सपनाको एकादेशमा ( उपन्यास )
'मलाई जहाँसम्म थाहाँ छ कि टोलमा ऊनी नयाँ घरमा आएकी थिइन् |' अग्ली कदकी अनी गोरी वर्णकी थिइन् ऊनी.......
चस्मा लगाउने गर्थिन् | सुहाउने खालको ड्रेस अप हुन्थियो |
उसको बारेमा कुनै जानकारी छैन मलाई | तर, ऊनी उच्च वर्गको परिवारमा हुर्केकी थिइन् | किनकी उनको त्यो लवाईले प्रष्ट थाहा हुन्थियो | यो मेरो बुझाईमात्र हो, अरु मलाई थाहा छैन |'
मेरो कलेज विदा थियो | एक महिनाको लागी भर्खरै बिए पहिलो वर्षको
एक्जाम (परीक्षा) सकिएकोले | म दिनभर कोठामै हुन्थे | अल्छी लाग्दा दिन हुने भएको
कारणले कोठा बाहिर निस्केर नजिकैको एक दाईले खोलेको सानो चिया पसलमा गएर बस्थे | त्यै बेला उनलाई पहिलोपटक देखे | सायद उनको त्यो एक
झलकले गर्दा मेरो एक महिने दिन त्यहि चिया पसलमा बित्न थाल्यो |
उनकै यादमा, उनकै वर्णनमा एकतमासले बोलिरहेको थिए ..
'के' तलाई ऊ खुबै मन पर्थ्यो ? एक्कासी ! विवेक बिचमै बोल्यो | मेरो
एकोहोरोपन एक्कासी बिच्कियो |अ...अ ... थाहा छैन ..यार विवेक, त्यो माया हो या के हो | बुझ्न सकेको
छैन मैले अझै |भनेसी तलाई पनि लभको चक्कर लाग्नु आटेको थियो हो ? भन त, शिरिष
त्यसपछि के भो ? हामीलाई सुना त तेरो लभ स्टोरी !'भन्दै थिए त | तलाई बीचैमा बोल्नु पर्ने ... रोमान्टिक हुदा हुदै
.तैले मेरो कथा नै मोडी हालिस | पछि कुनै दिन भनौला |' बरु भन न तेरो लभ को
जिन्दगी कस्तो चल्दै छ ?अझ ...मलाई पो सुना रे | मेरो त तलाई नै था छदै छ नि | बरु शिरिष
यस्तो कुरा मनमा राख्न हुदैन ..गुम्साएर | कि जाड (छ्याङ्ग) पकाउन लागिस, गाउमा
आमाले बनाएको देखिस् कि क्या हो मर्चा(जाड बनाउदा प्रयोग हुनेएकप्रकारको घरेलु
केमिकल) हालेर ..जाड गुम्साएको ? मनमा यस्तो कुरा बढी नखेला है ... केटा भएर
..केटि जस्तो .लभर सम्झदै बस्ने ? फेरी ब्रम्हचारी बन्लास ! हैन यार त्यति साह्रो नभन न यार विवेक ... मन हो ...तलाई पनि प्रकृति
नभएको भए के हुन्थियो ! भन् त ?म र विवेक कोठामा बसेर आफ्नै धुनमा गफ गर्दै गर्दा .....
शिरिष चिया भयो है लगेर जा ! दिदी किचेनबाट कराइन ....दि ..ल ल आए दि | 'ल विवेक एकछिन है ..चिया खादै गफ गरौला | मैले भने,
ल ल ..जा तेरो त्यो केटीको ह्याङ भगा | विवेकले घोची हाल्यो .. शब्दले
| विवेक आफ्नै
धुनमा मोबाइल चलाउन व्यस्त थियो | केहि महिनाअघि मात्र काकाले जापानबाट सामसुङ
ग्यालेक्सी एस थ्री पठाईदिएको थियो उसलाई | त्यसैमा प्रकृतिसंगको फोटोहरु हेर्दै
मुस्कुरौदै थियो, ऊ | इ.. चिया ले ... विस्कुट नि खा है | अनी भन मेरो त झन्डै
परेको लभबारे सुनी हालिस ...बरु तेरो प्रकृतिसंगको पोखरा टुर कस्तो भो ?बिन्दास ! शिरिष ...लाइफमा मोज गर्ने हो,पछि यस्तो पाइन्न | त नि कुनै
केटीसँग अफेयर चलाई हाल |पछि पर्लास ! नाम मात्रको शिरिष ......
अ ..त्यो त हो तर, (केहि बोल्न सकिन )के तर... त्यो केटीलाई नै पर्खने विचार आयो तलाई ? विवेकले आखा
सन्काउदै जिस्कायो |हैन .. मैले उत्तर दिए प्रश्न खस्न नपाउदै
के त ?कै पनि हैन ! केहि नबुझेजस्तो भान गरे मैले |
ल ल बुझे.... तैले के सम्झदैछ भन्ने ...के बुझिस त विवेक मेरो कुरा ? बुझ बुझ अनी फ्लिम बनाएस मेरो लभ स्टोरीको | कुरा बंगाउने प्रयास गरे
मैले |ओइ ! 'ल म गए है .. पछि भेट्छु तलाई ! अनी पुरै कथा सुन्छु तेरो ..
सपनाको एकादेशको मायालु र तेरो एकतर्फी प्रेम कहानी | म गए, प्रकृतिलाई टाइम दिएको
छु |'हुन्छ ..ल ल जा तेरो पानी लभ स्टोरी फेरी टुंगिएला .... रोमियो |
ढोकाबाट फुत्त निस्कियो,विवेक |बढी हुन्छस मुला ! ल जा पछि भेट्छु | मेरो कुरा सुन्यो या सुनेन
विवेकले किनकी हावाको बेगभन्दा चाडो ऊ खोठाबाट निस्कियो | विवेक गएपछि कोठामा सुनसान छायो | जुन सुनसान निकै पीडाको क्षण भन्दा
धेरै शुन्यता थियो | एउटा आख्यान किताब टेबलमा देखियो | निकाले, पल्टाए एक एक
पन्ना |तर, पढ्न मन भएन | पल्टिए खाटमा ! दिमागमा आयो त्यो पुरानै झझल्को ...
परैबाट चस्मिस आखाले हेरेको | पटक पटक ... हेरेको | हल्का मुस्कुराएको | त्रिनग त्रीइंग ... फोन आयो ... मोबाइल बज्यो | भर्खरको नयाँ सेट थियो
नोकियाको १५४५ को सेट | अहिलेको भाषामा सेल्फी खिच्न मिल्ने | तर त्यो बेला फ्रन्ट
क्यामेरा भएको मोबाइल भने गरिन्थ्यो |
नाम हेरे .. विवेकले गरेको रहेछ | हेल्लो ! किन फोन गरिस् ? सधैझै प्रश्न सोधी हाले | किनकी विवेकले कि कुनै ठुलै अप्ठ्यारो परेको बेला फोन गर्थियो कि महत्वपूर्ण काम परेको बेला |ओइ, शिरिष सुन त ..यो शनिबार ..हामी मेरोमा पार्टी गर्दैछौ | तयार हु है ..टाइम निकाल | मेरो प्रश्नको उत्तर एक शब्दमै उसले दियो |अ ... हुन्छ | एकछिन रोकिए | तर , ड्रिंक्स चै गर्दिन है | किनकी मलाई खासै ड्रिंक्समा रुची हुन्न थ्यो | तर, अशुद्ध चै थिइन् | केटाहरुले ललाई फकाई खुवाऊथे बेलाबेलामा | त्यसैले अगुल्ठोले हानेको बिरालो .. बिचुली चम्कदा तर्सन्छ भन्ने उखान जस्तै तर्सिएर अघि नै भनिहाले |अब पार्टीमा तलाई चै चिया पिलाउला ... सिरियस लभर | फोनबाटै कटाक्क्ष हान्यो उसले |
ल ..भन्या छु तयार हु ..जसरि पनि त छुट्नु हुन्न | फेरी म कस्तो छु तलाई था होला नि ? प्रश्न तेर्सायो |ल ल ..ओके ..म आउछु | तर ,ड्रिंक्स चै ...हुन् है | फेरी दोहोर्याए मैले त्यै पुरानो प्रश्न |त्यो पार्टी गरेकै दिन थाहा हुन्छ | ल बाइ टेक केयर .लभर | उसले फेरी जिस्कायो | किनकी मेरो एकतर्फी मायाको बारेमा उनलाई लगभग आधा आधा जानकारी थियो |ल.. ल मुला राख, बढी नजिस्का | मैले भने |उसले फोन काट्यो .. टीट.. फोन डीसकनेक्ट (फोन काटिएको) आवाज आयो |झट्ट ..सोचे ! पार्टीमा आउछु त भने तर के को पार्टी हो ? सोध्नै बिर्सेछु | थुक्क बुद्धि मेरो | आफैलाई मनमनै सरापे | सोध्नु पर्यो भनेर फोन उठाए | उसको नम्बरमा डाइल गरे |कृपया ! तपाइको ब्यालेन्स कम भएको छ | रिचार्च गर्नुहोला | फोनको घन्टी बिबेकको मोबाइलमा पुग्नु भन्दा अघि टेलिकमले सम्झायो मलाई | फोन काटे | पैसा चेक गरेको | दुई रुपिया १ पैसा रहेछ | कल गरिन विवेकलाई | किनकी कल गरेको भए सब सकिन्थियो | फेरी मिसकल गर्ने पैसा समेत हुन्न थ्यो |रिचार्च गर्ने पैसा थिएन | कसैले कुनै दिन लगाईदिएको भरमा चल्नु पर्थ्यो | कुनै जागिर थिएन | बाउ लाहुरे होईन | कताबाट पैसा आउने ? गाउबाट बाउ आमाले कोदालो खनेर पठाएको पैसाले कलेजको फी तिर्न पनि हम्मे हम्मे हुने समयमा |आ आ .. होस् ! पार्टी गर्ने अघिल्लो दिन पक्कै विवेकले फोन गर्छ त्यै बेला सोधुला | मनमनै सोचे | विवेकलाई डाइल गर्नठिक्क पारेकोउसको नम्बर कट गरे | मोबाईलको कि यता उती घुमाए, संग्सको(गीत) एप्लिकेशन देखियो | क्लिक गरे | गीत छनोट गरे |
'उडी जाने रुमाल' संजिव प्रधान | नेम लिस्ट देखियो | पुरानो गीत |
सायद यो भन्दा अघि मैले सुनेको थिइन् ! क्लिक गरे उक्त गीतलाई |उडी जाने रुमाल फररर.... दाजै ..मन उड्यो त्यसै हरर
थाहा छैन माया पनि यस्ती मिठो हुदो रैछ ..बैशमा हुन्छ है डर .... गीतको त्यो लयसंगै बिछौनामा
पल्टिए | गीतको शब्द नै मन पर्यो | सम्झे उनलाई | नाम था छैन | के गर्छ था छैन |
तर, गीतकै लयमा उनलाई मनको म्युजिक भिडियोमा ढाल्न पुगे | कुरा गरेको, हास्दा
यस्तो देखिन्छ होला ! यसरी मलाई उनले माया गर्ला | यसरी टासिएर गफ गर्ला !(ढक.. ढक.. ढक .. शिरिष शिरिस) बाहिरबाट कसैले बोलायो | को हो ?
एक्कसी सोधे | म ! निधाइस कि के हो ? दिदि करायो |
जुरुक्क उठे .. हैन पढ्दैछु | प्रश्न नसकिदै उत्तर फर्काए |गल्ध्याक ... मोबाइल भुइमा पछारियो | दुई टुक्रा भयो | खोल एकपट्टि
उछिटियो, ब्याट्री अर्को तर्फ | एकै मिनेटमा मिठो कल्पना खल्बलियो | टिपे मोबाइल,
ब्याट्री जोडे | स्विच अन गरे | बेडमा
फ्याले | चुक्कुल खोले | चुईक ढोका करायो | उघारे | दिउसै सपना खलबलाउने दिदि
आफ्नै कोठामा गइसकेको रहेछ |कस्तो ल्यांग सुड्डी (आफु भन्दा बढी उमेरको) | त्यतिकै आत्ताउने | मन
मनै सरापे | चार बजिसकेछ | भित्तेघडी करायो, आफ्नो कर्म पुरा गर्यो | फुटबल खेल्न
जाने समय भएछ | मुख धोए फ्रेस हुदै गर्दा .. सिरिश सिरिश ,, बाहिरबाट कसैले बोलायो | ह ह ! उतर दिए | अमृतले बोलाएको
रैछ | चाडो गर केटाहरु खेल्न थालिसक्यो |ल ल आए | उतर फर्कौदै गर्दा .. जुत्ता निकाले प्लास्टिकको झोलामा राखे
| जसरी टिपे .. बाहिर निस्के | रात पर्ला जस्तै भैसकेको रहेछ | ..हिड जाऊ | मैल भने | किन ढिला आज त ? अमृतले सोध्यो | किनकी जहिले
ग्राउण्डमा चाडो पुग्ने मै थिए | त्यतिकै
पढ्दै थिए ... निधाएछु | आधा भन्दा बढी बाटो काटीसकेको थियौ | एकछिनपछि डुंग डुंग .. फुटबल खेलेको आवाज आयो | सवै त्यसमै व्यस्त भयो |
शुक्रबार काटेको थाहा नै भएन | दिनदिनै त्यै पुरानै घटनाक्रम | कलेज गयो आयो | प्रक्रिया पुरा गर्यो |उडी जाने रुमाल फरर .दाजै .. फोन आयो, गीत सुनेकै दिनबाट रिङटोनमा परिबर्तन भैसकेको थियो | हेरे, विवेकको रहेछ ..
नोट - बाकि..... बिस्तारै पोष्ट हुनेछ |
Comments
Post a Comment
कृपया अश्लिल शब्दको प्रयोग नगरिदिनु होला |