औला भाचिएको रैछ !

औला भाचिएको रैछ !

 एक जना युवती शरीर दुख्यो भनेर डाक्टरकहाँ पुगिन |

डाक्टर - तपाइलाई कहाँ दुख्छ ?
युवती - शरीरको जुनसुकै ठाउमा पनि दुख्छ ! डाक्टर साहेब |

शरिको सबै ठाउमा दुख्छ रे ? मैले त कुरा बुझिन न नि ? डाक्टरले अचम्म मान्दै प्रश्न गर्यो |

 युवतीले औलाले आफ्नो खुट्टामा छोएर भनिन - डाक्टर साप यहाँ पनि दुख्छ | त्यसपछि गलामा छुदै भनिन् , "यहाँ पनि दुख्छ "

लगत्तै देब्रे पट्टिको हातमा छुदै भनिन् ," डाक्टर साप छिटो जाच गर्नुस न ! नत्र म मर्ने भए, दुखेर ..यी हातमा पनि दुख्छ !त्यसपछि ध्यानपुर्बक डाक्टरले उनको परिक्षण गरे अनी भने- " तपाइको औला भाचिएको रैछ " ! 

के फिगर बिगार्छौ ?

एउटा पोथी कुखुरा एउटा पसलमा गएछ अनी पसलेसित तीनवटा अन्डा मागेछ |

पसले छक्क पर्दै ,"किन चाहियो ? तिमीलाई अन्डा ?"कुखुरी - जाबो १० रुपेको अन्डाको लागि के फिगर बिगार्छौ ! भनेर भाले जी ले भन्नु भा छ के ! 

कसरि प्रमाणित गर्छौ ?

बाउले छोरासंग सोधेछ - तिमी कसरी प्रमाणित गर्छौ कि हरियो तरकारी खानेको आखा तेजिलो हुन्छ ?

छोरा - सजिलो छ बुबा ! के तपाईले घोडा, गाइ, भैसीले कहिल्लै चस्मा लगाएको देख्नु भएको छ ? 

नाला फुटेर ...

आमा - छोरालाई पढाउदै भेनेछ ,"छोरा भन त नालापानीमा बलभद्र कुवरले अंग्रेजसंग कसरी लडेको थियो ?छोरा - ल मम त्यति नि था छैन ? नाला फुटेर बाहिर पानी निस्किएको हुदा चिप्लिएर लडेको थियो !

Comments

Popular posts from this blog

Popular cartoon characters of all time

१२ औं सागमा नेपालले सहभागी जनाउने खेलका खेलाडी तथा प्रशिक्षकको नामावली (साथमा अघिल्ला सस्करणका पदक बिजेताहरुको नामावली)

नेपाली क्रिकेटका ‘मिडल स्टम्प’