नेपाली क्रिकेटमा पुरानो प्रवृति दोहोरिनु हुन्न

मलेसियामा बिहिबार सम्पन्न आइसीसी क्रिकेट लिग डिभिजन थ्रीको उपाधि जित्दै नेपालले क्रिकेटमा सफलताको नयाँ चिढि चढेको छ | नेपाल उपाधिसहित डिभिजन टूमा बढुवा भयो र टेस्ट नखेल्ने राष्ट्रहरुको बिचमा पुनः अब्बल टिम साबित भयो | साथै नेपालले पहिलो स्तरको क्रिकेट खेल्न पाउने सम्भावनाहरु पाएको छ |
मलेसियामा पाएको यो उपलब्धि नेपालको लागि अत्यन्तै गौरबको बिषय बनेको छ | नेपालले पाएको यो सफलतामा नेपाली क्रिकेटमा अझै राम्रो हुने संकेत मिलेको छ | जुन कुरा मलेसियामा खेलाडीहरुले प्रमाणित गरे | उक्त प्रतियोगितामा उपाधि उचाल्न नेपालका लागि पुरानो नियम तोडिदै कुनै पनि एक खेलाडीमा निर्भर हुनु परेन | नेपाली क्रिकेटमा यसपटक आफ्ना तिनवटै क्षेत्रमा सुदृढ देखियो | नेपालको सधै देखिने कमजोर ब्याटिङ्ग यसपटक उत्कृष्ट देखियो भने बलिङ् र फिल्डिंङ्मा पनि धेरै सुधार देखियो | यो नेपालको क्रिकेटका लागि सुखद सरुवात हो |
सन् १९९६ बाट अन्तर्राष्ट्रिय क्रिकेट सुरु गरेको नेपालले छोटो अवधिमा धेरै सफलताहरु पाएको छ | नेपालले यसै बर्ष टि ट्वान्टी विश्वकप खेल्यो जहाँ उत्कृष्ट प्रदर्शन गरी टि ट्वान्टी अन्तर्राष्ट्रिय मान्यता पायो | र अहिले पुन डिभिजन थ्री च्याम्पियन बन्यो | यस खालको प्रदर्शनले नेपालको अन्तर्राष्ट्रिय क्रिकेटमा प्रवेश गर्ने सम्भावना राम्रो रहेको देखाऊछ | यसरी एउटा पनि अन्तर्राष्ट्रिय स्तरको क्रिकेट मैदान नभएको नेपालमा एक पछि अर्को उपाधि दिलाउने अहम भूमिका निर्वाह गर्ने कार्य भने श्रीलंकाली प्रशिक्षकहरुले गरे | नेपाली क्रिकेटको सफलतामा जग हाल्ने काम पूर्व प्रशिक्षक  रोय लुक डायसले गरे भने त्यसमा सफलता र विकास दिने कार्य हालका प्रशिक्षक पुबुदु दासानायेकेले गरे |
अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले एक पछि  अर्को सफलता पाइरहदा देशमा भने क्रिकेटको बिकासमा मद्दत पुग्ने कामहरु  भएको छैन | नेपालमा अन्तर्राष्ट्रिय स्तरको मैदान छैन | निर्माणाधीन मैदान कहिले बन्ने हो त्यसको टुङ्गो लागेको छैन | अर्कातिर नेपाल क्रिकेट संघ (क्यान) आफै विरामी अवस्थामा छ | हाल क्यानको नेतृत्व कार्यवाहक छ भने यस सस्थाको १० पदाधिकारीहरु भ्रष्टाचारको मुद्दा खेपिरहेका छन् |
त्यसैले नेपाली क्रिकेट बिकासका लागि क्यान आफै बलियो हुनुपर्ने देखिन्छ | नेपाली क्रिकेटले सफलता पाउन क्रिकेटका पुरानै प्रवृति दोहोरिनु दिनु हुन्न | यस सफलतालाई निरन्तरता दिनु सक्नु पर्छ |फेरी खेलाडीहरुले बिद्रोह गर्ने, प्रशिक्षक नियुक्तिमा सरकारले बल प्रयोग गर्ने अवस्था आउन दिनु हुन्न | जुन अघिल्लो सस्करणको डिभिजन थ्री जितेर आएपछि भएको थियो | नेपाली खेलाडीहरुको स्तर उकास्नका लागि क्यानले चाडै नयाँ कार्ययोजना तयार पार्नु सक्नुपर्छ | खेलाडीका लागि नियमित तलब सुबिधा, प्रशिक्षणको लागि उचित व्यवस्था,अभ्यासका लागि राम्रा टिमसंग खेल खेलाउने व्यवस्था गर्नु पर्छ | क्यानले अहिलेका खेलाडीहरुलाई विस्थापित गर्न सक्ने नयाँ खेलाडीहरुको उत्पादनमा लाग्नुपर्ने देखिन्छ | क्रिकेट खेललाई तल्लो तहबाट विकास गरी उत्कृष्ट खेलाडी निकाल्नु जरुरि छ | जसले गर्दा क्रिकेटको सफलतालाई कायम राख्न सकियोस |
नेपालले अब चाडै नामबिबियामा जनवरीमा हुने डिभिजन टू खेल्दैछ | यहाँ नेपालले फस्ट क्लासको क्रिकेट खेल्नु सक्नुपर्ने हुन्छ | डिभिजन टूका लागि नेपालसंग लामो तयारी गर्ने समय छैन | नेपालसहित आयोजक नामबिबिया, केन्या, युगान्डा, नेदरल्याण्ड र क्यानाडा रहेको डिभिजन टूमा नेपालले आफ्नो क्षमता देखाउनु सक्नुपर्छ | जसका लागि नेपालले धेरै अभ्यास खेल खेल्न जरुरि छ | क्यानले यो उपलब्धि टिकाई राख्न अहिले नै अग्रसर हुनु पर्छ | फेरी नेपालले खेलेर हैन भाग्यको साथले जित्नु नपरोस् | यदि क्यानले आफ्नो सम्पूर्ण संयन्त्र क्रिकेट बिकासका लागि प्रयोग गरे हाम्रा खेलाडीहरुले खेलेरै जित्नेछ |
अहिलेको सफलताले नेपाली क्रिकेट जगतलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्याउने राम्रो मौका हुन सक्छ | यो सफलता संगै नेपाली क्रिकेटले अन्तर्राष्ट्रिय क्रिकेटमा प्रवेश गर्ने धेरै सम्भावनाहरु पाएको छ | नेपालले डिभिजन टूमा राम्रो प्रदर्शन गर्दै शिर्ष दुई स्थानमा रहे आइसीसी डिभिजन वान खेल्ने अवसर पाउने छ | जुन उक्त अवसर भनेको फस्ट क्लासको क्रिकेट खेल्न पाउने अवसर हो |  नेपाल डिभिजन वानमा पुगे आइसीसी वर्ल्ड क्रिकेट लिग च्याम्पियनसिप र आइसीसी इन्टर कन्टिनेन्टल कप खेल्न पाउनेछ | जुन प्रतियोगिता भनेको वान डे क्रिकेटको मान्यता पाउने माद्यम हो | डिभिजन वानमा हङ्कङ्, आयरल्याण्ड, पपुवा नुगिनी, युएइ,स्कटल्याण्ड र अफगानिस्तान छन् |
तर, नेपालको हालको अवस्थामा नेपालले डिभिजन टूका लागि अभ्यास गर्ने समय थोरै छ | यस बिचमा नेपालले श्रीलंकामा पहिलो हङ्कङ्संग टि ट्वान्टी सिरिज खेल्ने छ | नेपालले हङ्कङ्संग नोभेम्बर १३,१४र १६ मा खेल्नेछ | जुन नेपालको पहिलो टि ट्वान्टी सिरिज हुनेछ | बंगलादेशमा भएको टि ट्वान्टी विश्वकपमा उत्कृष्ट प्रदर्शन गरेपछि नेपालले टि ट्वान्टीको मान्यता पाएको थियो | उक्त सिरिजले मात्र नेपालको खेलमा धेरै प्रगति हुदैन | नेपालले डिभिजन टूमा सफलता पाउन त्यो भन्दा बाहेक अझै धेरै अभ्यास गर्नुपर्ने देखिन्छ |
नेपाली क्रिकेटको अझै बिकास र वान डे क्रिकेटमा प्रवेशका लागि खेलाडी, प्रशिक्षकले गर्न असम्भब छ | नेपाललाई यो सफलताको सिढीमा निरन्तरता दिन नेपाल क्रिकेट संघ (क्यान) को भूमिका महत्वपुर्ण रहन्छ | त्यसका लागि क्यानले आफ्नो व्यवस्थापन सुधार्दै लैजानुपर्ने हुन्छ | क्यानले निर्माणाधीन मैदानको निर्माण चाडो सक्नु पर्ने हुन्छ | खेलाडी छान्न, उत्पादन गर्न राष्ट्रिय स्तरको खेलहरु निरन्तर खेलाउन जरुरि रहेको छ | 
नत्र, बर्मुडामा भएको अघिल्लो सस्करणको बिजेता टोली नेपाल जसरि खराब प्रदर्शन गरी डिभिजन थ्री मै झरेको थियो अहिले पुनः त्यस्तै स्थितिको शिकार नेपाली क्रिकेटमा नहोस | 

कार्तिक १५ गते हिमालय टाइम्समा प्रकाशित लेख (एडिट नगरिएको)

Comments

Popular posts from this blog

Popular cartoon characters of all time

१२ औं सागमा नेपालले सहभागी जनाउने खेलका खेलाडी तथा प्रशिक्षकको नामावली (साथमा अघिल्ला सस्करणका पदक बिजेताहरुको नामावली)

नेपाली क्रिकेटका ‘मिडल स्टम्प’