रुखसँगै चितुवाको टाउको काटिँदा… (फोटोफिचर)
वनजंगल फडानीका कारण पर्यावरणीय चक्रमा पुग्न गएको गम्भीर असरको बारेमा सबैलाई जानकारी हुँदा हुँदै पनि यसको अभ्यास नेपाललगायत विभिन्न देशहरुमा हुने गरेको पाइन्छ ।
यसका लागि विभिन्न सन्देशमूलक विज्ञापन पनि नगरिएका होइनन् तर समस्या ज्यूँका त्यूँ छ । अझ भनौँ यो समस्या बढ्दो छ । हामीले विद्यालय जीवनदेखि नै पढ्दै आएका छौँ – एउटा रुख काट्दा अरु २ ओटा रुख रोपौँ तर यो शिक्षालाई कसैले पनि व्यवहारमा उतार्न सकेका छैनन् ।

वन फँडानीको असर मानिसलगायत विभिन्न जनावरलाई पर्न जान्छ । एकपटक सोचौँ, एउटा रुख काट्दा त्यो सँगै चितुवाको टाउको काटियो भने त्यो दृश्य कस्तो होला ? चितुवको साथसाथै सुगा, बाँदर र अजिङ्गरको टाउको काटिएको देख्नु भयो भने झन् के होला ? यो विषयमा कहिले सोच्नुभएको छ ? यदि छैन भने यी रुखसँगै जनावरको टाउको काटिएको फोटो यहाँ दिइएको छ
तर यी फोटोहरु वास्तविक हुन् भन्ने नसोच्नुस् । यी तस्बिरहरु एउटा सन्देशमूलक सामग्रीका लागि तयार गरिएको हो जसलाई भारतको पर्यावरण समाचार पत्रिका सेंक्चुरी एसियाले बनाएको हो । रुख काटिँदा अन्य जीव जन्तुको पनि टाउको काटिने अर्थात जीवन नष्ट हुन्छ भन्ने सन्देशमूलक सामग्री देखाउन खोजेका यी तस्बिरहरु निकै मार्मिक छन् । यस्तो मार्मिक तस्बिरले कति वनफँडानी गर्ने मानिसहरुको मन छुन सक्छ त्यो भने आउँने समयले नै बताउनेछ । (एजेन्सी, साभार रातोपाटि )
Comments
Post a Comment
कृपया अश्लिल शब्दको प्रयोग नगरिदिनु होला |