Posts

Showing posts from December, 2014

ओरालो लाग्दै महिला क्रिकेट

Image
सिनियर पुरुष क्रिकेट टिम आइसीसी डिभिजन २ को तयारीमा व्यस्त रहेको बेला नेपाली महिला क्रिकेट टिम भने गुमनाम आवस्थामा रहेको छ | नेपालमा महिला क्रिकेट गतिविधि सुन्य रहेसंगै महिला टिमका खेलाडीहरु पनि गुमनाम दिनचर्या बिताईरहेका छन् | नेपाल क्रिकेट संघ (क्यान)को लापरबाहीको कारण नियमित प्रतियोगिताहरु नहुदा नेपाली महिला क्रिकेट ओरालो लाग्नुका साथै राष्ट्रिय महिला क्रिकेट टिमका सदस्यहरु क्रिकेट छोड्ने सम्मको मनस्थितिमा पुगेको छ | महिला क्रिकेट गतिविधि सुन्य हुदा केहि नेपाली क्रिकेट टिमका अधिकांस खेलाडीहरु पलायन हुने सम्भावनामा बढेको छन् | केहि खेलाडीहरु अन्य विकल्पको खोजीमा रहेका छन् | नेपाली  महिला क्रिकेट टिम ;तस्विर क्यान   सशस्त्र प्रहरीको क्लब एपीएफ क्लबमा आबद्ध केहि खेलाडीहरु बाहेक अन्य महिला क्रिकेटरले अभ्यास समेत गरेका छैनन् | केहि खेलाडीले भने आफै सेल्फ अभ्यास गरिहरेका छन् | त्यो बाहेक महिला क्रिकेटको कुनै उपलब्धि छैन | महिला क्रिकेटरहरुले क्यानले समयमै प्रतियोगिता गरिदिए खेलाडी तथा महिला क्रिकेटको विकास हुने बताएका छन् | उनीहरु जतिसक्दो राष्ट्रिय प्रतियोगि...

भलिबलमा जमेकी प्रतिभा

Image
'प्रतिभा माली' यो भन्दा अन्य उनको परिचय दिईरहन आवश्यक छैन | किनकि प्रतिभा १३ बर्षकै उमेरमा नेपाली महिला भलिबल तथा खेलकुद परिचित भैसकेकी छिन् | प्रतिभा मालीले १३ बर्षकै उमेरमा राष्ट्रिय महिला भलिबल टिमको प्रतिनिधित्व गर्दै मंगलबार काठमाडौँमा सम्पन्न प्रथम दक्षिण एसियाली आमन्त्रण महिला भलिबल च्याम्पियनसीप प्रतियोगितामा नेपाललाई ऐतिहासिक दोस्रो स्थान दिलाउन सफल भएकी छिन् | ओपन स्पाइकर (सटर)प्रतिभाको प्रेरणादायी खेलको मद्दतले नेपाली महिला टोलीले श्रीलंका महिला टिमविरुद्ध जित निकाल्दै उपविजेता बनेको थियो | 'प्रतिभा' उनको नाम जति गहकिलो छ, उनकी काम पनि त्यतिनै गहकिलो छ | भलिबल खेल्न सुरु गरेको प्रतिभाले लगभग ६ बर्ष मात्र भयो | तर, यति छोटो समयमै उनले उनका उमेरका सहपाटिहरुलाई पछाडी पारेका छन्, भलिबल खेलेर | प्रतिभा अहिले नेपाली भलिबलको स्पाइकमा धेरै जमेकी छिन् उनको ओपन स्पाइकिङले प्राय सबै बिपक्षिलाई टाउको दुखाई बन्ने गरेको छ | यस साउथ एसियन गेममा आफुले आफ्नो क्षमता अनुसार खेल्न नसकेको बताउने प्रतिभाको अबको लक्ष्य नेपाललाई दक्षिण एसियामै पहिलो बनाउने लक्ष्य रहेक...

रुखसँगै चितुवाको टाउको काटिँदा… (फोटोफिचर)

Image
वनजंगल फडानीका कारण पर्यावरणीय चक्रमा पुग्न गएको गम्भीर असरको बारेमा सबैलाई जानकारी हुँदा हुँदै पनि यसको अभ्यास नेपाललगायत विभिन्न देशहरुमा हुने गरेको पाइन्छ ।  यसका लागि विभिन्न सन्देशमूलक विज्ञापन पनि नगरिएका होइनन् तर समस्या ज्यूँका त्यूँ छ । अझ भनौँ यो समस्या बढ्दो छ । हामीले विद्यालय जीवनदेखि नै पढ्दै आएका छौँ – एउटा रुख काट्दा अरु २ ओटा रुख रोपौँ तर यो शिक्षालाई कसैले पनि व्यवहारमा उतार्न सकेका छैनन् ।  वन फँडानीको असर मानिसलगायत विभिन्न जनावरलाई पर्न जान्छ । एकपटक सोचौँ, एउटा रुख काट्दा त्यो सँगै चितुवाको टाउको काटियो भने त्यो दृश्य कस्तो होला ? चितुवको साथसाथै सुगा, बाँदर र अजिङ्गरको टाउको काटिएको देख्नु भयो भने झन् के होला ? यो विषयमा कहिले सोच्नुभएको छ ? यदि छैन भने यी रुखसँगै जनावरको टाउको काटिएको फोटो यहाँ दिइएको छ  तर यी फोटोहरु वास्तविक हुन् भन्ने नसोच्नुस् । यी तस्बिरहरु एउटा सन्देशमूलक सामग्रीका लागि तयार गरिएको हो जसलाई भारतको पर्यावरण समाचार पत्रिका सेंक्चुरी एसियाले बनाएको हो । रुख काटिँदा अन्य जीव जन्तुको पनि टाउको काटिने अर्थात ...

15 spectacular submissions at World Photography Awards (Photo feature)

Image
विश्व फोटोग्राफी संगठनले २०१५ को सोनी विश्व फोटोग्राफी पुरस्कारका लागि विभिन्न फोटोग्राफरहरुका फोटोहरु मनोनयन गरेको छ । सोनी विश्व फोटोग्राफी पुरस्कार को लागि खुला अन्तिम मनोनयनमा परेका फोटोहरु तल दिएको छ |  AGENCIES World Photography Organization has revealed selected photographs submitted for the 2015 Sony World Photography Awards. Entries to the Open and Youth competitions of the 2015 Sony World Photography Awards will close on 5 January 2015, followed by the deadline for the Professional competition on 8 January. All competitions are free to enter via www.worldphoto.org  Orangutan in The Rain by Andrew Suryono, Indonesia, Nature and Wildlife Category, Open Competition: "I was taking pictures of some orangutans in Bali and then it started to rain. Just before I put my camera away, I saw this orangutan took a banana leaf and put it on top on his head to protect himself from the rain. I immediately used my DSLR and teleph...

कम्प्युटरको अत्यन्त काम लाग्ने १० शर्टकट्सहरु

Image
हामी कैयौं पटक सानो सानो कामको लागि माउसको कर्सरलाई कम्प्युटर स्क्रीनमा घुमाइरहन्छौं । जबकि किबोर्डको सामान्य शर्टकट्सबाट फटाफट काम गर्न सकिन्छ । तर यसको लागि तपाईंलाई शर्टकट कि कसरी चलाउने ? जानकारी हुन आवश्यक छ । आउनुहोस् , केही चलनचल्तीमा आइरहने जरुरी कम्प्युटरको शर्टकट्स बारे जानकारी हासिल गरौं । ट्याव खोल्ने र बन्द गर्ने यदि तपाईं कुनै ब्राउजरमा सबै ट्याव खोलेर काम गरीरहनु भएको छ भने र तत्कालै कुनै ट्याबलाई बन्द गर्नुपरेमा Ctrl + W अथवा Ctrl+F4    को प्रयोग गर्नुहोस् । यदि सबै ट्याब एकैचोटि बन्द गर्न चाहनुहुन्छ भने  Ctrl+Shift+W  प्रयोग गर्नहोस् । यदि तपाइ फेरी उक्त ट्याव खोल्न चाहनुहुन्छ भने Ctrl+Shift+T  को प्रयोग गर्नुहोस् । विन्डो मिनिमाइज गर्नुहोस् यदि तपाई कम्प्युटरमा कैंयौँ सफ्वेयर र ब्राउजर खोलेर काम गरिरहनु भएको छ र तत्कालै विन्डोजलाई मिनिमाइज गर्न चाहनुहुन्छ भने Windows Logo+M   को प्रयोग गर्नुहोला । साइज सानो अथवा ठूलो बनाउनुहोस् कुनै पनि साइजलाइ सानो अथवा ठूलो बनाउन Ctrl +  अथवा Ctrl –   को प...

वैज्ञानिकले बनाउँदैछन् चमत्कारी क्याप्सुल, मान्छेको आयु १ सय २० वर्ष हुने

Image
शीर्षक हेर्दैमा कुनै साइन्स फिक्सन फिल्मको कथा जस्तो लाग्नसक्छ । तर यो कुनै काल्पनिक कथा नभई यथार्थ बन्ने वाला छ । अचम्ममा नपर्नुहोस्   ।   यो सत्य हो   ।  वैज्ञानिकहरु मानिसको आयुलाई १ सय २० वर्षसम्म पूराउने औषधिको चक्की बनाउने कार्यको निकै नजिक पुगेका छन् । लामो समयसम्म स्वस्थ भएर बाँच्ने अर्थात् दीर्घजिवी हुने चाहना सबैको हुन्छ । आम मानिसको यहीँ चाहनलाई साकार पार्ने महत्वपूर्ण अनुसन्धानमा वैज्ञानिकहरु सफलताको नजिक पुगेका हुन् ।  रुसी वैज्ञानिकहरुको प्रयास पूणरुपमा सफल भएमा आम मानिसको आयु १ सय २० वर्षसम्म हुनेछ । र, अब १ सय २० वर्षे आयु लिएर बाँच्न सकिने दिन टाढा नभएको दाबी वैज्ञानिकहरुले गरेका छन् । रुसको मस्को स्टेट युनिभर्सिटीका वैज्ञानिकहरुको एक टोलीले नयाँ प्रकारको एन्टी अक्सिडेन्ट तत्वको परीक्षण गरिरहेको छ जसको कारण उमेर छिप्पिने गतिलाई सुस्त पार्न सकिन्छ । यो एन्टीअक्सिडेन्ट युक्त क्याप्सुलको परीक्षण मुसा, माछा तथा कुकुरमा गरिएको छ ।  वैज्ञानिक टोलीका प्रमुख डाक्टर म्याक्सिम स्कुलाचेभका अनुसार अनुसन्धानमा रहेको उक्त एन्टी अ...

होसियार ! कोठामा चिसा कपडा नसुकाउनुस !

Image
हामीले कहिले काँहि पानी परेका कारण वा बाहिर घाम नलाग्दा कोठमै चिसा कपडा झुण्ड्याउने गर्छौं । तर यस्तो गर्नु घातक रहेको तथ्य हालै गरिएको एक अध्यनले देखाएको छ । बेलायतको म्यानचेष्टर नेशनल एस्पेर्गिलोसिस सेन्टरका सोधकर्ताहरुले गरेको अध्ययन अनुसार चिसा कपडा घर भित्र सुकाउँदा त्यसबाट फोक्सोमा संक्रमण हुन सक्छ । शोधकर्ताहको दावी छ कि कपडा भित्र सुकाउँदा कोठाको आद्रता ३० प्रतिशतले वृद्धीहुन्छ र एर्स्पेगिलस फ्यूमिगेटस स्पोर्स नामक कीटाणु पैदा हुन्छ । यस्तो किटाणुले तपाइँको फोक्सोमा संक्रमण गराउँछ । शोधकर्ता प्रोफेसर डेविड डेनिङका अनुसार ''कोठा भित्र वासिङ मेसिन राख्ने मानिसलाई यस्को खतरा सबै भन्दा बढी हुन्छ । तस्विर - एजेन्सी  साभार - दैनिक खबर