क्यान्डी क्रस ..... क्यान्डी क्रस .......ओभर क्रस !!!!!!

क्यान्डी क्रस ..... क्यान्डी क्रस
ओभर क्रस !!!!!!




हामी सबैलाई थाहै छ ! क्यान्डी क्रस भन्ने गेमको बारेमा !! यो गेम अहिले सहर बजारदेखि गाउ गाउ सम्म र सामान्य स्मार्ट फोन देखी डेक्सटप कम्प्युटर, ल्यापटप, ट्याब्लेटसम्मको विधुतीय सामाग्रीहरुमा उपलब्ध छ | कतिपयका लागि 'समयको बर्बादी' लाग्ने यो गेमका एक महिनामा ३३ करोड  प्रयोगकर्ता छन्।
सानो बच्चा होस् या बृद्ध उमेरका मान्छे ! सबै उमेरका व्यक्तिहरुले जानेको गेम हो यो | यो गेम पहिले क्यान्डी क्रसबाट सुरु हुदै क्यान्डी क्रस सागासम्मको भर्सन बजारमा आइपुगेका छ र चाडै यसको अर्को नयाँ भर्सन आउने बजारमा हल्ला छ |


साथै भर्खर मात्र यस गेमका डिजाइनर टमी कार्ल पाम नेपालमा समेत आएर फर्की सकेको अवस्था छ | अझ नेपालमा आएर उसले के भन्यो भने ....उसले पनि यो गेम दिनमा एक पटक सम्म खेल्ने गर्छ रे !


नेपालको कुरा गर्ने हो भने यो गेम यति लोकप्रिय छ कि ...... गाडीमा चढेर गन्तव्य हिड्ने देखि घरमा बस्ने, बाटोमा हिड्ने बटुवाले समेत यो गेम खेलिरहेको देख्छौ | 
त्यतिमात्र कहाँ हो र ? यदी मोबाइल समातेर कोहि मुस्कुरौदै बसेको छ भने थाहा पाउनुस ,,,, उसले यो गेम खेल्दै छ | भनेपछि यस गेमको लोकप्रियता कति रहेछ |
तपाई क्यान्डी क्रस गेम कतिको खेल्नु हुन्छ ? यस गेमको लत तपाईलाई कतिको लागेको छ ? तर, होसियार भएर यो गेम खेल्नुस !!!! र, यसको लत लागेपछि यस्तो हालत त भोग्नु भएको छैन नी ?



....एक दिन म बानेश्वरबाट टेम्पु चढेर.....घर आउदै थिए | त्यहाँ यस्तो घटना घट्यो जुन मैले ....तपाइलाई भन्नै पर्छ .....| त्यो घटना हो ...त्यस्तै ७ बजेबाट ८ बजेको बिचमा ! जब म.....टेम्पु चढे ....त्यो टेम्पु भरिभराउ थियो | तर मैले सिट पाए, पछाडी बोकेको झोला झिकेर काखमा राख्दै बसे ....त्यहि बेला एकजना अधबैसे ......महिला मेरो ठ्याक्कै अगाडी बसेकी थिइन् | उनी कहाँ बाट चढीन त्यो चै ...मलाई थाहा छैन | तर, मुस्कुरौदै हातमा ...सामसुङको लोगो भएको एक स्मार्ट मोबाईल फोन (फोनको मोडेल था भएन ) ...जे होस् स्क्रिनलाई चलाउदै ...एता उती सार्दै .....त्यहाको खोइ के हो ...मिलाउदै ...टिङ्ग टिङ्ग ...बनाउदै ...क्यान्डी क्रस खेल खेल्दै थिइन् |
अन्य यात्रु ...म सबै आ आफ्नै धुनमा थियौ | त्यो बेला लगभग आधा घण्टा ....तिनकुने बाट कोटेश्वर पर गर्न लाग्यो | सवारीसाधनको चाप बढी भएको कारण जाम भएको थियो |कोटेश्वर....आयो ..कोहि फुत्त फुत्त झर्यो .....
ड्राइभर दाई भन्दै थियो | ..कोटेश्वर झरौ है ......सातदोबाटो ....लगनखेल ..भन्दै घरी घरी कराउदै थियो |ती महिला दिदी भने .....आफ्नै धुनमा ..क्यान्डी क्रस खेल्न ...ब्यस्त थिइन् |
टेम्पु हिड्यो .......भाटभटेनी ..कट्यो ...बालकुमारी ..कट्यो .......खरिबोट ..आयो ..केहि झर्यो ...केहि चढ्यो ......टेम्पु हिड्यो ....तर, ग्वार्को गुणसिनेमा हल आगाडी आएर ...केहि मिनेट जाम भयो ......ढिला हुनेहरु...त्यहि झरेर ..ग्वार्को सम्म हिड्दै गयो |..... ती महिला दिदी गेम खेल्नमै ब्यस्त थिइन् ......
जाम खुल्यो ...ग्वार्को आइपुग्यो टेम्पु !!!!!
ग्वार्को झर्ने कोइ छ ? लु झरौ है.....ग्वार्को ...ड्राइभर दाई करायो !!!!लगनखेल ...लगनखेल ........त्यतिकै बेला ...गेम खेलिरहेको दिदी ....अचानक ...चंखो हुदै ...बोल्यो ..........'कोटेश्वर आइपुगेन ?'......
गलल्ल हासो .....गुन्जियो .....सबै हासे !! कोटेश्वर नाघेर ग्वार्को आइपुग्दा ..कोटेश्वर आएन भन्दा ..सबै हासे |
ग्वार्को आइपुगी सक्यो के को ? कोटेश्वर ?...ड्राइभर बोल्यो |
हो र !!! ला ! म त कोटेश्वर झर्नु पर्ने !! 'कोटेश्वर आयो भनेर किन नभन्या मलाई ?' क्यान्डी क्रसमा ब्यस्त ती दिदी बोलिन् | यात्रु चढाउने बेला चढाउने ...अनि ओराल्ने बेला ...कोटेश्वर आयो नभन्ने ? महिला कड्किन !!! म पैसा दिन्न !! फेरी गाडीमै चढेर फिर्न पर्ने भो !! भक्तपुर पुग्नु पर्ने ...गाडी नपाइयला अब !! कस्तो यो ड्राइभर रैछ !!
उल्टै टेम्पु चालकलाई गाली गर्न थालिन् | ड्राइभर पनि करायो !! मैले भनेकै हो ..कोटेश्वर आयो झर्नुस भनेर !! कान नसुनेपछि मैले के गर्नु ? अब भाडा दिनु ...फर्केर जानु !!
त्यहि बेला....महिला ,,अझै बादबिबाद गर्ने तर्खरमा थिइन् | तर, त्यहाँ चढेको अर्को व्यक्तिले ड्राइभर ले झर्नु भनेको ..हो ..उसको गल्ती नभएको भने पछि .....टि महिला ..भाडा दिएर ...कालो मुख लगाउदै ...रोड क्रस गरिन् |
त्यसपछि ....म सातदोबाटो नझरुन्जेल सम्म .....ती महिला हासोको पात्र बनि रहीन् ......क्यान्डी क्रस गेमको चर्चा ,,,,,बढी भयो ...म सातदोबाटोमा ओर्लिए |

त्यस्तै अर्को घटना .....एक दिन ललितपुरको इमाडोलमा ..म बाटोमा हिडिरहेको थिए | मेरो अघि अघि एक जना मोटी खालको युवती ..पनि मोबाइल खेलाउदै हिडिरहेकी थिइन् |.....बाटो हल्का खाल्डा खुल्डी थियो | ढलको पाइप भर्खर बिछ्याइएको थियो |हेर्दा हेर्दै ...अचानक ...ती युवती लड्न पुगिन् .....मोबाइल पर उछित्तियो | मलाई हासो भो.....तर हासोलाई दबाएर...उसलाई नाघेर ..गए .... उ फोहोर धुलो ..टकटकआउदै थियो | अलिक पर मोबाइल थियो ...यसो हेरेको क्यान्डी क्रस गेम ...अन भैरहेको थियो | ...कुरो बुझ्दा गेम खेल्दै हिड्दा लडेकी रैछे |
त्यस्तै ....टेम्पुकै कुरा ...एक दिन एक जना कलेज ड्रेस लगाएर ....टेम्पुमा यात्रा गर्दै थियो | उ पनि ..त्यै गेम क्यान्डी क्रस खेल्दै थियो |तर, एक्कासी ...ठुलो स्वरमा करायो.......खै के भन्यो ....चिच्याएको मात्र सुनियो |अन्य यात्रुहरु पनि छक्क पर्दै ...उसलाई हेर्दै .....के भो भनेर सोध्न ...थाल्यो .....तब त्यो भाइ होसमा ..आएर ...रातो पिरो हुदै ...केहि होइन ..भन्यो |कुरा बुझ्दै जादा ....उसले खै कुन अलिक गाह्रो हुने लेभल ,,,,,पार गरेको रैछ !!! त्यसकै खुसीमा चिच्याएको रैछ |
त्यसैले ... यी त मैले आफैले भोगेको कुरा मात्र हो !!! तर यो गेम बढी खेलेर ..आखा कमजोर बनाएको ....श्रीमानलाई वास्ता नगरेको .....अफिसको काम छोडर यो गेम बढी खेलेर जागिर गुमाएको जस्ता घटनाहरु धेरै छन् ...हाम्रा समाजमा | त्यसैले ... लिमिटमा आएर जे गर्दा पनि गरौ |
यसको अर्थ मैले यो गेम नखेल... भनेको चै पटक्कै हैन | म अरुको स्वतन्त्रतामाथि खेलबाड गर्ने सक्ने व्यक्ति होईन | यस लेखको पात्रसंग कसैको मेल खाए .. संयोगमात्र हुनेछ | धन्यवाद | जय क्यान्डी क्रस ..


   

Comments

Popular posts from this blog

Popular cartoon characters of all time

१२ औं सागमा नेपालले सहभागी जनाउने खेलका खेलाडी तथा प्रशिक्षकको नामावली (साथमा अघिल्ला सस्करणका पदक बिजेताहरुको नामावली)

नेपाली क्रिकेटका ‘मिडल स्टम्प’