म कुनै बरिष्ठ फोटोग्राफर पनि हैन...तर रुची छ मेरो फोटोग्राफीमा !! अरुले
खिचेको फोटो हेर्दा मात्र !!!
र आज म पनि आफैले खिचेका केहि फोटोहरु ब्लगमा राख्दै छु | त्यो पनि कुनै
प्रोफेसनल क्यामेराले खिचेको हैन ....सामान्य स्मार्टफोन ..साधारण फोन र केहि
तस्बीर डिजिटल कम्प्याक्ट क्यामेराको माध्यमबाट खिचेको हो |
तस्बिरहरु ..फोटोग्राफिकै लागि भनेर खिचिएको हैन तर घुमघाम मा निस्किएको बेला
खिचिएको हो |
.........यदी यो फोटो हेर्दा बरिष्ठ फोटोग्राफरलाई कतै ठेस पुगेमा
क्षमाप्रार्थी छु ! र त्यस्तो सम्झेमा त्यसको भागीदार आफै हुनुहुनेछ |
र फोटो कसैलाई राम्रो लागेमा मलाई सम्पर्क गर्नुहोला !!....
त्यसैले मैले बरिष्ठ फोटोग्राफरलाई चुनौती दिएको हैन !!
तर मैले यो मोबाइल फोटो राख्नुको कारण सोसियल साइट ट्वीटर, फेसबुक, इन्स्टाग्राम
र अन्य ब्लगहरुमा ...क्यानन , सोनी लगाएतका अथवा १ लाख भन्दा माथिका क्यामेरा ,
त्यस्तै खालका लेन्सबाट फोटो खिचेर ..देखाउनेको लागि....हामी मोबाइल फोटोग्राफर पनि
काम छैनौ है !! भन्नु खोज्नु पनि हो |
तर साच्ची भन्नु पर्दा पर्यटकीय फोटोहरु राखेको छु है !!! फोटो हेरेर घुम्न जाने प्लान बनाउनु हुनेछ १०० % ग्यारेन्टी !!!!!
फोटो सुरु -
|
यो फुल कुकुरमुखे रे !!!
मैले एक घरको करेसाबारीबाट ...आफ्नै मोबाइलबाट खिचेको यसमा कुनै पनि एडिट गरेको छैन | जस्तो आयो त्यस्तै राखेको हो भन्ने जानकारी गराऊछु | |
|
यो चै भक्तपुर दरबारस्कुवार छेउको एक मन्दिर | यो नि आफ्नै मोवाइल फोटोग्राफीबाट खिचिएको हो | |
|
यो नि भक्तपुर दरबारस्कुवारकै हो ..........माथिल्लो र यो संगै खिचेको हो !!! तर कसरी यस्तो निस्कियो ? मैले अझै बुझ्न सकेको छैन !! |
|
यो चै आफ्नै पसलमा गौथली चराले गुड बनाएको हो है | कस्तो मेहेनत साथ २ बर्ष लगाएर यस्तो बनायो !! वुद्धि त मान्नै पर्छ - गौथलीको ! |
|
हाइके मतलब ..हाइकिङ् जानेहरुको उपयुक्त थलो यो ठाउँ पनि हो | यो पाइलटबाबा बस्ने कुटी हो | उहाकै नामबाट यस ठाउँ पाइलटडाडा भन्ने गरिन्छ | यो ठाम सुर्यविनायक भक्तपुर माथिडाडामा पर्छ | |
|
यो ठामको बारेमा .बर्णन गर्न त्यति उचित देखिन !!! किनकि संसारले चिन्ने ठाम पर्यो !!! |
|
यो समान बोक्ने जिपले ....मान्छे बोकेर खुब ..स्पीड साथ हाक्दैछ !! कहाँ पुगेर ठोक्किनछ अनी !! यो ठाउँ नमबुद्ध जाने बाटो नै हो !! यस्तो जिप मा पनि रिङरोडमा चल्ने र नेपाल यातायातकै हालत छ !! |
|
यो रोड काभ्रे नमबुद्ध जाने रोड हो क्यारे !! झन्डै बिर्सेको !! हाइकिङ् गन्तव्य मै पर्छ | यो ठाम !! यो बाटो आधा चै दामी ...आधा चै त्यै नेपालमा पाइने रोडकै हालत छ | अनि त्यो पर फोटो खिच्ने क्यामेराम्यान र मोडल चै ...मैले नि नचिनेको अवस्था हो !! |
|
यो चै पिकनिक स्पटको लागि बनाएको ठाम हो !! त्रिभुवन पार्क !! हरियाली समएमा पिकनिक जादा धेरै रमाइलो ठाउँ छ है !!! |
|
यो चै गाउघरमा फुलेको फुल हो !! नाम चै थाहा भएन के भन्छ तर फुल चै असाध्यै राम्रो हुन्छ !! मेरो पनि १ लाख पर्ने क्यामेरा भाको भए !!! कस्तो निकाल्थे ,मलाई मात्र थाहा छ !!! यो चै भोजपुर जिल्ला कटुन्जे सुच्चा गाउमा खिचेको !!! |
|
यसो गाउ घर तिर घुम्न जाने हो भने यस्ता सानातिना झरना कति देख्न पाइन्छ भने !!! यस्ता झरना छेउमा बसेर प्रकृतिको आनन्द लिनु भोजपुर कटुन्जे गाउ जाऊ है !! अरु ठाउमा पईन्न !! |
|
यो चै कुन मन्दिर हो ? आफै छुट्याउन अनुरोद गर्दछु !!! किनकि यो मन्दिरको पुजारी कुकुर हो !!! तपाई आफैले देक्नु भयो होला नि !! पुजा गर्दै गरेको कुकुर !! |
|
यो चै सल्लाको रुख है !! त्यो नि दक्षिणकाली मन्दिर माथि डाडामा रहेको अर्को मन्दिर वरिपरीका कुनै रुखहरु !! यो फोटो चै मैले खिचेको हैन है !! यो फोटो खिच्ने व्यक्ति अहिले पल्टनमा ब्यस्त छ युके आर्मी !! नाम चै नभनौ !! |
|
ओहो !!! यो ठाउँ कति रमाइलो छ भने !!! कल्पनै गर्नु सक्नु हुन्न !!! यहाँ बाट के देखिदैन ? सब देखिन्छ हिमाल पहाड ..फेदी खोच .....
यो चै भोजपुर कटुन्जे गाउको गौचरन !!! मुलाबारी डाडा !!! यो ठाउँबाट right side भोजपुर र left side खोटाङ् जिल्ला पर्छ !!
यो ठाउँ फोटोमा सानो देखिए पनि ठुलो ठाउँ छ !! तर यहाँ केहि बर्षपछि चियाको बगान बन्दैछ !!!!! |
|
यो ठाउँ काठमाडौँका ठिटा ठिटी जाने ठाउँ भन्छु म !! बास्तबमा यो चै नमोबुद्ध गुम्बा हो है !! यो ठाउँ प्राय नगएको कमै होलान !!! तर यसरी सूर्यमुखी फुल भएको बेला जाने चै मै थिए होला !! अनि टक्क फोटो पनि खिच्ने मै होला !! राम्रो लागे जानुहोस हजुरहरु नि ...यसो टाइम निकालेर ...जानुस् !! ठाउँ राम्रो छ ! |
|
यो फुल चै भीरपाखा ..जंगलतिर फुल्ने फुल .सुनाखरी कि सुनगाभा भन्छ !! म नि गाउ निस्किएको बेला पहरामा फुलेको देखे ..राम्रो लाग्यो .........अनि खिचे आफ्नै एलजी मोबाइलबाट .......तर एक ठाउमा यो फुल यति थोरै फुल्दैन नि !! एक हागामा फुलेको मात्र यो हो !!! फुल त पुरै पहरा ढाक्ने गरि फुल्छ !!! |
|
यो चै ह्वाइट गुम्बा !! यो गुम्बा पनि गुम्नको लागि धेरै उपयुक्त छ है !! तर अहिले यो गुम्बामा सनिबार निषेध गरिएको छ !!! आइतबार मात्र खुला हुन्छ !!!! |
|
यो मध्य चैतको खडेरी परेको बेला खिचेको हो !!! गाउमा !!! कति राम्रो थियो भने .....फोटोमा देखिएको भन्दा १०० गुणा दामी !!! |
|
यो गुलाबको फुल आफ्ना मायालुलाई दिन चाहनुहुन्छ ? मलाई सम्पर्क गर्नुस !! |
|
ओहो !!! यो फोटोको भालेको कुरै नगर्नुस !!! यति स्वादिलो कि ..समझदा नि अझै मुखमा पानी आउछ !!!
यो भाले म गाउ पुगेको दिन यस्तो थियो .........भोलिपल्ट ..मुखमा पर्यो !!! तर एक सम्झना स्वरूप !!! एक क्लिक हानेको रैछु र !!! फेरी यस्तै भाले खाने हो गाउ गएर !!! मुख नमीठाउनुस !! चोखे लाग्ला !! पेट दुख्ला ! |
|
ओहो !!! यो पो सुन्दर देखियो हो !!! नमोबुद्ध गुम्बा त !!! जाने हैन त घुम्न ? यस्तो ठाउँ घुमी हाल्नुस !!पछि पाइदैन !! |
|
यो चै .भन्नु पर्दा .पोखराको सारंगकोट जादा बाटामा देखिएको सुर्योदय !!!
सुर्योदय हेर्न भनेर निस्किएको तर हिड्न नसकेर बीच बाटोमै बसेर यस्तो दृश्य हेरेर चित्त बुझाएको क्षण........जे होस् सबै जना एक पटक पुग्ने पर्ने ठाउँ हो है !!!
भक्तपुर नगरकोटबाट यसरी गाडीमा चढे पछि मात्र गाडी पाइने रहेछ !!
ललितपुरको एक इट्टा भट्टा !!! कस्तो प्रदुषण ? कस्ले रोक्ने ?
|
Comments
Post a Comment
कृपया अश्लिल शब्दको प्रयोग नगरिदिनु होला |