फिफा फुटबल नियमबारे पुस्तक लेख्दै भिम थापा

पूर्व राष्ट्रिय खेलाडी तथा प्रशिक्षक भिम थापा नेपाली खेलकुदको एक छुट्याउन नमिल्ने व्यतिm र परिचित नाम हो । हाल रिटायर जीवन बिताइरहेका र लगभग गुमनाम जस्तै रहेका थापाले नेपाली फुटबल तथा खेलकुदमा झन्डै चार दशक काम गरी नेपाली खेलकुदको बिकासमा योगदान गरेका थिए  | गुल्मी जिल्लामा सन १९४६ मा जन्मिएका थापा अस्वस्थका कारण अहिले खेल क्षेत्रमा क्रियाशिल छैनन् । जीवनलाई फुटबलसग तुलना गर्ने ६८ बर्षे भिम थापा डाइबिटिज, प्रेसर लगाएत रोगको कारणले खेल क्षेत्रबाट टाढै रहेका छन् |

विभिन्न रोगले यस क्षेत्रमा क्रियाशिल नभएपनि थापाले नेपालमा फुटबल विकासकालागि महत्वपुर्ण कार्यको थालनी गर्दै हाल त्यसमै व्यस्त रहेका छन् | थापा आफ्नो रिटायर जीवनमा फुटबलसंग सम्बन्धित पुस्तकको लेखनमा व्यस्त छन् | थापा हाल फुटबलको सर्वोच्च सस्था फिफाको फुटबल खेल्दा खेलाउदा खेलाडी तथा रेफ्रीमा लागु हुने नियमबारे पुस्तक निकाल्नमा व्यस्त छन् | 'नेपालमा फुटबल लोकप्रिय छ, पूर्वको ईलामदेखि पश्चिमसम्म फुटबल खेलिन्छ, तर फुटबलमा लागु हुने नियम, रुल्स थोरैमा मात्र ज्ञान हुन्छ | त्यसैले यस खेलको सम्पूर्ण नियम नेपालीले बुझुन भनेर अहिले यसैमा व्यस्त छु | त्यो मेरो युथ प्रोजेक्टको रुपमा रहेको छ |' हिमालय टाइम्ससंग कुरा गर्दै थापाले भने | तर अहिले स्वास्थ्यले काम नगरेको कारणले केहि ढिला भएको बताउदै उनले आफ्नो पुस्तक चाडै आउने बताए |
    
पूर्व खेलाडी तथा प्रशिक्षक थापा गुल्मीमा जन्मिएपनि बुबा भारतीय सेनामा कार्यरत भएको कारणले भारतमै हुर्किएका थिए । थापाले भारतको देहरादुनमा हाईस्कुल र इन्टरमिडियट को अध्ययन पुरागरेका थिए भने फुटबलको ज्ञान तथा कौशल पनि त्यतै सिकेका थिए । थापाको नेपाली खेलकुदमा प्रवेश भने उनको बुबाको आर्मी जीवनबाट रिटायर भएपछि मात्र भयो | कामको सिलसिलामा नेपाल आएका थापा त्यसपछि नेपालमै बसेर खेलाडी तथा प्रशिक्षको रुपमा धेरै वर्ष काम गरि अहिले रिटायर जीवन चलिरहेका छन् | उनले खेलाडीको रुपमा नेपालको राष्ट्रिय टिममा सन् १९६९ देखी १९७२ सम्म खेलेका थिए | मिडफिल्डबाट खेल्ने थापाले नेपालको प्रतिनिधि गर्दै जापान र बंगलादेशमा गएर खेलेका थिए |  जुन बेला नेपालले अन्तर्राष्ट्रिय फुटबलमा भाग लिएका थिएनन् | उनले न्युरोट टिम एनआरटी क्लब , ठमेल ११महाबिर क्लब र भारतकै स्कुल टिम जुनियर युपी स्टेट टिम बाट पनि फुटबलखेलेका थिए  । भिम थापाल आफ्नो खेलाडी जीवनपछिे नेपाल सरकार शिक्षा मन्त्रालयको खेलकुद तथा शारिरिक व्यायम प्रशिकक्षण तथा प्रशिकक्षकको रुपमा झन्डै आठ वर्ष जागिर खाएका थिए भने शारिरिक शिक्षा तथा व्यायमको बारेमा देशका विभिन्न अञ्चल र जिल्लाको विधालयलाई तालिम तथा प्रशिकक्षण दिएका थिए  । थापाले नेशनल स्पोर्टस काउनसिल (हालको राखेप) मा पनि डाईरेक्टरको रुपमा कामगरेका थिए । उनले आठ वर्ष प्रशिक्षक हुदै सुदूरपश्चिम तथा मध्यमाञ्चलका विभिन् जिल्लाका स्कुलहरुमा फुटबल सम्बन्धि तालिम दिएका थिए | उनले नेपाली फुटबल टोलीको पहिलो अन्तर्राष्ट्रिय खेल खेल्दा प्रशिक्षकको जिम्मा पाएका थिए | जहाँ अहिले एन्फाका अध्यक्ष रहेका गणेश थापा खेलाडी थिए | पहिलो अन्तर्राष्ट्रिय खेल सम्झदै उनले भने, 'नेपालले पहिलो अन्तर्राष्ट्रिय खेल खेल्ने भयो, त्यो वोर्ल्ड कप छनोट खेल थियो, त्रिपुरेश्वरको रंगशालामा साउथ कोरियासंग हुने भयो | मलाई प्रशिक्षकको रुपमा बोलाइयो | तर, पछि इंग्ल्यान्डको प्रशिक्षक पनि बोलाइयो | जुन खेलमा नेपाल दुइ जिरोले पराजित भएको थियो | त्यसपछि अर्को खेलमा मलेसियासंग गोलरहितबराबरी भयो |

यसपछि थापाले अखिल नेपाल फुटबल संघ (एन्फा)मा समेत काम गरेका थिए | अहिले रहेको एन्फा ऐकेडमीको निर्माणको अबधारणाको विस्तृत कार्ययोजना समेत भिम थापाले एन्फा अध्यक्ष गणेश थापासँग मिलेर तयार पारेका थिए । उनकै त्यो योजनाले गर्दा अहिलेका धेरै युवा राष्ट्रिय खेलाडीहरु निस्किरहेका छन् | 'मेरो स्पोर्ट्स काउन्सिलबाट रिटायर हुने बेला हुदै थियो, गणेश थापा एन्फाका अध्क्षय भैसकेका थिए | उहाले मलाई एन्फामा काम गर्न र यो प्रोजेक्टबारे जानकारी काम गर्न बोलाउनु भयो | मेरो इच्छा पनि युथको लागि केहि गर्नुपर्छ भन्ने थियो | , म राजी भए र काउन्सिलमा राजिनामा गरेर एन्फामा आए |' हिमालय टाइम्ससंग कुरा गर्दै उनले थपे 'त्यहाँ आएर फिफा र एएफसीसंग सहकार्य गर्दै, मैले प्लान बनाए र त्यै अनुसारको काम गर्दै हामीले एकेडमी बनाउन सफल भयौ |'

हिमालय टाइम्ससंग कुरा गर्दै थापाले अहिलेको तुलनामा त्यस बेलाको खेलाडीहरु सेल्फमोटिभेटेड रहेको बताउदै अहिले प्रविधिको विकाससगै नेपाली खेलाडीहरुले धेरै कुरा सिक्न पाएको र सुविधासम्पन्न पनि रहेकोबताए । उनले नेपाली खेलाडीहरु धेरै प्रतिभाशाली भएता पनि नेपालमा राम्रो प्रतियोगिताहरु नहुदा र खेलाडीहरुलाई गाइड गर्ने मान्छे नभएको कारण राम्रो नतिजा नआएको बताए | 'नेपाली खेलाडीहरु सबैमा उत्कृष्ट छन्, तर कम प्रतियोगिता र उनीहरुलाई गाइड गर्ने मान्छे कम छन् | त्यसकारण राम्रो रिजल्ट छैन | उनले थपे, 'नेपाली फुटबलको विकास गर्ने हो भने खेलाडीहरु आर्थिक रुपमा सबल हुनुपर्छ, खेलाडीले खेलेर परिवार पाल्न सक्ने हुनुपर्यो | साथै ठुला प्रतियोगिताहरु निरन्तर हुनुपर्छ जुन अहिले भारतमा लिग भयो त्यहिँ खालको हुनुपर्छ | क्लबहरुले सबल र आफ्नै मैदान तथा एकेडमीको अवधारणा बनाउनु सक्नुपर्छ |'

फिफा र एएफसीको कोचिङ तालिमसम्बन्धि विभिन्न कोर्षहरुको अध्ययन सकेका थापाले भारतबाट फुटबल खेल सम्बन्धि डिप्लोमा गरेका थिए भने जर्मन, पाकिस्तान, ब्राजिललगाएत देशहरुबाट  प्रशिक्षण लिएका छन् | पहिलेको तुलनामा नेपाली खेलाडी थुप्रै सुबिधासम्पन्न भएको बताउने  थापाले  नेपाली खेलकुदमा विशेष योगदान दिएका कारण  उनलाई नेपाल सरकारको गोर्खा दक्षिण बाहु पुरस्कारले समेत सम्मान गरिसकेका छन् | त्यस्तै खेलकुद पत्रकार मंचको एनएसजेएफ पल्सर स्पौट्र्स  अर्वाड २०६९ को लाईफ टाईम एचिपमेन्ट अर्वाड र रुपक मेमोरीयल अर्वाड बेस्ट कोच क्याटेगोरी लगाएतका अन्य विभिन्न  पुरस्कारबाट सम्मानित भएका छन्  ।

थापाको  परिचय खेलाडी मात्र नभएर एक कुशल प्रशिकक्षण र शिक्षकको रुपमा पनि रहेको छ । उनले गुल्मी जिल्लाको भार्सेमा इन्डियन आर्मीहरुले खोलेको अमरसीङ हाईस्कुलमा शिक्षकको रुपमा तीन वर्ष काम गरेका थिए । भारतमा फुटबल सिकेर नेपालमा शिक्षा दिएका भिम थापाको इच्छा भनेको आफ्नो युथ प्रोजेक्टको रुपमा रहेको पुस्तकनिकाल्दै सबैलाई फुटबल खेलको नियमबारे जानकारी दिनु हो |

पुस २० गतेको हिमालय टाइम्समा छापिएको 

Comments

Popular posts from this blog

Popular cartoon characters of all time

१२ औं सागमा नेपालले सहभागी जनाउने खेलका खेलाडी तथा प्रशिक्षकको नामावली (साथमा अघिल्ला सस्करणका पदक बिजेताहरुको नामावली)

नेपाली क्रिकेटका ‘मिडल स्टम्प’