फुटसल लोकप्रियता

अन्तरास्ट्रिय फुटसल पीच 

निशान 

सन १९३० बाट औपचारिक रुपमा ब्राजिलबाट सुरु भएको फुटसल खेल हाल नेपालमा पनि लोकप्रिय बन्दै गइरहेको छ | पछिल्लो समय नेपालका काठमाडौँ लगायतका अन्य ठुला सहरी क्षेत्रमा यसको लोकप्रियता बढी रहेको छ |
हाल काठमाडौँ उपत्यकामा मात्र फुटसल सेन्टरको संख्या २५ भन्दा माथि रहेको अनुमान छ | ब्राजिलमा ठुलो मैदान अभावलाई परिपूर्ति गर्न यसको विकास भएको भएतापनि अहिले ठुलो खेलहरु जस्तै यसलाइ पनि फिफा (अन्तराष्ट्रिय फुटबल महासंघ)ले खेलका रुपमा मान्यता दिएको छ | यस खेलको विश्वकप पनि आयोजना हुने गरेको छ |  
काठमाडौँको एक फुटसल सेन्टर 

अन्तरास्ट्रिय स्तरको फुटसल पिचको आकार ४०/२० मिटरको हुने यस फुटसलमा एक समूहमा ५ जना गरि दुई टिममा जम्मा १० जना खेल्ने गरिन्छ | यस खेललाई फुटसल पिच र फुटसल बलबाट खेलिन्छ | साथै यस खेल हलभित्र खेलिने हुनाले यसलाई इन्डोर फुटबल पनि भनिन्छ |

विश्व जगतमा केहि पहिलेदेखि यसको लोकप्रियता भएपनि नेपालमा यो खेल भित्रिएको धेरै भएको छैन | तर पनि छोटो समयमानै युवा पुस्ताहरु बीच यसको लोकप्रियता चुलिदो छ | फुटसल संचालकहरु पनि व्यवसाय फस्टाएकोमा दङ्ग छन् |
यो खेल छोटो समयमानै यति लोकप्रिय भएको बिषयमा ललितपुरमा रहेको दी बेस्ट फुटसल सेन्टरका संचालक नवीन वीर बस्नेतको अनुसार, “यस फुटसल खेलमा कुनै पनि एज ग्रुप छैन, ठुला देखि साना सम्म खेल्न सक्छन | यसका साथै काठमाडौँमा मनोरंजन र व्यायाम गर्ने ठाउको अभाव छ तर यस फुटसलले त्यसको परिपूर्ति गरेको छ |

त्यसैगरी फुटबल खेल्नका लागि सहरी क्षेत्रमा मैदान अभाव भएको कारण र शारीरीक व्यायामको उपयुक्त माध्यम भएको कारण पनि यसको लोकप्रियता बढेकोबताउछन् एक फुटसल सेन्टरमा भेटिएका साजन ताम्राकार |

अर्को फुटसल सेन्टरमा भेटिएका दिपक बाराही यसो भन्छन्, “यहा हामी साथीहरु विभिन्न कारणले व्यस्त भाछौ तर विदाको दिन मात्र हाम्रो भेट हुन्छ, त्यहि प्रत्येक विदाको दिन हामी फुटसल खेल्न आउछौ, त्यसैले यो फुटसल भनेको हाम्रा साथीहरु बीच एकता निर्माण गर्ने माध्यम भएको छ |”


हाल काठमाडौँमा फुटसल खेल्न एक घण्टा बराबर एक हजारदेखी तिन हजारसम्म तिर्नुपर्ने भएका कारण सामान्यता केहि महँगो भएपनि यस खेलमा बालक देखि वृद्धसम्म रमाइरहेको भेटिन्छ | पछिल्लो समय विशेष त सहरी इलाकामा सर्वसाधारणका लागि खुल्ला खेल मैदानको अभावलाई परिपूर्ति गर्दै खेल प्रेमीहरुको इच्छा पूर्ति गर्न फुटसल एउटा राम्रो माध्यम बन्दै गएको छ |

Comments

Popular posts from this blog

Popular cartoon characters of all time

१२ औं सागमा नेपालले सहभागी जनाउने खेलका खेलाडी तथा प्रशिक्षकको नामावली (साथमा अघिल्ला सस्करणका पदक बिजेताहरुको नामावली)

नेपाली क्रिकेटका ‘मिडल स्टम्प’