Posts

Showing posts from May, 2015

भूकम्प तिमी र म डिभोर्स गरौँ

Image
तस्बीर गुगल  प्रिय , भूकम्प ! तिमीलाई मैले किन यति धेरै माया गरेँ र तिमीले साथ दियौ ? हेर ! तिम्रो यो मायाले म पागल भै सकेँ । मलाई दिनमा चैन छैन अझ रातमा समेत चैन छैन | किन ? खाली तिम्रो मात्र माया लागेर आउँछ | तिम्रो यादले सताई रहन्छ | तिमी सपनीमा आउँछौ | विपनामा भने हराउँछौ | तिमी भन्छौ होला भूकम्प , मैले तिमीलाई माया गरेको छैन भनेर होला | तर , तिमीलाई थाहा छ | तिम्रो आगमन नभएको दिन मैले कति न्यास्रो मान्छु ? सों:च ! यदी तिम्रो माया नलागेको भए म प्रत्येक दिन भूकम्प ! भूकम्प ! भनेर पटक पटक चिच्याउने थिइनँ | सम्झ एकपल्ट | सुन भूकम्प !   तिमीलाई म सानो यो चिठीमार्फत भन्दै छु | तिमीलाई पाउन मैले के गरिनँ ? मैले जे गुमाउनु थियो त्यो गुमाँइसकेको छु | अब त्यो भन्दा बढी गुमाउने म सँग केहि छैन | र अझैं पनि तिमीले मलाई माया गर्दैनस भनेर पटक पटक पीडा दिने गरेको छौ | अब मैले तिमीलाई म सँग बाँकी जति माया दिईसके | मलाई अझै तनाव नदेउ |   सुन ! मलाई तिमीले तनाव दिदा तिमीलाई मनोरन्जन मिल्छ होला | तिमीलाई यो थाहा छैन कि तिम्रो तनावको असर मलाई मात्र पर्दैन | तिमीले गर...

खेल गतिविधि जेठ पहिलो सातादेखि

Image
काठमाडौं , वैशाख २५ ।  'अधिकांश प्रशासनिक कार्यालयको ढोकामा ताला , कर्मचारीहरू बाहिरै टोलाइरहेका थिए । उनीहरूलाई नियमित कार्यहरू गर्न कठिन भएको  देख्न सकिन्थ्यो ।  केहि समूह गार्डेन रहेको ठाउँमा भेला भई छलफल गरिरहेका थिए । साथै , राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव युवराज लामाले समेत कार्यालयको दैनिक कार्यक्रम गार्डेनमा गरिरहेका थिए । ’ यस्तो दृश्य शुक्रबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को परिसरमा देखिएको थियो । जुन दृश्य देखिनुमा कसैको दोष थिएन । दोष थियो गत वैशाख १२ गते गएको विनाशकारी भूकम्प । वैशाख १२ गते गोरखाको बारपाक क्षेत्रलाई केन्द्रबिन्दु बनाएर गएको ७ दशमलव ६ रिक्टर स्केलको भूकम्पको कारणले नेपाली खेलकुद अहिले अस्तव्यस्त भएको छ । जसको कारणले खेलकुद परिषदभित्र रहेको धेरै भौतिक संरचनाहरू क्षतिग्रस्त भएको छ । विनाशकारी भूकम्पले परिषदभित्रको अधिकांश भौतिक संरचनाहरूमा क्षति पुगेको छ । भूकम्पले त्रिपुरेश्वर क्षेत्रमा रहेका संरचनाहरूमा बढी क्षति पुगेको छ । भूकम्पले पौडी पोखरीको सावर रुमको भित्ता भत्किएर क्षतिग्रस्त बनेको स्कुटर । तस्...