Posts

Showing posts from January, 2015

फिफा फुटबल नियमबारे पुस्तक लेख्दै भिम थापा

Image
पूर्व राष्ट्रिय खेलाडी तथा प्रशिक्षक भिम थापा नेपाली खेलकुदको एक छुट्याउन नमिल्ने व्यति m र परिचित नाम हो । हाल रिटायर जीवन बिताइरहेका र लगभग गुमनाम जस्तै रहेका थापाले नेपाली फुटबल तथा खेलकुदमा झन्डै चार दशक काम गरी नेपाली खेलकुदको बिकासमा योगदान गरेका थिए  | गुल्मी जिल्लामा सन १९४६ मा जन्मिएका थापा अस्वस्थका कारण अहिले खेल क्षेत्रमा क्रियाशिल छैनन् । जीवनलाई फुटबलसग तुलना गर्ने ६८ बर्षे भिम थापा डाइबिटिज , प्रेसर लगाएत रोगको कारणले खेल क्षेत्रबाट टाढै रहेका छन् | विभिन्न रोगले यस क्षेत्रमा क्रियाशिल नभएपनि थापाले नेपालमा फुटबल विकासकालागि महत्वपुर्ण कार्यको थालनी गर्दै हाल त्यसमै व्यस्त रहेका छन् | थापा आफ्नो रिटायर जीवनमा फुटबलसंग सम्बन्धित पुस्तकको लेखनमा व्यस्त छन् | थापा हाल फुटबलको सर्वोच्च सस्था फिफाको फुटबल खेल्दा खेलाउदा खेलाडी तथा रेफ्रीमा लागु हुने नियमबारे पुस्तक निकाल्नमा व्यस्त छन् | ' नेपालमा फुटबल लोकप्रिय छ , पूर्वको ईलामदेखि पश्चिमसम्म फुटबल खेलिन्छ , तर फुटबलमा लागु हुने नियम , रुल्स थोरैमा मात्र ज्ञान हुन्छ | त्यसैले यस खेलको सम्पूर्ण नियम नेपालीले ...