Posts

दीपझैं बलेका सन्दीप

Image
प्रायः प्रतिभाहरू लुकेर बसेका हुन्छन्, हत्तपत्त बाहिर आउँदैनन् । तर, जब आउँछन्, तहल्का मच्चाउँछन् । कतिले त लामै समय राज गर्छन् । नेपाली क्रिकेटमा ठ्याक्कै यस्तै केही प्रतिभा छन्, जसलाई केही वर्षअघिसम्म न कसैले चिन्थ्यो, न कसैले गन्थ्यो । अहिले सबैका हाईहाई भएका छन् । तहल्कै पिटेका छन् । विश्व क्रिकेटमा हेडलाइन बनेर सबैलाई चकित बनाएका छन् । तिनै थोरैमध्ये एक हुन्– १७ वर्षे सन्दीप लामिछाने, जसले जुनियर टोलीमा परेकै वर्ष सिनियर राष्ट्रिय टोलीमा डेब्युमात्र गरेनन्, क्रिकेटरको सपना इन्डियन प्रिमियर लिग (आईपीएल) खेल्ने पहिलो नेपाली खेलाडीको इतिहाससमेत बनाए । “भिभो आईपीएलको इतिहासमा पहिलो नेपाली खेलाडी ! १७ वर्षका लेग स्पिनर सन्दीपलाई स्वागत गर्न पाउनु हाम्रा लागि निकै खुसीको कुरा हो,” आईपीएल क्लब ‘दिल्ली डेयरडेभिल्स’ले ट्विट गरिरहँदा सारा नेपाली र खेलप्रेमीले उत्सव मनाइरहेको थिए । यता, सन्दीप भने ‘आईसीसी विश्व क्रिकेट लिग डिभिजन टु’को तयारीका लागि नेपाली टोलीसँग नामिबियाको यात्रामा छन् । बिहीबार सुरु भएको ‘डिभिजन टु’ पहिलो खेलमा नेपालले नामिबियालाई १ विकेटले हराउँदा ‘म्यान अफ दि म

एएफसी यु–१६ च्याम्पियनसिप छनोट : नेपाल भर्सेस प्यालेस्टाइन (Live)

Image

नेपाल आइडल ग्रान्ड फिनाले (लाइभ)

Image

भुटानमा जारी यु–१८ साफ च्याम्पियनसिपमा नेपाल माल्दिभ्सविरुद्ध २ – ० ले अघि (लाइभ )

एएफसी यु–१६ च्याम्पियनसिप छनोट अन्तर्गत इराक र प्यालेस्टाइनबिचको खेल (लाइभ)

सोमपाल कामी , क्या दामी ।

Image
मान्छे भुईंबाट शिखरमा पुग्न समय लाग्दैन । लगन, मेहनत र दृढता हुनुपर्छ– मान्छे रातारात ‘स्टार’ बन्छ । सोमपाल कामी त्यस्तै ‘स्टार’ हुन्, जो शिखरमा पुगिसकेका त छैनन् तर पुग्छन् एकदिन । दुई वर्षअघिसम्म साधारण सोमपाल विश्वकप क्रिकेट खेल्छन् भनेर न उनले चिताएका थिए, न अरुले नै । भलै, उनले यही सपना देखेर आफ्नो करिअर थालेका थिए । यति छिटै खेल्न पाउने सपना त उनी आफैंले देखेका थिएनन् । विश्वकप खेल्ने अन्तर्राष्ट्रिय खेलाडी बन्छु भन्ने पनि उनलाई फिटिक्कै थिएन । तर, भए । ‘पृथ्वी गोलो छ, सबैको दिन आउँछ’ भनेर सम्भवतः सोमपालजस्तै स्वप्नजीवीका लागि भनिएको होला ! यी वायाँ हाते पेस बलर विश्वकपमा खेलिरहँदा नेपालमा नारा लागिसकेको थियो– सोमपाल कामी, क्या दामी ! उनी दामी छन् । उनको करिअर अहिले दामी मोडमा छ । “मलाई थाहा थियो– मेहनत गरेपछि सबैको दिन आउँछ,” भन्छन्, “मैले मेहनत गरें, मलाई मौका आयो । विश्वकप खेल्ने मेरो ड्रिम पूरा भयो ।” बंगलादेशको विश्वकपमा मैदान छिर्दा पहिलो पटक उनलाई आफू अन्तर्राष्ट्रिय खेलाडी भएको भान भयो । त्यो उनको कहिल्यै बिर्सन नसकिने क्षण थियो । “शायद अब त्यस्तो कुनै अवि

एसीसी यु - १९ एसिया कप क्रिकेट : नेपाल र श्रीलंकाबिचको खेल लाइभ हेर्नुस

Image
श्रीलंकामा जारी एसीसी यु–१९ एसिया कप क्रिकेट प्रतियोगिताको पहिलो खेलमा नेपाली युवा टोलीले अहिले घरेलु टोली श्रीलंकाको सामना गरिरहेको छ ।  नेपाल र आयोजक श्रीलंकाबीचको खेल कोलम्बोस्थित नोन्डेस्क्रिप्ट क्रिकेट क्लबको मैदानमा जारी छ ।  लाइभ हेर्नुस  -