लक्ष्यविहिन यात्रा
कुनै दिन यस्तो लाग्थियो, पछि गएर जे काम गरेपनि चर्चित हुन्छु | तर, अहिले त्यो बच्चा हुदा सोचेको सपना भनौ या कल्पना एकाएक परिवर्तन भएको छ | मेरो गन्तव्य निकै लक्ष्य विहिन भएको छ | साच्चै यात्रा जारी छ तर के का लागि यो यात्रा गर्दै छु ? मलाई नै यसबारे रतिपनी जानकारी छैन | अथवा म मा अनभिज्ञ छाएको छ |
उदेश्यबिहिन लक्ष्यमा लम्कदै ..म अनि ... |
र, सोच्ने गर्छु, सधै लक्ष्य विनाको मेरो यात्राले ठक्कर खाने त हैन ?
कतै यो लक्ष्यविहिन यात्राले पूर्णता नपाउने हो कि ? अनि गम्भीर भएर सोच्छु ,'मैले
एउटा उदेश्य त लिनै पर्छ' तर, जब म मेरो
लक्ष्यबिहिन यात्रामा निस्कन्छु .. केहि समयअघि बनाएको सपना सवै बिर्सन्छु | म
त्यसैमा रमाउने गर्छु |
कुनै एक राष्ट्रिय पत्रिकाको खेलकुद समाचार बनाउने गर्छु, अझ पार्ट
टाइम जब नि गर्छु | दिनभरी त्यसैको लागि लखर-लखर डुल्छु | बसको यात्रा गर्छु | साझ
अफिस छिर्छु | समाचार बनाउछु | रातको १०/११ बजे रुम फर्कन्छु | पत्रकारिता गर्छु,
मतलब अरुलाई सूचना दिन्छु, दिनहरु यसरी नै बिताउदै छु | यसमा कुनै स्वार्थ छैन
मेरो | सायद, यो खटाइले म कुनै लक्ष्यको बाटोमा हिड्दै गरेको होलान भन्ने सबैले
बुझ्छन् |
तर, त्यो अरुको सोचाई पटक्कै मिल्दैन | किनकि मलाई त्यस्तो लाग्दैन कि
म कुनै लक्ष्यसहित हिडीरहेको छु | टोलमा सबैले सोध्छन | के हो ? त किन यति बिजी
भईस ? तेरो यस्तो खटाइको लक्ष्य के ? 'काम नै यस्तै हो मेरो' | साथीहरुको प्रश्नमा
सहज उत्तर दिन्छु | यसको अर्थ मेरो कामप्रति लगाव नभएको भने हैन | किनकि म त्यै
कामको लागि दिनभर खटिने गर्छु | त्यसैमा रमाउने गर्छु | अनि, सबैलाई भुल्छु, म
आफैलाई पनि | अरु घर परिवार कोहि नचिन्ने हुन्छु | यसको अर्थ, परिवार (आमा बाबा )
अनि अन्य परिवारको सदस्यलाई चटक्कै बिर्सेको भने होइन |
काममा गएपछि, साथीहरु भेटिन्छन, गफ हुन्छ | खेलहरु हुन्छ, पत्रकार
सम्मेलन हुन्छ, बिबिध जानकारी लिइन्छ | त्यसैमा रमाइलो हुन्छ | त्यसपछि पुनः
बिर्सन्छु कि मेरो लक्ष्य के हो ? किन म यसरी विभिन्न कार्यक्रममा जान्छु, पुग्छु,
खट्ने गर्छु ? मलाई कुनै बेला लाग्छ, यो काम मैले कतै आफ्नो अफिसको लागि मात्रै
गर्दैछु कि ? जागिर खान मात्र गर्दैछु कि | र पनि विदा नबसी नबसी भएनी काम भने
गर्छु |
तर, यसमा मात्र होइन मेरो प्रत्येक काम, प्रत्येक दिनका गतिविधिहरुमा
लक्ष्य पाउदिन | किनकि मैले एक दिनमा अफिसको काम बाहेक धेरै काम गरेको हुन्छु |
प्राय दैनिक जसो म म्युजिक सुन्ने गर्छु | तर के का लागि सुन्छु ? कतै बाटामा
हिड्दै गर्दा पुस्तक पसल देख्छु | किताब किन्छु, पढ्छु | तर, त्यो पनि के का लागि
किन्छु, पढ्छु ? मेरो यसको उदेश्य के ? कि रमाइलोको लागि मात्र गित सुन्ने हो कि,
पुस्तक पनि रुम (कोठा) सजाउनु मात्र किनेको हो कि ? मलाई नै था हुदैन |
बेला बेला फुटबल, फुटसल खेल्छु, अन्य खेलहरु खेल्छु | किन खेल्छु ?
मलाई नै प्रश्न सोध्न मन लाग्छ | उत्तर पाउदिन | सोच्छु किन ? मैले यस्तो बिन्दास
जीवन बिताउदै छु ?
आफ्नै सहकर्मी साथीहरुको एक एक लक्ष्य छ | कसैको ठुलो पत्रकार बन्ने,
राम्रो नाम कमाउने, ठुला मिडियामा काम गर्ने | त्यै अनुसार उनीहरु काममा लगाव
दिन्छन् | त्यहि अनुसार प्रगति गर्दै गएका छन् | म पनि उनीहरुको तुलनामा कम लगाव
दिने भने हैन | अझै धेरै ठाउ पुग्ने गर्छु | लगावले काम गर्छु |
अन्य केहि साथीहरुको कसैको अब्रोड स्टडीमा विदेश जाने, उतै सिफ्ट
हुने, कसैको जापान, अमेरिका, युरोप जाने, टन्न दाम कमाउने जस्ता सपना छन् | मलाई
सुनाउछन् | र मलाई भन्ने गर्छन | एक लक्ष्य लिनुपर्छ | गन्तव्य लिनुपर्छ | हो पनि
उनीहरुले पैसा कमाएका छन् | बिदेशी डिग्री लिएका छन् | विदेशी मान्छेसंग बिहे गरेर
घरजम गरेको छ |
तर, उनीहरुले सम्झाइरहेको बेला, यस बारे सोच्ने गर्छु | जब उनीहरु
टाढा हुन्छन | सवै बिर्सन्छु |
पत्रकारितामै पुन रमाउने गर्छु | मलाई विदेश जाने सपना आउदैन | अरुको
प्रगतिले मलाई कतिपनि छुदैन | पैसाको आवश्यकता पर्दैन | मेरो दिमाग सुन्य हुन्छ | किन
हो म यसमा रमाउने गर्छु | लक्ष्यबिहिनको काम भएपनि निरन्तर खट्ने गर्छु | कि म मा
यो भन्दा अन्य कार्य गर्न नजानेर हो या मलाई यसमा रस बसेर | छोड्न मन लाग्दैन |
प्रत्येक दिन राजधानीको एक फन्को लगाएकै हुन्छु | कामको शिलशिलामा |
यस्तै कामले गर्दा .. दिमाग सुन्यताले भरिएको छ आजकल | जब मेरो
उमेरसंगै दिमाग, अंग अंग दिनदिनै बिकशित हुदै वा परिपक्क हुदै जान्छ | तर, त्यसको
वृद्धिसंगै म मा आउनुपर्ने परिपक्क हराउदै गएको छ | तर, धेरै कुरा भने सिकेको छु,
गुमाएको पनि छु | यसैलाई अन्यले लक्ष्य बनाएको छ | तर, मलाई मेरो लक्ष्य यही हो
भने दिमागमा आउदैन किन ? मेरो लक्ष्य के हो ? के का लागि मैले यो सब गर्दै छु ?
बुझ्न सकेको छैन ... तर निरन्तर लक्ष्यबिहिन गन्तव्यलाई भने पछ्याईरहेको छु |
कतै तपाइलाई पनि यस्तो भएको छैन ? कुरो | यो खासमा रमाइलोका लागि
लेखिएको मात्र हो | र, कसैको जीवनसंग मिल्न गएमा आफै जिम्मेवारी
हुनुहोला !!!
Comments
Post a Comment
कृपया अश्लिल शब्दको प्रयोग नगरिदिनु होला |