Posts

एसीसी यु - १९ एसिया कप क्रिकेट : नेपाल र श्रीलंकाबिचको खेल लाइभ हेर्नुस

Image
श्रीलंकामा जारी एसीसी यु–१९ एसिया कप क्रिकेट प्रतियोगिताको पहिलो खेलमा नेपाली युवा टोलीले अहिले घरेलु टोली श्रीलंकाको सामना गरिरहेको छ ।  नेपाल र आयोजक श्रीलंकाबीचको खेल कोलम्बोस्थित नोन्डेस्क्रिप्ट क्रिकेट क्लबको मैदानमा जारी छ ।  लाइभ हेर्नुस  -

नेपाल र मकाउबिचको फाइनल खेल यहाबाट लाइभ हेर्नुस (लाइभ भिडियो)

Image
एएफसी सोलिडारिटी कप फुटबलको उपाधिका लागि नेपालले अहिले मकाउको सामना गरिरहेको छ । मलेसियाको कुचिङस्थित सारावाक रंगशालामा नेपाल र मकाउबिचको उपाधि भिडन्त केहि समयअघि सुरु भएको हो । नेपाल फाइनलमा मकाउलाई पराजित गर्दै एसियाली फुटबल महासंघ एएफसीले पहिलो पटक आयोजना गरेको सोलिडारिटी कपको उपाधि जित्दै घर फर्कन चाहन्छ ।    नेपाल र मकाउबिचको खेल लाइभ हेर्नुस – 

एएफसी सोलिडारिटी कप : नेपाल भर्सेस लाओस (लाइभ) हेर्नुस

Image
काठमाडौँ । एएफसी सोलिडारिटी कप फुटबलको पहिलो सेमिफाइनलमा अहिले नेपालले लाओसको सामना गर्दैछ । नेपाल र लाओसबीचको खेल कुचिङस्थित सारावाक रंगशालामा नेपाली समयअनुसार दिउसो २ बजेर १५ मिनेटमा सुरु हुनेछ । र , पहिलो सेमिफाइनलमा विजयी हुने टोलीले फाइनलमा मकाउ र ब्रुनाइबिचको बिजेतासंग खेल्ने छ ।     समूह एको बिजेता बनेको नेपालले समूह बिको उपविजेता बन्दै सेमिफाइनलमा पुगेको लाओसलाई सेमिफाइनल प्रतिद्वन्दी पाएको हो । नेपाल र लाओसबिचको खेल लाइभ हेर्नुस – 

एएफसी सोलिडारिटी कप : नेपाल र ब्रुनाई भिड्दै (लाइभ )

Image
एएफसी सोलिडारिटी कप फुटबलअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले अहिले   ब्रुनाईको सामना गरिरहेको छ । नेपाललाई ब्रुनाईसँगको समूहको दोस्रो खेलमा त्यति धेरै दबाब भने छैन । नेपाल ब्रुनाईसँग बराबरी वा तीन गोलको अन्तरमा पराजित भएपनि सेमिफाइनलमा पुग्नेछ । किनकि पहिलो खेलमा ब्रुनाईले टिमोर लिस्टेलाई ४ – ० ले पराजित गरेको फाइदा नेपाललाई हुनेछ ।     नेपाल र ब्रुनाईबीचको लाइभ भिडियो - आज नेपाल ब्रुनाईसँग सन् २००६ मा बेहोरेको हारको बदला लिने तयारीमा हुनेछ । नेपाल र ब्रुनाई यसअघि एएफसी च्यालेन्ज कप २००६ अन्तर्गत समूह चरणमा एक खेल खेलेका थिए । उक्त खेलमा ब्रुनाईले नेपाललाई २ – १ ले पराजित गरेको थियो ।

एएफसी सोलिडारिटी कप : नेपाल र टिमोर लिस्टेबीचको खेल लाइभ

Image
एएफसी सोलिडारिटी कप फुटबलको उपाधि जित्ने लक्ष्यका साथ मलेसिया पुगेको नेपाली राष्ट्रिय फुटबल टोलीले आज टिमोर लिस्टेविरुद्ध खेल्दै प्रतियोगिताको सुरुआत गर्दैछ । नेपाल र टिमोर लिस्टेबीचको खेलमा मलेसियाको कुचिङस्थित सारावाक रंगशालामा नेपाली समय अनुसार ५ बजेर १५ मिनेटमा सुरु हुनेछ । नेपाली टोली बिराज महर्जनको कप्तानीमा मैदान उत्रने छन् । नेपाली टोलीको लक्ष्य तुलनात्मक रुपमा कमजोर टोली टिमोर लिस्टेलाई पराजित गर्दै उपाधि होड कायम गर्ने रहेको छ । नेपाली टोलीले समूह चरणको अन्तिम खेल ब्रुनाईसँग कात्तिक २३ मा खेल्नेछ । नेपाल र टिमोर लिस्टेबिचको खेल लाइभ हेर्न यहाँ क्लीक गर्नुस । नेपालले टिमोर लिस्टेविरुद्ध यो तेस्रो पटक खेल्न लागेको हो । नेपालभन्दा कमजोर टोली टिमोर लिस्टेलाई नेपालले यसअघि दुई पटक पराजित गरिसकेको छ । नेपालले यसअघि टिमोर लिस्टेलाई सन् २०११ मा भएको दुई खेलमा पराजित गरेको थियो ।  सन् २०१४ को विश्वकप छनौटका लागि दशरथ रंगशालामा भएको खेलमा नेपालले पहिलो लेग २ – १ र दोस्रो लेग ५ – ० ले जितेको थियो ।   

एएफसी सोलिडारिटी कप : ब्रुनाई र टिमोर लिस्टेबिचको खेल लाइभ हेर्नुस

Image
नेपाल सम्मलित एएफसी सोलिडारिटी कप फुटबल केहि बेरमा मलेसियाको कुचिङमा उद्घाटन हुदैछ  । र, एएफसी सोलिडारिटी कपको उद्घाटन खेलमा नेपालकै समुह समूह एमा रहेको ब्रुनाई र टिमोर लिस्टे प्रतिस्पर्धा गर्दैछन् । ब्रुनाई र टिमोर लिस्टेबिचको खेल लाइभ हेर्नुस – प्रतियोगितामा नेपालले भने पहिलो खेलमा कात्तिक २० गते टिमोर लिस्टेसँग खेल्नेछ । त्यस्तै नेपालले समूह चरणको अन्तिम खेल ब्रुनाईसँग कात्तिक २३ खेल्नेछ । लिग कम नकाउटका आधारमा हुने प्रतियोगितामा दुई समूहको बिजेता र उपबिजेताले सेमिफाइनलमा स्थान बनाउने छन् । सात टोली सहभागी हुने सोलिडारिटी कपको समूह बीमा श्रीलंका , मकाउ , लाओस र मंगोलिया छन् । 

एएफसी कप प्लेअफ छनोट - थ्रि स्टार र नागाबल्र्डबीचको खेल लाइभ यहाँ हेर्नुस

Image
काठमाडौँ । एएफसी कप फुटबलको प्लेअफ छनौटको आफ्नो दोस्रो खेलमा मंगलबार (आज) रुस्लान थ्रि स्टार क्लबले कम्बोडियाको नागाबल्र्ड फुटबल क्लबसँग खेल्दै छ । मंगोलियाको उलानबटारमा जारी छनौटको दोस्रो खेलमा नेपालको राष्ट्रिय लिग च्याम्यिपयन थ्री स्टारले कम्बोडियाको च्याम्पियन नागाबल्र्डसंग प्रतिस्पर्धा गर्न लागेको हो । थ्रिस्टार र नागाबल्र्डबीचको खेल नेपाली समय अनुसार दिउँसोको पौने ३ बजे मंगोलियन फुटबल फेडेरेसनको कृत्रिम मैदानमा सुरु हुनेछ । थ्रिस्टार नागाबल्र्डलाई पराजित गर्दै अर्को चरणमा पुग्ने लक्ष्यका साथ मैदान ओर्लने छ । समुह बि को यो छनौट प्रतियोगितामा थ्रिस्टार ३ अंक सहित पहिलो स्थानमा छ । समुहको शिर्ष स्थानमा रहेको थ्रिस्टारको अर्को चरणमा जाने संभावना बढि छ । तर ,   थ्रिस्टारले नागाबल्र्डसंग कम्तीमा बराबरी खेल्नुपर्ने हुन्छ । मंगलबारको खेलमा थ्रिस्टार विजयी भए , स्वत एएफसी कप फुटबलको अर्को चरणमा पुग्नेछ । यदि थ्रिस्टार पराजित भए उसको अर्को चरण प्रवेश नागाबल्र्ड र एर्चिमवीचको खेलको नतिजा कुर्नुपर्नेछ । समचार साभार -  बाह्रखरी डटकम लाइभ यहाँ हेर्नुस -