नेपाल र एमसिसीबीचको खेल यहाँबाट लाइभ हर्ने सक्नुहुनेछ ....


तस्विर - क्रिकेटइननेपाल 

क्रिकेटको मक्का लर्ड्समा नेपालले विश्वकै पुरोनो क्लब मेरिलिबोन क्रिकेट क्लब (एमसिसी)सँग आज मैत्रीपूर्ण खेल खेल्दैछ । नेपाल र ब्रिटेनबीचको कुटनीतिक सम्बन्ध स्थापना भएको २ सय वर्ष पुगेको अवसरमा लर्ड्समा नेपालले खेल्न लागेको हो ।
लर्ड्समा हुने एमसिसीसंगको खेललाई नेपाली क्रिकेटरहरुले खेल जीवनकै सबै भन्दा ठूलो उपलब्धी मानेका छन् ।  नेपाली टोलीका कप्तान पारस खड्काले लर्ड्समा खेल्नु सबैको सपना रहेको बताईसकेका छन्  
सबै उत्साहित छौं । हामी निकै उत्सुकतापूर्वक प्रतिक्षा गरिरहेका छौं । हामी सबै शतप्रतिशत आफ्नो खेल खेल्नेछौं,” कप्तान पारसले भने, “यहाँ खेल्नु सपना पुरा भए बराबर हो ।  हामी यो दिनको प्रतिक्षामा थियौं । त्यस्तै लड्समा क्षमता देखाउन हामीलाई यो राम्रो मौका हो ।

र,  लर्ड्स मैदानमा हुने खेल नेपाली सयम अनुसार दिउँसो सवा तीन बजेपछि सुरु हुनेछ । नेपाल र एमसिसीबीचको खेल नेपाल टेलिभिजनको एनटीभी प्लसले प्रत्यक्ष प्रसारण गर्दैछ | त्यस्तै लर्ड्स क्रिकेट मैदानले आफ्नै युट्युब च्यानलबाट लाइभ दिने छन् |

नेपाल र एमसिसीबीचको खेल यहाँबाट लाइभ हर्ने सक्नुहुनेछ  ....




Comments

Popular posts from this blog

Popular cartoon characters of all time

१२ औं सागमा नेपालले सहभागी जनाउने खेलका खेलाडी तथा प्रशिक्षकको नामावली (साथमा अघिल्ला सस्करणका पदक बिजेताहरुको नामावली)

नेपाली क्रिकेटका ‘मिडल स्टम्प’