Posts

एएफसी कप प्लेअफ छनोट - थ्रि स्टार र नागाबल्र्डबीचको खेल लाइभ यहाँ हेर्नुस

Image
काठमाडौँ । एएफसी कप फुटबलको प्लेअफ छनौटको आफ्नो दोस्रो खेलमा मंगलबार (आज) रुस्लान थ्रि स्टार क्लबले कम्बोडियाको नागाबल्र्ड फुटबल क्लबसँग खेल्दै छ । मंगोलियाको उलानबटारमा जारी छनौटको दोस्रो खेलमा नेपालको राष्ट्रिय लिग च्याम्यिपयन थ्री स्टारले कम्बोडियाको च्याम्पियन नागाबल्र्डसंग प्रतिस्पर्धा गर्न लागेको हो । थ्रिस्टार र नागाबल्र्डबीचको खेल नेपाली समय अनुसार दिउँसोको पौने ३ बजे मंगोलियन फुटबल फेडेरेसनको कृत्रिम मैदानमा सुरु हुनेछ । थ्रिस्टार नागाबल्र्डलाई पराजित गर्दै अर्को चरणमा पुग्ने लक्ष्यका साथ मैदान ओर्लने छ । समुह बि को यो छनौट प्रतियोगितामा थ्रिस्टार ३ अंक सहित पहिलो स्थानमा छ । समुहको शिर्ष स्थानमा रहेको थ्रिस्टारको अर्को चरणमा जाने संभावना बढि छ । तर ,   थ्रिस्टारले नागाबल्र्डसंग कम्तीमा बराबरी खेल्नुपर्ने हुन्छ । मंगलबारको खेलमा थ्रिस्टार विजयी भए , स्वत एएफसी कप फुटबलको अर्को चरणमा पुग्नेछ । यदि थ्रिस्टार पराजित भए उसको अर्को चरण प्रवेश नागाबल्र्ड र एर्चिमवीचको खेलको नतिजा कुर्नुपर्नेछ । समचार साभार -  बाह्रखरी डटकम लाइभ यहाँ हेर्नुस -

एएफसी कप प्लेअफ छनौट – नेपालको थ्रिस्टार र एर्चिमबिचको खेल लाइभ (थ्री स्टारद्वारा १ गोलको अग्रता )

Image
काठमाडौँ । एएफसी कप फुटबलको प्लेअफ छनौटको पहिलो खेलमा नेपालको राष्ट्रिय लिग बिजेता रुस्लान थ्रिस्टार क्लबले अहिले आयोजक मंगोलियाको एर्चिम फुटबल क्लबसँग खेलिरहेको छ । थ्री स्टार र एर्चिमबिचको खेल मंगोलियाको फुटबल फेडेरेसनको कृत्रिम मैदानमा जारी छ ।  ललितपुरको रैथाने क्लब थ्रिस्टारले नेपालको राष्ट्रिय लिग विजेता भएपछि एएफसी कपको प्लेअफ छनोटमा नेपालको प्रतिनिधित्व गर्न लागेको हो । यस प्ले अफ छनोटमा थ्रीस्टार समूह ‘ बि ’ मा परेको छ । थ्री स्टारले एर्चिमपछि  कम्बोडियाको नागावोर्ल्ड फुटबल क्लब संग मंगलबार खेल्ने छ । तीन समूहमा विभाजन गरिएको प्लेअफ छनोट चरणमा नौ टोलीको सहभागिता छ । तीन वटै समूहबाट समूह विजेता अर्को चरणमा पुग्नेछ । लाइभ हेर्नुस - 

नेपाल र एमसिसीबीचको खेल यहाँबाट लाइभ हर्ने सक्नुहुनेछ ....

Image
तस्विर - क्रिकेटइननेपाल  क्रिकेटको मक्का लर्ड्समा नेपाल ले विश्वकै पुरोनो क्लब मेरिलिबोन क्रिकेट क्लब (एमसिसी)सँग आज मैत्रीपूर्ण खेल खेल्दैछ । नेपाल र ब्रिटेनबीचको कुटनीतिक सम्बन्ध स्थापना भएको २ सय वर्ष पुगेको अवसरमा लर्ड्समा नेपालले खेल्न लागेको हो । लर्ड्समा हुने एमसिसीसंगको खेललाई नेपाली क्रिकेटरहरुले खेल जीवनकै सबै भन्दा ठूलो उपलब्धी मानेका छन् ।  नेपाली टोलीका कप्तान पारस खड्काले लर्ड्समा खेल्नु सबैको सपना रहेको बताईसकेका छन्   । “ सबै उत्साहित छौं । हामी निकै उत्सुकतापूर्वक प्रतिक्षा गरिरहेका छौं । हामी सबै शतप्रतिशत आफ्नो खेल खेल्नेछौं ,” कप्तान पारसले भने , “ यहाँ खेल्नु सपना पुरा भए बराबर हो ।  हामी यो दिनको प्रतिक्षामा थियौं । त्यस्तै लड्समा क्षमता देखाउन हामीलाई यो राम्रो मौका हो । ” र,   लर्ड्स मैदानमा हुने खेल नेपाली सयम अनुसार दिउँसो सवा तीन बजेपछि सुरु हुनेछ । नेपाल र एमसिसी बीचको खेल नेपाल टेलिभिजनको एनटीभी प्लसले प्रत्यक्ष प्रसारण गर्दैछ | त्यस्तै लर्ड्स क्रिकेट मैदानले आफ्नै युट्युब च्यानलबाट लाइभ दिने छन् | नेपाल र एमसिसीबीचको खेल   यहाँबाट  लाइभ  हर्ने

स्पेनीस ला लिगाको नयाँ सिजन रोनाल्डो,मेस्सी, बेल र नेयमारले खेल्ने नयाँ बल

Image
एजेन्सी स्पेनीस ला लिगा फुटबलको नयाँ सिजन २०१६ – १७ सिजन आगामी अगष्ट २२ बाट सुरु हुदैछ । ला लिगाको आगामी सिजनको खेल तालिका आगामी जुलाई २१ मा सार्वजनिक हुदैछ । यसपटकको ला लिगामा समकालीन फुटबलका हस्तीहरु क्रिष्टियानो रोनाल्डो, लियोनल मेस्सी, ग्यारेथ बेल, नेयमार जस्ता खेलाडीहरुले खेल्दै छन् । र, यस सिजन ती स्टार खेलाडीहरुले कुन बल खेल्नेछन् भन्ने कौतुहलता सबैमा पाइन्छ । तर, स्पेनिस फुटबल एसोसियसनले ला लिगाको यस सिजन प्रयोग हुने बल सार्वजनिक गरिसकेको छ । यस सिजनको ला लिगाको लागी नाईकले नयाँ बल तयार गरेको छ ।   उक्त बललाई नाईक ओर्डेम ४ नामकरण गरिएको छ । जुन बल स्पेनको राष्ट्रिय झण्डाको कलरमा डिजाइन गरिएको छ । जसलाई निकै आकर्षक तरिकाले रङ्गीन बनाइएको छ । यो बल जुलाईबाट नै बजारमा आइसकेको छ । यस्तो छ नयाँ बल - 

सरकारको नीति तथा कार्यक्रममा के छ ?

Image
सरकारले मंसिरमा स्थानीय निकायकाे निर्वाचन गर्ने भएकाे छ । तर, मिति भने तय भएकाे छैन ।  सरकारका तर्फबाट राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा पेश गरेकाे नीति तथा कार्यक्रमको  पूर्णपाठ हेर्नुस |

१२ औं सागमा नेपालले सहभागी जनाउने खेलका खेलाडी तथा प्रशिक्षकको नामावली (साथमा अघिल्ला सस्करणका पदक बिजेताहरुको नामावली)

Image
दक्षिण एसियाली देशहरुका लागी ओलम्पिक सरहको ठुलो प्रतियोगिता १२ औं दक्षिण एसियाली खेलकुद (साग)  माघ २३ बाट भारतको गुहाटी र सिलोङमा हुदै छ । राष्ट्रिय खेलकुद परिषद (राखेप) का अनुसार नेपालले सागमा विभिन्न २३ खेलमा सहभागिता जनाउने छन् । विभिन्न २३ खेलबाट नेपालका १ सय ९१ पुरुष र १ सय ९५ महिला गरी जम्मा ३ सय ८६ खेलाडीले दक्षिण एसियाकै सबै भन्दा ठूलो प्रतियोगिता सागमा सहभागी हुने छन् । सागमा नेपालको १७ खेल गुहाटीमा हुनेछ भने बाकी खेल सिलोङमा हुदै छ । नेपाल सहभागी हुने खेलहरु – आर्चरी , एथलेटिक्स , ब्याडमिन्टन , बास्केटबल , बक्सिङ , फुटबल , ह्यान्डबल , हक्की , जुडो , कबड्डी , खोखो , सुटिङ , स्क्वास , पौडी , टेबलटेनिस , तेक्वान्दो , लनटेनिस , ट्रायथलन , भलिबल , भारोत्तोलन , कुस्ती , उसु र साइक्लिङमा सहभागिता जनाउने छ । हक्कीको महिला टिम मात्र सहभागी हुने छ । बाँकी सबैमा पुरुष ÷ महिला खेलाडी सहभागी हुने छन् । नेपालको गुहाटीमा हुने खेल-  एथलेटिक्स , ब्याडमिन्टन , बास्केटबल , साइक्लिङ, फुटबल(पुरुष) , ह्यान्डबल , हक्की , कबड्डी , खोखो , सुटिङ , स्क्वास , पौडी , कुस्ती , लनटेनिस , ट्रायथलन ,