Posts

Showing posts with the label साहित्य

भूकम्प तिमी र म डिभोर्स गरौँ

Image
तस्बीर गुगल  प्रिय , भूकम्प ! तिमीलाई मैले किन यति धेरै माया गरेँ र तिमीले साथ दियौ ? हेर ! तिम्रो यो मायाले म पागल भै सकेँ । मलाई दिनमा चैन छैन अझ रातमा समेत चैन छैन | किन ? खाली तिम्रो मात्र माया लागेर आउँछ | तिम्रो यादले सताई रहन्छ | तिमी सपनीमा आउँछौ | विपनामा भने हराउँछौ | तिमी भन्छौ होला भूकम्प , मैले तिमीलाई माया गरेको छैन भनेर होला | तर , तिमीलाई थाहा छ | तिम्रो आगमन नभएको दिन मैले कति न्यास्रो मान्छु ? सों:च ! यदी तिम्रो माया नलागेको भए म प्रत्येक दिन भूकम्प ! भूकम्प ! भनेर पटक पटक चिच्याउने थिइनँ | सम्झ एकपल्ट | सुन भूकम्प !   तिमीलाई म सानो यो चिठीमार्फत भन्दै छु | तिमीलाई पाउन मैले के गरिनँ ? मैले जे गुमाउनु थियो त्यो गुमाँइसकेको छु | अब त्यो भन्दा बढी गुमाउने म सँग केहि छैन | र अझैं पनि तिमीले मलाई माया गर्दैनस भनेर पटक पटक पीडा दिने गरेको छौ | अब मैले तिमीलाई म सँग बाँकी जति माया दिईसके | मलाई अझै तनाव नदेउ |   सुन ! मलाई तिमीले तनाव दिदा तिमीलाई मनोरन्जन मिल्छ होला | तिमीलाई यो थाहा छैन कि तिम्रो तनावको असर मलाई मात्र पर्दैन | तिमीले गर...

सपनाको एकादेशमा ( उपन्यास )

Image
'मलाई जहाँसम्म थाहाँ छ कि टोलमा ऊनी नयाँ घरमा आएकी थिइन् |'   अग्ली कदकी अनी गोरी वर्णकी थिइन् ऊनी....... चस्मा लगाउने गर्थिन् | सुहाउने खालको ड्रेस अप हुन्थियो | उसको बारेमा कुनै जानकारी छैन मलाई |  तर , ऊनी उच्च वर्गको परिवारमा हुर्केकी थिइन् | किनकी उनको त्यो लवाईले प्रष्ट थाहा हुन्थियो | यो मेरो बुझाईमात्र हो , अरु मलाई थाहा छैन | ' मेरो कलेज विदा थियो | एक महिनाको लागी भर्खरै बिए पहिलो वर्षको एक्जाम (परीक्षा) सकिएकोले | म दिनभर कोठामै हुन्थे | अल्छी लाग्दा दिन हुने भएको कारणले कोठा बाहिर निस्केर नजिकैको एक दाईले खोलेको सानो चिया पसलमा गएर बस्थे |  त्यै बेला उनलाई पहिलोपटक देखे | सायद उनको त्यो एक झलकले गर्दा मेरो एक महिने दिन त्यहि चिया पसलमा बित्न थाल्यो | उनकै यादमा, उनकै वर्णनमा एकतमासले बोलिरहेको थिए ..  'के' तलाई ऊ खुबै मन पर्थ्यो ?  एक्कासी !  विवेक बिचमै बोल्यो | मेरो एकोहोरोपन एक्कासी बिच्कियो | अ...अ ... थाहा छैन ..यार विवेक, त्यो माया हो या के हो | बुझ्न सकेको छैन मैले अझै | भनेसी तलाई पनि लभको चक्कर लाग्नु आटेको थियो हो ? भन त,...

मर्न चाहन्छु (कविता)

यो भिड यो कोलाहल, यो हतार संसार.. अनी सवै स्वार्थी मान्छे ! लछार पछार गर्दै सबै एकले अर्कालाई धकेल्दै .... छैन मानवता, छैन भावना ..यहाँ मात्र कोलाहल मात्र स्वार्थ ! छैन स्वतन्त्रता , सबैमा बन्धन छ मनमा अशान्तिको मात्र बास छ हराएको छ मन, हराएको छ त्यो तन ! अगाढी बढ्नेको तानिन्छ खुट्टा यहाँ जान दिदैन अघि.... मानवतामा पैसा मिसिएको छ पैसाको पछि दौडेको छ संसार ! सबैको रक्षा गर्ने धर्म .. क्रुर बन्दैछ अब .. धर्मकै नाममा चल्दैछ युद्ध भगवान भने ... केहि देखिदैन यहाँ !  मासिएका छन् ती प्रकृति ... मासिएका छन् मानवताको अस्तित्व लुटिएका छन् .... चेली ..बढ्दैछ ..बलात्कार मात्र छ हिंसा यहाँ ! स्वार्थ बढेको छ सबैमा .. छैन दिन राम्रोको ..छ दिन हाम्रो र नराम्रोको .. त्यसैले .. यो समाजको परिवर्तन ... संगै बाच्नु  छैन मलाई ... मर्न चाहन्छु ,,, स्वतन्त्रता पाउन चाहन्छु .. मुक्त हुन चाहन्छु !! Nishan suchcha 

थाहाँ छैन (गीत)

आफैलाई थाहाँ छैन, किन हो यो मन , यो तन आज कहाँ छ  किन हो,  तिमी मात्र मेरो कल्पनामा मलाई के भो तिमी मात्र मेरो सपनीमा | जति टाढा भएपनि तिम्रो मात्र यादहरु छ, अरु केहि सोच्न सक्दिन, तिमी जहाँ गएपनि के भो आज यो मन , यो तनमा तिमी मात्र छ | मेरो मन पिडामा छ, तिमी टाढा छौ, बिर्सन सक्दिन तिमीलाई , तिमी टाढा हुदा , मेरो सामु नहुदा सायद माया यही हो, मलाई आज थाहाँ भो | आफैलाई थाहाँ छैन, किन हो यो मन , यो तन आज कहाँ छ तिमी टाढा हुदा, के नै गर्न सक्छु र तिम्रो त्यो साथ विना |

क्यान्डी क्रस ..... क्यान्डी क्रस .......ओभर क्रस !!!!!!

Image
क्यान्डी क्रस ..... क्यान्डी क्रस ओभर क्रस !!!!!! हामी सबैलाई थाहै छ ! क्यान्डी क्रस भन्ने गेमको बारेमा !! यो गेम अहिले सहर बजारदेखि गाउ गाउ सम्म र सामान्य स्मार्ट फोन देखी डेक्सटप कम्प्युटर, ल्यापटप, ट्याब्लेटसम्मको विधुतीय सामाग्रीहरुमा उपलब्ध छ | कतिपयका लागि ' समयको बर्बादी ' लाग्ने यो गेमका एक महिनामा ३३ करोड   प्रयोगकर्ता छन्। सानो बच्चा होस् या बृद्ध उमेरका मान्छे ! सबै उमेरका व्यक्तिहरुले जानेको गेम हो यो | यो गेम पहिले क्यान्डी क्रसबाट सुरु हुदै क्यान्डी क्रस सागासम्मको भर्सन बजारमा आइपुगेका छ र चाडै यसको अर्को नयाँ भर्सन आउने बजारमा हल्ला छ | साथै भर्खर मात्र यस गेमका डिजाइनर टमी कार्ल पाम नेपालमा समेत आएर फर्की सकेको अवस्था छ | अझ नेपालमा आएर उसले के भन्यो भने ....उसले पनि यो गेम दिनमा एक पटक सम्म खेल्ने गर्छ रे ! नेपालको कुरा गर्ने हो भने यो गेम यति लोकप्रिय छ कि ...... गाडीमा चढेर गन्तव्य हिड्ने देखि घरमा बस्ने, बाटोमा हिड्ने बटुवाले समेत यो गेम खेलिरहेको देख्छौ |  त्यतिमात्र कहाँ हो र ? यदी मोबाइल समातेर कोहि मुस्कुरौदै बसेको छ भने थाहा...

अनुभवको भुत

Image
एक दिन अचानक पुरानो साथीलाई भेट्न उसको घर गएको थिए | मेरो एकदम मिल्ने तर निकै भएको थियो नभेटेको उसलाई | उसको स्वभाव अलिक चन्चले खालको, जहिले नि हासिखुसी रमाइलो गर्ने खालको थियो | म उसको घर पुग्दा ऊ आफ्नो कोठामा मोबाइल खेलाउदै बसिरहेको थियो | म गएपछि के छ, सन्चो बिसन्चोको बारेमा सोध खोज भयो | हामी दुईबीच नयाँ नौलो घटनाक्रमको बारेमा सोधपुछ भयो | तर, मलाई यस्तो लाग्यो कि उसमा केही गडबडी भएको छ | किनकि ऊ पहिले जस्तो थिएन, ऊ एकदम निराश मुद्रामा थियो | यस्तो निराश अवस्थामा उसलाई मैले यत्रो संगत गर्दा पहिलो पटक भेटेको थिए | ओहो ! यस्तो अबस्थामा उसलाई भेट्दा आश्चर्यचकित भए म | उसलाई कही न कही भएको होला भनि मैले भने,”के भयो ह ? केटा | उसले भन्यो “ कही पनि भएको छैन यार, कस्तो बोरिङ् भैरहको छ |” त्यति हो | “तर कही न कही त भएको छ तलाई “ के भो भन न यार | उसले फेरी अन्य कुराहरु निकालेर मलाई टार्न खोज्यो | सधै हासी खुसि रहने, उसले प्राय जोक्स र चुटकिला, कमिडी गर्न मन पराउने व्यक्ति यस्तो अवस्थामा छ | मेरो दिमागमा झट्ट यौटा कुरा को याद आयो “यसलाई यसको केटि साथीले पकै धोका दियो होला “ | भ...