राजनैतिकमैत्री भएकै हो त नेपाली आमसंचार ?


एक बिहान ललितपुरको इमाडोलमा एक चिया पसलमा चिया खादै पत्रिका पढ्दै बसिरहेको थिए |



एकजना अधवैसे पुरुष आएर मेरो नजिक बस्यो अनि मलाई सोध्यो "भाई आजको के छ ताजा?" "खासै केहि छैन अंकल, त्यस्तै त हो |" भन्ने जवाफ के दिएको थिए उनले एक्कासी भने "भाई के हुन्छ र अखबारमा आजकल, नेताको भाषण र रिवन काटेको मात्र समाचार बन्छ, यो देखेर मैले त पत्रिका नै पढ्न बन्द गरिसके" | उनले थपे "खाली नेताको बोलि असो टिभी रेडियो सुन्यो नेताकै बोलि मात्र, यो सुन्नु भन्दा त बरु मा त हिन्दी सिरियल पो हेर्छु" |



यो त एक उदाहरण मात्र हो नेपाली राजनैतिक पत्रकारिताको प्रभाव, यस्तो खोज्ने हो भने यहा हजारौको संख्यामा रहेको पाउछौ | अझ भनौ न कतिपय युवाहरुलाई त नेपाली च्यानल, नेपाली पत्रपत्रिकाको नाम समेत थाहा नभएको पाउछौ |

त्यसैगरी बानेश्वरमा भेटिएका एक युवा भन्दै थिए, "नेपाली पत्रिका नेताले चलाएको कि पत्रकारहरुले ? पत्रिका हेर्यो अगाडी नेताको टाउको मात्र छापिएको हुन्छ, त्यस्तो पत्रिका किन हेर्नु" | पत्रकारहरु पनि कस्तो छन् भने खोजेर हैन नेताले बोलेको लेखेर पत्रकार बन्छन् |
हो ! यो दोश्रो उदाहरणले नेपाली संचार जगतमा केहि परिमार्जन गरिएन भने एक दिन यस क्षेत्रको अवस्था दयनीय देखिन्छ | यो नेपालमा मात्र नभएर समग्र दक्षिण एसियाली देशमा यस्तै पाइन्छ | अझ नेपालको कुरा गर्ने हो भने देशको अवस्थै दयनीय छ त्यसमा राजनैतिक पार्टीहरुको हविगत पनि उस्तै छ अझ त्यसमाथि नेपालि संचार माध्यमहरुले उनीहरुको बोलीलाई नै प्राथमिकतामा राखेको पाइन्छ |
यसले गर्दा पनि आम पाठक, दर्शक, स्रोताहरुलाई नेपाली मिडिया प्रतिको बितृष्णा भएको पाइन्छ तर पनि के कुरा सत्य हो भने राजनीति बिना कुनै पनि देशको शासन चल्दैन, त्यसकारण राजनैतिक विषय पनि आवश्यक छ तर सबै थोक राजनीति मात्र नभएको अहिलेको आम जनतामा ज्ञान रहेको पाउछौ |
हाल नेपाली संचार माध्यमहरुले प्रमुख विषयवस्तुहरुको उठान राजनैतिक विषयवस्तुबाट गरेको हामी जो कोहिले पनि पढ्न र देख्न सक्छौ | हो अब यहि विषयलाइ परिवर्तन गर्ने अवस्था आएको छ |

नेपाली संचार माध्यम हेर्दा लाग्छ नेपालमा राजनैतिक बाहेक अन्य कुनै पनि विषयवस्तु समाचार बन्न लायक छैन, अनि प्रस्न उद्चा नेपालि संचार माध्यमहरुमा देशको विकास गर्ने बिषयबस्तुमा  उधान गर्न सक्दैन कि ? के देशमा अन्य विकासका, प्रगतिका, मजदुर वर्गका, बिछडीएका वर्गका र देशमा हुने हिंसा, भ्रस्टाचार, बलात्कार र अपहरण जस्ता घाटानाहरु दिन दिनै हुन्छ के यस्ता कुराहरुलाई निर्मुल पार्न नेपाली संचार माध्यम चुकेकै हो त ?

तर यसो भन्दैमा सबै संचारमाध्यम गलत नै छ भन्न सकिन्न केहि त्यस्ता कार्यक्रमहरु पनि छन् तर आम स्रोताहरुको पहुचमा पुगेको छैन किनभने यस्ता कार्यक्रमहरुको प्रसारण जनताको पहुचमा छैन | नेपाली मिडियाहरुले अबको दिनमा राजनैतिक बाहेकका विषयमा पनि प्राथमिकता दिनुपर्ने देखिन्छ |

विश्वको मिडियाहरुको इतिहास हेर्दा पनि के देखिन्छ भने त्यहाको देशको विकासमा आम संचार माध्यमहरुको भूमिका रहेको देखिन्छ | त्यहाका मिडियाहरु विकास, अर्थ, स्वास्थ्य, शिक्षा, खेलकुदको विषयमा अग्रसर हुन्छन | त्यहाका मिडियाहरु सुचना र अभिप्रेरणा दिने कार्यक्रमहरु बढी गर्छन | तर, नेपालमा यस्ता विषयबस्तुहरु भन्दा आफ्नो मिडियाको इच्छा अनुसारको कार्यक्रमहरुको प्राथमिकता बढी हुन्छ र राम्रो, अभिप्रेणित कुराहरु ओझोलमा परेको छ |

कतिपय संचार माध्यमहरु त प्रोपोगान्डाका लागी पनि पत्रकारिता गरेर आफ्ना मिडियाको चर्चा पाउन मात्र अग्रसर देखिन्छ | मिडियाहरुका लागि अहिले यस्तो होड बाजी छ कि आम जनतालाई कसरी सूचना, मनोरंजन, अभिप्रेरणा दिने भन्दा पनि कसरी आफुलाई अम्दामी गर्ने तर्फ केन्द्रित भैरहेको अवस्था देखिन्छ |
अहिले के नेपालका मिडियाहरु आफ्नो दायित्वबाट हट्दै गएको त हैन भन्ने भान हुन थालेको छ | यसले गर्दा नेपाली मिडिया क्षेत्रको प्रगति भन्दा पनि यसको दुर्गति हुने देखिन्छ |


अहिले एउटा उदाहरण दिदा कुनैपनि एक घरमा वा परिवारमा गएर रिसर्च (अनुसन्धान) गर्यो भने त्यहा के देखिन्छ भने त्यस घरमा जति पनि परिवार छन् त्यसको ७५ प्रतिशत त्यस परिवारका सदस्यहरुले नेपाली मिडिया नहेर्ने गरेको पाइन्छ | भने उनीहरुलाई नेपाली मिडियाको नाम समेत थाहा नभएको हुन्छ तर इन्डियन तथा पश्चिमी देशहरुको मनोरन्जनका देखि अन्य च्यानलहरुको नाम कण्ठ हुन्छ |


यसले पनि नेपाली मिडियाहरुको अवस्था कस्तो छ भन्ने देखाउछ | त्यसैले पनि अबको नेपाली मिडियाहरुको काम आफै सछिने अवस्था देखिन्छ | र आम नेपाली मिडियाले आफ्नो देशको विकासमा समर्पित गर्ने बेला आएको छ | मिडियाहरुले यसका साथ् साथै नेपाली आफ्नो देशका दर्शक, स्रोता, र पाठकहरुको मत जित्नु पर्ने आवश्यकता बढी रहेको छ |

nishan suchcha

Comments

Popular posts from this blog

Popular cartoon characters of all time

१२ औं सागमा नेपालले सहभागी जनाउने खेलका खेलाडी तथा प्रशिक्षकको नामावली (साथमा अघिल्ला सस्करणका पदक बिजेताहरुको नामावली)

नेपाली क्रिकेटका ‘मिडल स्टम्प’