राजनैतिकमैत्री भएकै हो त नेपाली आमसंचार ?
एक बिहान ललितपुरको इमाडोलमा एक चिया पसलमा चिया खादै पत्रिका पढ्दै बसिरहेको थिए | एकजना अधवैसे पुरुष आएर मेरो नजिक बस्यो अनि मलाई सोध्यो "भाई आजको के छ ताजा ?" " खासै केहि छैन अंकल , त्यस्तै त हो |" भन्ने जवाफ के दिएको थिए उनले एक्कासी भने "भाई के हुन्छ र अखबारमा आजकल , नेताको भाषण र रिवन काटेको मात्र समाचार बन्छ , यो देखेर मैले त पत्रिका नै पढ्न बन्द गरिसके" | उनले थपे "खाली नेताको बोलि असो टिभी रेडियो सुन्यो नेताकै बोलि मात्र , यो सुन्नु भन्दा त बरु मा त हिन्दी सिरियल पो हेर्छु" | यो त एक उदाहरण मात्र हो नेपाली राजनैतिक पत्रकारिताको प्रभाव , यस्तो खोज्ने हो भने यहा हजारौको संख्यामा रहेको पाउछौ | अझ भनौ न कतिपय युवाहरुलाई त नेपाली च्यानल , नेपाली पत्रपत्रिकाको नाम समेत थाहा नभएको पाउछौ | त्यसैगरी बानेश्वरमा भेटिएका एक युवा भन्दै थिए , " नेपाली पत्रिका नेताले चलाएको कि पत्रकारहरुले ? पत्रिका हेर्यो अगाडी नेताको टाउको मात्र छापिएको हुन्छ , त्यस्तो पत्रिका किन हेर्नु" | पत्रकारहरु पनि कस्तो छन् भने खोजेर हैन नेताले बो...