ओरालो लाग्दै महिला क्रिकेट


सिनियर पुरुष क्रिकेट टिम आइसीसी डिभिजन २ को तयारीमा व्यस्त रहेको बेला नेपाली महिला क्रिकेट टिम भने गुमनाम आवस्थामा रहेको छ | नेपालमा महिला क्रिकेट गतिविधि सुन्य रहेसंगै महिला टिमका खेलाडीहरु पनि गुमनाम दिनचर्या बिताईरहेका छन् |

नेपाल क्रिकेट संघ (क्यान)को लापरबाहीको कारण नियमित प्रतियोगिताहरु नहुदा नेपाली महिला क्रिकेट ओरालो लाग्नुका साथै राष्ट्रिय महिला क्रिकेट टिमका सदस्यहरु क्रिकेट छोड्ने सम्मको मनस्थितिमा पुगेको छ | महिला क्रिकेट गतिविधि सुन्य हुदा केहि नेपाली क्रिकेट टिमका अधिकांस खेलाडीहरु पलायन हुने सम्भावनामा बढेको छन् | केहि खेलाडीहरु अन्य विकल्पको खोजीमा रहेका छन् |

नेपाली  महिला क्रिकेट टिम ;तस्विर क्यान  



सशस्त्र प्रहरीको क्लब एपीएफ क्लबमा आबद्ध केहि खेलाडीहरु बाहेक अन्य महिला क्रिकेटरले अभ्यास समेत गरेका छैनन् | केहि खेलाडीले भने आफै सेल्फ अभ्यास गरिहरेका छन् | त्यो बाहेक महिला क्रिकेटको कुनै उपलब्धि छैन | महिला क्रिकेटरहरुले क्यानले समयमै प्रतियोगिता गरिदिए खेलाडी तथा महिला क्रिकेटको विकास हुने बताएका छन् | उनीहरु जतिसक्दो राष्ट्रिय प्रतियोगिता भएको हेर्न चाहन्छन |

नेपाली महिला क्रिकेटले छोटो समयमै अन्तर्राष्ट्रिय स्तरमा राम्रो पहिचान बनाए पनि क्यानको लापरबाहीले अहिले गुमनाम भएको तथा महिला क्रिकेट ओरालो लागेको महिला क्रिकेटरको भनाइ छ | राष्ट्रिय टिमका कप्तान समेत रहेका रुबिना छेत्रीले समेत अबको दिनमा क्यानले राम्रो योजना नल्याए महिला क्रिकेट तल झर्ने बताएकी छिन् | हाल महिला क्रिकेट सुन्य भएपछि आफ्नै जिल्लामा (झापा) मा पढाईमा व्यस्त रहेका उनले हिमालय टाइम्ससंग कुरा गर्दै  | क्यानले महिला क्रिकेट प्रतियोगिता संचालन नगर्दा महिला क्रिकेटरले आफ्नो जीविका निर्वाह गर्न अन्य बिकल्पमा जानुपर्ने अवस्था  आएको बताइन |' देशमा महिला क्रिकेट शुन्य छ, यसले गर्दा महिला क्रिकेट डाउन भएको छ | क्यानले कुनै प्रतियोगिता गर्नेबारे जानकारी अहिलेसम्म दिएको छैन | त्यसैले म यहाँ आएर आफ्नो पढाईलाई निरन्तरता दिदै छु |' उनले थपिन,'हामीले आफ्नो घरमा सेल्फ ट्रेनिङ बाहेक अन्य ट्रेनिङ गर्न पाएका छैनौ |तर केहि साथीहरु भने एपीएफ क्लबमा ट्रेनिङ गर्ने गरेका छन् | जो एपीएफ क्लबमा आबद्ध छन् |'

साथै कप्तान रुबिनाले क्यानले प्रतियोगिता नगर्दा खेलाडीलाई आर्थिक संकट आएको बताउदै क्यानले समेत राष्ट्रिय टिमका सदस्यलाई भत्ता उपलब्ध गराए राम्रो हुने बताइन |' टुर्नामेन्ट नहुदा हामीलाई आर्थिक मार पर्छ, पकेट खर्च हुदैन | त्यसकै लागिपनि केहि साथीहरु अन्य जव (काम)मा छन् | तर,क्यानले सिनियर टिमका दाइहरुलाई तलब दिन्छ, हामीलाई दिदैन | धन्न एपीएफमा आबद्ध साथीहरुले पाच हजार भएपनि पकेट खर्च पाएका छन् | नत्र क्रिकेट मात्र खेलेर कसरी बाच्नु ? अनि कसरी नेपाली क्रिकेट माथि जान्छ ? उनले प्रश्न गरिन | कप्तान रुबिनाले खेल हुनु एक महिना अगाडी क्लोज क्याममा राखेर मात्र महिला क्रिकेटको विकास नहुने भन्दै अब सरकार र क्यानले सोच्नुपर्ने बेला आएको बताइन | साथै उनले केहिदिन अघि क्यानले राष्ट्रिय प्रतियोगिता गर्न लागेको सुनेर क्यानमा जादा प्रतियोगिता सरेको बताएको बताइन | रुबिनाले क्यानले प्रतियोगिताहरु नियमित गराए क्रिकेटरलाई राम्रो हुने बताउदै खेलाडीहरुको चाहना जतिसक्दो धेरै प्रतियोगिता खेल्ने हुने समेत बताइन |

त्यस्तै राष्ट्रिय टिमका अर्का सदस्य तथा क्षेत्रिय टिम पोखराका खेलाडी आरती बिडारीले क्यानले महिला खेलाडीको लागि प्रतियोगिता नगर्दा खेलाडीहरु पलायन हुदै गएको र महिलाहरुको क्रिकेट रुची घट्दै गएको बताइन |'केटाहरुको बर्षमा २/३ टुर्नामेन्ट हुन्छ, तर हाम्रो लागि हुदैन | यसले नेपाली महिला क्रिकेटको स्तर घट्दै गएको छ | यसका लागि क्यानले बर्षमा ३/४ वटा प्रतियोगिता गरिदिए हामीजस्तो व्यक्तिगत रुचिमा क्रिकेट खेल्नेहरुको लागि राम्रो हुन्थियो | हामीलाई पैसा भन्दापनि अहिले खेल चाहिएको छ, हामीले खेलुपर्ने हुन्छ |' त्यस्तै उनले आफ्नो सेल्फ ट्रेनिङ गर्दै आएको बताउदै अझै केहि वर्ष क्रिकेटमै बिताउने तर,यस्तै भइरहेको खण्डमा अन्य बिकल्पमा जाने सोच आएको बताइन |' अब केहि वर्ष क्रिकेट मै केहि गरौ भन्ने छ, घर परिवारबाट पनि गेमहरु नहुदा किन समय बर्बाद बनाएको भन्दै भानिहरेको छ तर एक बर्ष हेर्छु यस्तै भईरहे अन्य बिकल्पमा जाने सोच छ |' साथै उनले क्यानले महिला क्रिकेटको बिकासका लागि योजना बनाए महिला क्रिकेट राम्रो हुने बताइन |

त्यस्तै राष्ट्रिय टिमका सदस्य तथा विकेट किपर मधु थापाले क्यानले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताबारे केहि जानकारी नदिएको बताउदै आफुहरु राष्ट्रिय टिममा भएपनि क्यानले ट्रेनिङ गर्ने व्यवस्था नगरेको बताईन |' हामीलाई क्यानले त्यसबारे केहि जानकारी दिएको छैन, हामीलाई ट्रेनिङबारे पनि केहि भनेको छैन | म चाहिँ एपीएफ क्लबमा आबद भएको कारण क्लबमै ट्रेनिङ गर्ने गर्छु |'

यता महिला खेलाडीले क्रिकेट छाडेर अन्य विकल्पमा जाने सोच बनाईरहदा क्यानले भने विभिन्न विवाद तथा समस्याको कारणले प्रतियोगिता गराउन नसकेको जनाउदै अब भने प्रतियोगिताहरुलाई निरन्तरता दिने जनाएको छ | क्यानका महासचिव उत्तम कर्माचार्यले क्यानलेको क्यालेन्डरमा महिला क्रिकेटका लागि कम प्रतियोगिताको लिस्ट रहेको र क्यानमा देखिएको विवादले गर्दा प्रतियोगिता गर्न नसकिएको बताए |' क्यानमा जुन विवाद देखियो,अख्तियार, लेखा समितिलगाएतको छानबिन प्रक्रिया लगाएतका विवादले प्रतियोगिता रोकियो | त्यसमाथि हाम्रो क्यालेन्डरमा एक मात्र प्रतियोगिता हुने छ | र,यही पुसमा हुन लागेको इन्टर स्कुल महिला क्रिकेट पनि खेलकुद मन्त्रीले क्यानको खाता रोकिदिदा गर्न सकेनौ | बल्ल खाता सुचारु भयो अब माघको अन्तिम तिर उक्त प्रतियोगिता गर्छौ |'

त्यस्तै महासचिव कर्माचार्यले महिलाको प्रतियोगिता कम भएको स्वीकार गर्दै अब क्यानले महिला क्रिकेट बिकासका लागि ठोस योजना बनाउदै अघि बढ्ने रहेको बताए |'हो महिला क्रिकेट बिकासका लागि प्रतियोगिताहरु कम भएको छ, यसले महिला क्रिकेटको विकास खास हुदैन,अब क्यानले महिला क्रिकेट बिकासमा ठोस कार्ययोजना बनाई अघि बढ्छ |' साथै उनले विभिन्न कारणले महिला क्रिकेटरलाई भत्ता दिन नसकिएको जनाउदै अबको केहि बर्षमा भने महिला क्रिकेटरले समेत भत्ता पाउने बताए |' भर्खरै बाट मात्र पुरुष सिनियर टिमले भत्ता पाउन थालेको हो, महिला क्रिकेटरलाई अहिले सम्म उपलब्ध गराएका छैनौ, तर प्रक्रिया पुर्याएर केहि वर्षपछिबाट उपलब्ध गराऊछौ |' साथै उनले जिल्लाको टिममा सहभागी नपुगेको बताउदै माघको अन्तिममा क्षेत्रिय टिम सम्मलित राष्ट्रिय प्रतियोगिता गर्ने बताए |

पुस १५ को हिमालय टाइम्समा प्रकाशित 

Comments

Popular posts from this blog

Popular cartoon characters of all time

१२ औं सागमा नेपालले सहभागी जनाउने खेलका खेलाडी तथा प्रशिक्षकको नामावली (साथमा अघिल्ला सस्करणका पदक बिजेताहरुको नामावली)

नेपाली क्रिकेटका ‘मिडल स्टम्प’