Skip to main content
भूकम्प तिमी र म डिभोर्स गरौँ
 |
तस्बीर गुगल |
प्रिय,
भूकम्प ! तिमीलाई मैले किन यति धेरै माया गरेँ र तिमीले साथ दियौ ?
हेर ! तिम्रो यो मायाले म पागल भै सकेँ । मलाई दिनमा चैन छैन अझ रातमा
समेत चैन छैन | किन ? खाली तिम्रो मात्र माया लागेर आउँछ | तिम्रो यादले सताई रहन्छ | तिमी सपनीमा आउँछौ |
विपनामा भने हराउँछौ
|
तिमी भन्छौ होला भूकम्प , मैले तिमीलाई माया गरेको छैन भनेर होला | तर, तिमीलाई थाहा छ |
तिम्रो आगमन नभएको
दिन मैले कति न्यास्रो मान्छु ? सों:च ! यदी तिम्रो माया नलागेको भए म प्रत्येक दिन
भूकम्प ! भूकम्प ! भनेर पटक पटक चिच्याउने थिइनँ | सम्झ एकपल्ट |
सुन भूकम्प ! तिमीलाई म सानो यो
चिठीमार्फत भन्दै छु | तिमीलाई पाउन मैले के गरिनँ ? मैले जे गुमाउनु थियो त्यो गुमाँइसकेको छु |
अब त्यो भन्दा बढी
गुमाउने म सँग केहि छैन | र अझैं पनि तिमीले मलाई माया गर्दैनस भनेर
पटक पटक पीडा दिने गरेको छौ | अब मैले तिमीलाई म सँग बाँकी जति माया
दिईसके | मलाई
अझै तनाव नदेउ |
सुन ! मलाई तिमीले तनाव दिदा तिमीलाई
मनोरन्जन मिल्छ होला | तिमीलाई यो थाहा छैन कि तिम्रो तनावको असर मलाई मात्र पर्दैन |
तिमीले गर्दा मैले
धेरै आफ्नो भन्नेहरु गुमाएँ | त्यतिमात्र कहाँ हो र मैले बर्षौ
बर्षबाट राखेको मेरो पुर्खाको सम्पति समेत निमिट्यान्न पारेँ | यो भन्दा ठुलो त्याग
तिम्रोलागी अरु के हुन सक्छ ?
तिम्रो यादले मैले धेरै दिन भो निँन्द्रा पुग्ने गरि सुत्न नपाएको |
तिमी किन मलाई
सताउने गरि आकाशमा विजुली चम्केको जसरी दर्शन दिन आउँछौ | भूकम्प ! म भने तिमी कति बेला म संगै लामो
समय बस्ने गरि आउँछौ भने तिमीलाई पर्खेर बसेको हुन्छु | तर, मलाई तिमी आएको या नआएको थाहै हुँदैन |
किन ? यसरी सताउछौ |
किन ? भूकम्प मलाई तिमी पागल झैँ प्रत्येक दिन भूकम्प ! भूकम्प ! भनेर
बोलाउन बाध्य बनाउछौ ?
हेर भूकम्प, जुन दिन तिमीलाई देखेँ र भित्र भित्रै मन पराउन
थाले | त्यो
दिन ५० केजीको थिएँ | तर, जब तिमीलाई मैले माया गर्ने थाले मैले आफ्नो ज्यान तिम्रो लागि भनेर ७
केजी घटाईसकेँ | सोच तिमीपनि मेरो स्थानमा बसेर |
मैले कति त्याग गरेको छु तिम्रो लागि | तिम्रो मायाले खाना समेत रुच्दैन |
जब खाना खान बस्छु
तिम्रो झ-झल्को देख्छु | म जब केहि काममा हुन्छु तिमीलाई झल्याँस्स
सम्झन्छु |
तर भूकम्प अहिले आएर भने, मैले केहि फरक सोच्दै छु | त्यो हो तिमीसंँग
छुट्टिनु | सुन, अब मलाई तिम्रो त्यो सुन्दर कोमल आनन्ददायी स्पर्श काँडा भएर बिझाउने
भएको छ | यो मेरो
कारणले हैन | तिम्रो धेरै मायाले गर्दा हो | मेरो दिमागमा यो कुरा घुस्यो कि भूकम्प
अमृत पनि बिष भएजस्तै धेरै माया पनि अभिसाप बन्दो रैछ !
अहिले मलाई यस्तो
लाग्दैछ | तिमीलाई
माया गरेर मैले गल्ती गरेँ| तिम्रो हुने चाहनामा मैले धेरै गुमाउनु
नपर्नेहरुलाई गुमाएँ | अब अझै गुमाउन चाहन्नँ |
हो तिमीले गर्दा मैले धेरै ठक्कर खाएँ |
त्यसैले, हो भूकम्प ! यो
तिम्रो मायाले मलाई मात्र हैन करोडौँ मेरा आफन्तलाई समेत सताईरहेको छ , सिंगो नेपाल र
नेपालीहरुलाई सताइरहेको छ ।
भूकम्प, अब यस्तो त्रासमय तिम्रो माया चाहिँदैन |
त्यसैले,
तिमी र म मिलेर डिभोर्स गरौँ | आउ, अदालत जाऔँ अनि तिमी आफ्नो बाटो जाऊ म आफ्नो
बाटो लाग्छु !! हामी सँधैको लागि छुट्टिऔँ ,सँधैको लागि छुट्टिऔँ !!!
उही तिम्रो हुन नसकेको मायालु पृथ्वी मनुवा ।
Comments
Post a Comment
कृपया अश्लिल शब्दको प्रयोग नगरिदिनु होला |