहर छ उनलाई । त्यसैले आफ्नो छोरालाई प्रेरणा दिन ४५ वर्षको उमेरमा ' हाफ - म्याराथन' दौडिन ...