भलिबलमा जमेकी प्रतिभा
'प्रतिभा माली' यो भन्दा अन्य उनको परिचय दिईरहन
आवश्यक छैन | किनकि प्रतिभा १३ बर्षकै उमेरमा नेपाली महिला भलिबल तथा खेलकुद
परिचित भैसकेकी छिन् | प्रतिभा मालीले १३ बर्षकै उमेरमा राष्ट्रिय महिला भलिबल
टिमको प्रतिनिधित्व गर्दै मंगलबार काठमाडौँमा सम्पन्न प्रथम दक्षिण एसियाली
आमन्त्रण महिला भलिबल च्याम्पियनसीप प्रतियोगितामा नेपाललाई ऐतिहासिक दोस्रो स्थान
दिलाउन सफल भएकी छिन् | ओपन स्पाइकर (सटर)प्रतिभाको प्रेरणादायी खेलको मद्दतले
नेपाली महिला टोलीले श्रीलंका महिला टिमविरुद्ध जित निकाल्दै उपविजेता बनेको थियो |
'प्रतिभा' उनको नाम जति गहकिलो छ, उनकी काम पनि त्यतिनै गहकिलो छ | भलिबल
खेल्न सुरु गरेको प्रतिभाले लगभग ६ बर्ष मात्र भयो | तर, यति छोटो समयमै उनले उनका
उमेरका सहपाटिहरुलाई पछाडी पारेका छन्, भलिबल खेलेर | प्रतिभा अहिले नेपाली
भलिबलको स्पाइकमा धेरै जमेकी छिन् उनको ओपन स्पाइकिङले प्राय सबै बिपक्षिलाई टाउको
दुखाई बन्ने गरेको छ | यस साउथ एसियन गेममा आफुले आफ्नो क्षमता अनुसार खेल्न
नसकेको बताउने प्रतिभाको अबको लक्ष्य नेपाललाई दक्षिण एसियामै पहिलो बनाउने लक्ष्य
रहेको छ | 'मैले हिजो (श्रीलंकासंगको खेल) को खेलमा १०० प्रतिशत खेल खेल्न सकिन,
जुन मलाई पहिलाको कोच कुमार सरले जति सोच्नु भएको थियो त्यति खेल्न सकिन |' उनले
थपिन, ' तर पनि हामी दोस्रो भयौ, दोस्रो हुदा खुशी नै लागेको छ, पछि अझै मेहनत
गर्दै राम्रो खेल्दै नेपाललाई साउथ एसियामा पहिलो टिम बनाउने छु |' हल्का
मुस्कुराउँदै न्यु डाइमण्ड एकेडेमीका स्पाइकर प्रतिभाले भनिन् | काठमाडौँ तिनथाला नैकापमा
आमा राजमाया माली र बाबु रामचन्द्र मालीको कान्छी छोरीको रुपमा विस २०५८ सालमा
जन्मिएका प्रतिभालाई यति चर्चीत बनाउने काम भने न्यु डाइमण्ड स्कुलका प्रशिक्षक
कुमार राईलाई जान्छ | 'यो प्रगतिको सम्पुर्ण श्रेय मेरो गुरु कुमार सरलाई जान्छ,
किनकी उहाँले मलाई भलिबल खेल्न र मलाई यहाँसम्म ल्याउन ठुलो भूमिका रहेको छ |'
कक्षा ८ मा अध्यनरत प्रतिभाले हिमालय टाइम्ससंग भनिन् |
प्रतिभालाई सिपोरा गुरुङपछि कम उमेरमा राष्ट्रिय टिममा पार्न न्यु
डाइमण्डका प्रशिक्षक कुमार राईले आजभन्दा ६ बर्ष अगाडीमात्र प्राइम स्कुलबाट पुरै
निशुल्क पढाउने सर्तमा न्यु डाइमण्ड एकेडेमीमा ल्याएर भलिबल सिकाएका थिए | किन ? उहाले
त्यसरी न्यु डाइमण्ड स्कुलमा ल्याउनुभयो भन्ने हिटाको प्रश्नमा प्रतिभाले भनिन्
,'खोइ ! सायद मलाई लाग्छ, त्यो वेला मेरो उमेर सानो भएपनि हाइट अलिक ठुलो थियो,
त्यसकारण होला |' अनभिज्ञ पोखिन् | हुनपनि उनलाई सुरुवातमा भलिबल खेलेर यसरी
चर्चित भइन्छ भन्ने लागेकै थिएन | तर विस्तारै सिक्दै, खेल्दै जादाँ ऊनी चर्चीत
हुन पुगिन् | 'मलाई कोच कुमार सरले नै न्यु डाइमण्डमा ल्याएर भलिबल खेल्न सुरु
गराउनुभयो, अघि भलिबल भन्ने केहो केहि थाहाँ थिएन, म सानै थिए तर पछि खेल्दै गए,
प्रगति गर्दै गए जेहोस राम्रै भइरहेको छ |'
प्रतिभाले आफ्नो सफलतामा बारम्बार गुरु
(कुमार राई)को नाम लिएपछि कुमार राईसंग सम्पर्क गर्दा उनले प्रतिभा अनुशासित तथा
क्षमतावान खेलाडी रहेको बताउदै एसियाकै नम्बर १ खेलाडी बनाउने लक्ष्य रहेको बताए
|' ऊनी अनुशाषित खेलाडीमा पर्छ,खेलमा चाहिने गुण भनेकै त्यै हो | त्यसैले उनले
राम्रो गरेकी हुन्, उनलाई एसियामै नम्बर १ भलिबल खेलाडी बनाउने मेरो विचार हो, तर
समयले के गर्छ |' उनले प्रतिभाको बारेमा थप्दै भने,'प्रतिभाले यही स्तरमा खेल्दै
गए धेरै राम्रो गर्छ,अहिले उनले सानो उमेरका कारण जम्मा ५० प्रतिशत मात्र खेल
खेलेको छ |' साथै प्रशिक्षक कुमार राईले प्रतिभाको राम्रो पक्ष भनेको दिमाग लगाएर
खेल्नु र ब्लकभन्दा माथिबाट सट प्रहार गर्न सक्ने खेलाडी भएको बताए |' प्रतिभा
दिमाग लगाएर खेल्न सक्छन, उसले १ सेकेन्डमा खेल परिवर्तन गर्न सक्छन, उनको मुख्य
खुबी त्यो हो, कसरी बिपक्षिलाई खेलाउनु पर्छ त्यो छ | अनि अर्को भनेको ब्लक भन्दा
माथिबाट सट प्रहार गर्न सक्नु हो | जुन श्रीलंकासंग खेल्दा देखाएकी थिइन् | मैले
उनलाई त्यहिँ अनुसार सिकाइएको छु, मैले पुरुषले खेल्ने हाइटको नेटमा उनलाई
प्रशिक्षण दिने गरेको छु |' त्यस्तै उनले आफुलाई अन्य खेलाडीबाट धोका हुने भएको
कारण प्रतिभा नजिकको मान्छे भएको कारण भलिबलमा ल्याएको बताए |
१ मिटर ६९ इन्ज अग्ली प्रतिभा कति चर्चित छन् भने उपाधी विजेता भारतीय
टिमका प्रशिक्षक मिना मोहलिंगमले समेत प्रसंसा गरेका थिए | भारतीय टिमका प्रशिक्षक
मिना मोहलिंगमले प्रतिभा सानो उमेरका भएपनि नेपाली भलिबललाई माथी लैजान सक्ने
खेलाडी रहेको बताएकी थिइन् | साथै उनको खेलबाट प्रभावित भएर साउथ एसियाकै पावरहाउस
भारतका विभिन्न क्लबले समेत उनलाई अनुबन्धित गर्न इच्छा ब्यक्त गरिसकेका छन् |
प्रतिभाको खेल कौशल देखेर नेपाली महिला टिमका मुख्य प्रशिक्षक सुदेश कुमार रिमाल
ऊनी प्रतिभावान खेलाडी भएको बताउदै प्रतिभा जस्ता खेलाडी पाउन मुस्किल रहेको
बताउछन् | 'प्रतिभा आउटस्ट्यान्डिङ प्लेयर हो, यस्तो खेलाडी पाउन धेरै मेहेनत
गर्नु पर्छ | यो उमेरमा यस्तो इनरजेटिक खेलाडी कमै पाइन्छ | यसअघि विस २००६ मा
सिपोरा गरुङ देखिएकी थिइन् तर उनको इन्जुरिले गर्दा अहिले टिममा छैनन् | प्रतिभाको
सवै पक्षमा राम्रो छ,सबभन्दा राम्रो चै स्पाइक छ |' त्यस्तै प्रशिक्षक रिमालले
प्रतिभा जस्ता खेलाडीले नेपाली भलिबललाई धेरै माथी पुर्याउन सक्ने भन्दै
खेलाडीहरुको संरक्षण गर्नु पर्ने बताए |' नेपालमा प्रतिभा जस्ता थुप्रै राम्रा
खेलाडी छन्, उनीहरले नेपाली महिला भलिबललाई माथी लैजान सक्छन तर सरकार तथा भलिबल
हेर्ने सस्थाले खेलाडीलाई संरक्षण गर्नुपर्छ, सम्बन्धित निकायले खेलाडीको मर्म
बुझ्नुपर्छ, खेलेर मात्रै के गर्ने, खेलाडीको भबिष्य सेक्युर हुनुपर्छ | प्रशिक्षण
पनि निरन्तर गराउनुपर्छ |'
राष्ट्रिय टिमको क्लोज क्याममा हुदा आफ्ना टिमका सिनियर दिदि
खेलाडीहरु तथा कोच (सुदेश कुमार रिमाल) लगायतले राम्रो खेल्न प्रेरणा दिएको र
राम्रो सिकाएको कारण आफुले प्रतियोगितामा उत्कृष्ट खेल्न सकेको प्रतिभाको बुझाई छ
| प्रतिभाको अबको योजना पढाईसंगसंगै भलिबललाई समेत अगाडी लैजाने रहेको छ | प्रतिभा
भलिबलमा जति राम्रा स्पाइक गर्छन त्यतिनै पढाईमा पनि अब्बल छिन् | प्रतिभा एक
महिना अघि सम्पन्न एनभीए कप भलिबल प्रतियोगितामा न्यु डाइमण्ड एकेडेमीबाट खेल्दै
वेस्ट स्पाइकर हुदै राष्ट्रिय टिमको क्लोज क्याम्पमा परेका हुन् | प्रतिभाले साना
ठुला भलिबल प्रतियोगितामा थुप्रै पटक वेस्ट प्लेयर अवार्डसमेत जितेकी छिन् |
पहिलो अन्तर्राष्ट्रिय प्रतियोगितामै उत्कृष्ट खेल पस्किएका प्रतिभाले
प्रशिक्षण भने स्कुलको समयमै (न्यु डाइमण्ड एकेडेमीमा) कुमार राईसंग लिने गर्छिन |
बिहान ९ बजेबाट बेलुका ४ बजे सम्म स्कुलमै हुने प्रतिभाले फुर्सदका बेला भने आफ्ना
घरमा काम सघाउने गर्छिन | नेपाली महिला खेलाडीमा आफ्नै क्लबकी स्पाइकर रमिला
तण्डुकारको खेल मन पराउने प्रतिभाको तत्काल अन्य देशको क्लबमा गएर खेल्ने कुनै
योजना भने छैन |'अहिलेसम्म अन्य देशमा अफर आएमा त्यस्तो कुनै योजना बनेको छैन तर,
पछि के हुन्छ हेरौ |' उनले भनिन् |
पुस ११ गतेको हिमालय टाइम्समा प्रकाशित
Comments
Post a Comment
कृपया अश्लिल शब्दको प्रयोग नगरिदिनु होला |