१२ औं सागमा नेपालले सहभागी जनाउने खेलका खेलाडी तथा प्रशिक्षकको नामावली (साथमा अघिल्ला सस्करणका पदक बिजेताहरुको नामावली)
दक्षिण एसियाली देशहरुका लागी ओलम्पिक सरहको ठुलो प्रतियोगिता १२ औं दक्षिण एसियाली खेलकुद (साग) माघ २३ बाट भारतको गुहाटी र सिलोङमा हुदै छ । राष्ट्रिय खेलकुद परिषद (राखेप) का अनुसार नेपालले सागमा विभिन्न २३ खेलमा सहभागिता जनाउने छन् । विभिन्न २३ खेलबाट नेपालका १ सय ९१ पुरुष र १ सय ९५ महिला गरी जम्मा ३ सय ८६ खेलाडीले दक्षिण एसियाकै सबै भन्दा ठूलो प्रतियोगिता सागमा सहभागी हुने छन् । सागमा नेपालको १७ खेल गुहाटीमा हुनेछ भने बाकी खेल सिलोङमा हुदै छ । नेपाल सहभागी हुने खेलहरु – आर्चरी , एथलेटिक्स , ब्याडमिन्टन , बास्केटबल , बक्सिङ , फुटबल , ह्यान्डबल , हक्की , जुडो , कबड्डी , खोखो , सुटिङ , स्क्वास , पौडी , टेबलटेनिस , तेक्वान्दो , लनटेनिस , ट्रायथलन , भलिबल , भारोत्तोलन , कुस्ती , उसु र साइक्लिङमा सहभागिता जनाउने छ । हक्कीको महिला टिम मात्र सहभागी हुने छ । बाँकी सबैमा पुरुष ÷ महिला खेलाडी सहभागी हुने छन् । नेपालको गुहाटीमा हुने खेल- एथलेटिक्स , ब्याडमिन्टन , बास्केटबल , साइक्लिङ, फुटबल(पुरुष) , ह्यान्डबल , हक्की , कबड्डी , खोखो , सुटिङ , स्क्वास , पौडी , कुस्ती , लनटेनिस , ट...