अनुभवको भुत




एक दिन अचानक पुरानो साथीलाई भेट्न उसको घर गएको थिए | मेरो एकदम मिल्ने तर निकै भएको थियो नभेटेको उसलाई | उसको स्वभाव अलिक चन्चले खालको, जहिले नि हासिखुसी रमाइलो गर्ने खालको थियो |
म उसको घर पुग्दा ऊ आफ्नो कोठामा मोबाइल खेलाउदै बसिरहेको थियो | म गएपछि के छ, सन्चो बिसन्चोको बारेमा सोध खोज भयो | हामी दुईबीच नयाँ नौलो घटनाक्रमको बारेमा सोधपुछ भयो |
तर, मलाई यस्तो लाग्यो कि उसमा केही गडबडी भएको छ | किनकि ऊ पहिले जस्तो थिएन, ऊ एकदम निराश मुद्रामा थियो | यस्तो निराश अवस्थामा उसलाई मैले यत्रो संगत गर्दा पहिलो पटक भेटेको थिए |
ओहो ! यस्तो अबस्थामा उसलाई भेट्दा आश्चर्यचकित भए म | उसलाई कही न कही भएको होला भनि मैले भने,”के भयो ह ? केटा |
उसले भन्यो “ कही पनि भएको छैन यार, कस्तो बोरिङ् भैरहको छ |” त्यति हो |

“तर कही न कही त भएको छ तलाई “ के भो भन न यार | उसले फेरी अन्य कुराहरु निकालेर मलाई टार्न खोज्यो |

सधै हासी खुसि रहने, उसले प्राय जोक्स र चुटकिला, कमिडी गर्न मन पराउने व्यक्ति यस्तो अवस्थामा छ | मेरो दिमागमा झट्ट यौटा कुरा को याद आयो “यसलाई यसको केटि साथीले पकै धोका दियो होला “ |

भनि सम्झाउन बुझाउन खोजे त्यो पनि हैन भन्छ | म अचम्ममा परे | के भयो होला त यस्लाई ?

ओहो ! पछि पो थाहा भयो कि यस्लाई त अन्य  केहि भएको रहह्येनाछ मात्र लागेको रहेछ एस्तो खालको  डरलाग्दो भुत | त्यो भुत को नाम हो ‘अनुभवको भुत’ यानकी Experience भुत........
सबै कुरा बुज्दै जादा थाहा भयो कि ‘ एक अफिसमा जागिर खान भनेर गएको रहेछ | सबै राम्रै गरेछ | अनि अन्तरबार्ता सुरु भएछ |
..........तर भित्र ‘बोस’ अर्थात् मेनेजरले भनेछ | “ you can do it but you have no any experience “ so we are sorry  for that .  ( तपाई गर्न सक्नुहुन्छ तर तपाईसग कुनै काम गरेको अनुभव छैन, त्यसका लागि हामी माफी चाहन्छौ |)

अनि त ........... उसलाई लागेन त अनुभबको भुत | त्यै कारण पो उ निराश रहेछ  | किनकि उ अहिले पढाई कै सिलसिलामा थियो | पहिलो पटक जागिरको सिलसिलामा गएको थियो, त्यो भन्दा अगाडी ऊ संग त्यस्तो  कुनै अनुभव थिएन |

‘मलाई त उसको यस कुराले खासै असर गरेन किनकि मलाई यस्ता ‘अनुभवका भूतले’ निकै समतिसकेको थियो |
साच्चै , यो अनुभवको भुत लागेका मानिसहरु थुप्रै होलान हाम्रो नेपालमा | यो अनुभवको भुत साहै डरलाग्दो रुप लिएर निस्कियो | 

यसले हाम्रो देशमा एस्तो रुपमा जरा गाडेर आयो कि एस्लाई निर्मुल पार्न पुरै नेपाल उखेल्नु पर्छ | यसको यस्तो अवस्था छ कि न यसका लागि उपचार छ न कुनै धामी झाक्री नै छ | यसलाई निर्मुल पार्न नोबेल पुरस्कर बिजेता चिकित्सकहरुले पनि सक्दैन |


के हो ? ‘अनुभवको भुत’ ? हे भगवान यो भुत हरेक गल्लि, भित्ता, पर्खाल, अफिस, पत्रपत्रिका, टिभी, रेडियो, प्राय जता पनि पाइन्छ |

कसरि हुन्छ ? भनेर खोज्दै  आऊनुहुन्छ भने म भन्छु | के तपाईहरु पत्रपत्रिका’ इन्टरनेट रेडियो टिभी आदिमा पाइने विभिन्न बिज्ञापनहरु हेर्नुहुन्छ होलानी ? हो त्यहि पाइन्छ ‘अनुभवका भूत’ | ती बिज्ञापनहरुमा विभिन्न पदका लागि आवश्यकता भनिएको हुन्छ | आवश्यक जनशक्ति त्यस विज्ञापनद्वारा माग गरिएको हुन्छ | आकर्षक तलबको व्यवस्था गरिएको हुछ | तर, त्यहाँ के लेखिएको हुन्छ थाहा छ ?
 त्यहाँ लेखीएको हुन्छ “यस पदका लागि एक देखि दुई वर्षसम्म अनुभव भएको हुनुपर्नेछ | आएन त फेरी यो अनुभव  को भुत ?

आगाडी पछाडी .... दया, बाया उफ | जताततै यस भूतले सताई रहेको हुन्छ | यदी कुनै पनि जागिर खान गयो भने त्यहाँ भुत हुन्छ |
कुनै व्यक्ति मोटरसाइकल चलाउन भर्खर सिक्दैछ भने यदी ऊ चोक सम्म गयो भने ट्राफिक पुलिस आएर त्यहि अनुभव भएको लाइसेन्स माग्छ | यदी त्यता नजाऊ त बाइक चलाउन सिकिदैन अनि अनुभव भएको लाइसेन्स पाउन सकिदैन |
 .....भनेपछि यस भनेपछि भूतले  कतिलाई समाउने हो त ?

हाम्रो नेपालमा अब यस्तो समस्या आऊछ कि कुनै पनि युवा तथा युवतीहरुको बिवाह हुन सक्दैन  किन ? न तपाईहरुलाई थाहै छ यहाँ हरेक कुरा गर्न अनुभव आवश्यक हुन्छ | उनिहरुसंग त्यही अनुभव भएको बिवाह भएको लाइसेन्स हुदैन त कसरि हुन्छ त उसको बिवाह ......... |

यो देशमा हरेक कार्य गर्न अनुभव आवश्यकता पर्छ  | त्यसकालागि अनुभव गर्ने ठाउँ पाउदैनन्  युवा तथा पछिल्ला पुस्ताहरुले........ | ........अनुभव भएकाहरु धमाधम सकिन्छन अनि के हुन्छ ?

कुनै व्यक्तिहरु भुइँफुटुवा हुदैन | हरेक व्यक्तिको पछिलो कार्य नै उसको अनुभव हो | सबै व्यक्तिले त्यस कार्य सम्बन्धि अनुभव भएको हुदैन | तर ती व्यक्तिहरुलाई थाहा हुदिन कि कुनै पनि कार्य पहिलो पटक गर्न जाँदैन भने उसलाई कसरी अनुभव को लाइसेन्स  प्राप्त हुन्छ | त्यो काम गर्न उसलाई दिइदैन भने उसले कसरि हासिल गर्न सक्छ अनुभव |

कुनै पनि अफिस अथवा कुनै पनि क्षेत्रमा एउटा पद खाली हुन्छ | त्यहाका अनुभवि व्यक्ति अबकास लिन्छ |

त्यस ठाउँमा पद पूर्ति गर्न आवश्यक पर्छ | तर..... अनुभव मागीन्छ र सबै त्यहि बिषयसम्बन्धि अनुभव भएका व्यक्तिहरु पाउन पनि सक्दैनन् |
गैर अनुभवी व्यक्तिहरुलाई पनि मौका दिनुपर्यो नि ? यदी सबै अनुभवी खोज्यों भने के हुन्छ ? सबै पद रितै हुन्छ | हाम्रो देश अनुभवबिहिन छ तर दक्ष, काम गर्न सक्ने युवायुवती धेरै छन्  | उनीहरु बेरोजगार छन, किन त्यस्ता दक्षजनशक्ति वेरोजगार भए त ?

कारण छ – त्यही अनुभवको भुतको लाइसेन्स नभएर |
त्यो लाइसेन्स पाउन के गर्नु पर्छ ? तपाइलाई थाहा छ ? पुन त्यहि अनुभवको भुत खोज्नु पर्छ | अनि फेरी सुरु हुन्छ त्यही ......त्यो ...’अनुभवको भुत’ |

र .... अन्त्यमा आमाको कोखमा  हुनुभएका जतिपनि महानुभावहरु हुनुहुन्छ जो धर्तीमा पाइला राख्न तर्फ लम्किदै हुनुहुन्छ , उनीहरुलाई  के सुझाब छ भने ....... तपाईहरु भुइँफुटुवा भएर आउनुहोला | नत्र !...... सताउला है त्यो भूतले.... |


Comments

Popular posts from this blog

Popular cartoon characters of all time

१२ औं सागमा नेपालले सहभागी जनाउने खेलका खेलाडी तथा प्रशिक्षकको नामावली (साथमा अघिल्ला सस्करणका पदक बिजेताहरुको नामावली)

नेपाली क्रिकेटका ‘मिडल स्टम्प’