विवादले पारा तेक्वान्दो सहभागिता अन्यौलमा



काठमाडौं, चैत १६ । नेपाल तेक्वान्दो संघ र नेपाल पारा तेक्वान्दो संघमा देखिएको विवाद तथा असमझदारीले ताइवानको ताइपेईमा प्रथम एसियन पारा तेक्वान्दो च्याम्पियनसिपमा नेपालको सहभागिता अनिश्चित बनेको छ ।

अगामी अप्रिल १५ देखि १७ सम्म हुने च्याम्पियनसिपका लागि खेलाडीले तयारी तीव्र बनाएको बेला दुई समूहको विवादले खेलाडीमा सहभागी हुन पाउने नपाउनेबारे अन्यौलता छाएको हो । विगत ५ महिनादेखि प्रशिक्षणमा रहेको खेलाडीका लागि एसियन तेक्वान्दो युनियनले खेल्न अनुमति पत्र पठाएसँगै यो विवाद बाहिर देखिएको हो ।

यस विवादले सहभागिता जनाउने नेपाली टिमको भिसा प्रक्रिया रोकिएको छ भने राष्ट्रिय खेलकुद परिषद्मा सहभागिता अनुमतिपत्रको फाइल त्यसै थन्किएको छ । जसको कारणले नेपालको सहभागिता अन्यौल बनेको छ । नेपालको तर्फबाट सहभागिता जनाउने खेलाडीको भिसा प्रक्रिया नेपाल तेक्वान्दो संघले गर्दै गर्दा नेपाल पारा तेक्वान्दो संघको आग्रहमा राष्ट्रिय खेलकुद परिषद्ले २ खेलाडी १ प्रशिक्षकसहित ५ सदस्य नेपाली टोलीको स्वीकृत पत्र रोकेको हो ।
 प्रथम एसियन पारा तेक्वान्दोको लागि अभ्यास गर्दै खेलाडी 


यी दुवै संघले आफू आधिकारिकता भएको जनाएको छ । नेपाल पारा तेक्वान्दोसंघले सहभागी खेलाडी अधिकारिक नभई गैरकानुनी रूपमा जान लागेको आरोप लगाएको छ । पारा सघले त्यैअनुसार सहभागी टिमको स्वीकृति रोक्न आग्रह गर्दै परिषद्लाई पत्र काटेको थियो । एसियन पारा च्याम्पियनसिपका लागि दुई खेलाडी हीरामनी अधिकारी र अरुण शाक्यले सहभागी जनाउने तयारीमा रहेका छन् । उक्त टोलीमा प्रशिक्षकमा यादव कुँवर छन् भने टिम म्यानजरमा कासिम मिया र टोली प्रमुखमा नेपाल तेक्वान्दो संघका अध्यक्ष प्रकाश शमशेर राणा रहेका छन् ।

नेपाल तेक्वान्दो सघले पारा तेक्वान्दो सघले अनावश्यक बखडा झिकेर खेलाडीको भविष्य अन्यौल बनाउनु खोजेको आरोप लगाएको छ । सघले यी खेलाडीहरू पारा सघंमा आबद्ध नभएको कारणले खेल्न जानु पाउनुपर्ने बताएको छ । साथै सघले खेलाडी नेपाल तेक्वान्दो संघअन्तर्गत ईसीडीसी तेक्वान्दो डोजाङ र ब्वाइज युनियन तेक्वान्दो डोजाङमा दर्ता भएका खेलाडी भएको बताएको छ ।

सहभागी टिमका प्रशिक्षक समेत रहेका यादव कुँवरले आफूहरू भिसा प्रकियाको लागि परिषद् जाँदा स्वीकृति नपाएको बताए । ‘हाम्रो सबै प्रक्रिया पूरा भएको छ, उताबाट पनि स्वीकृति पत्र आइसक्यो । तर, पारा संघले अनावश्यक बखेडा झिक्यो । जसले खेलाडीमा अन्यौलता छाएको छ’, हिमालय टाइम्ससँग कुरा गर्दै उनले भने, ‘पारा खेलाडीले यसकै लागि कडा प्रशिक्षण गर्दै आएको छ । तर, सघले त्यसो गर्नु खेलाडीको भविष्यमा खेलबाड गर्नु हो । अन्तिम समयमा आएर यसरी रोक्दा खेलाडीले के सोच्लान् ?’

तर, यता पारा संघले भने सहभागी जनाउन लागेका खेलाडी आफ्नो संघमा अबद्ध भएको कारणले तेक्वान्दो संघले मनोमानी तरिकाबाट खेल्न पठाउन लागेको कारणले परिषद्लाई पत्र काटेको जनाएको छ ।
पारा सघको अध्यक्ष जनार्दन केसिले खेलाडीले खेल्न पाउनुपर्ने अधिकार भएको तर, आफ्ना खेलाडी हचुवाको भरमा तेक्वान्दो सघले लैजान खोजेको आरोप लगाए । ‘हामी परिषद्मा वैधानिक पाएको संस्था हो, तर हाम्रो खेलाडीलाई हाम्रो अनुमतिबिना खेल्न पठाउने काम गैरकानुनी हो । त्यसैले हामीले परिषद्मा प्रक्रिया रोक्न अनुरोध गरेका हौं’, हिमालय टाइम्ससँग उनले भने, ‘हामीले खेलाडीकै लागि संघ दर्ता गरेको हो, उनीहरूले खेल्न पाउनुपर्छ । हामीले चारजना पठाउने तयारी गरेको हो । तेक्वान्दो संघले सहकार्य गर्न मानेन ।’ साथै उनले आफ्नो संघमा खेलाडी दर्ता भएको प्रमाणसमेत रहेको बताए ।

पारा तेक्वान्दो संघ भने विश्व तेक्वान्दो फेडेरेसन आईटीएफअन्तर्गतकै संघ हो । तर, पारा तेक्वान्दोले सबै प्रतियोगितामा सहभागिता जनाउन त्यस देशको तेक्वान्दो सघसँग समन्यव गर्नुपर्ने नियम छ ।

प्रतियोगितामा सहभागी हुने नेपाली खेलाडी र अफिसियलको अनुमतिपत्र आईटीएफ र एटीओले चैत १३ गतेनै नेपाल तेक्वान्दो संघलाई पठाएको थियो ।

चैत १६ गतेको हिमालय टाइम्समा प्रकाशित समाचार

Comments

Popular posts from this blog

Popular cartoon characters of all time

१२ औं सागमा नेपालले सहभागी जनाउने खेलका खेलाडी तथा प्रशिक्षकको नामावली (साथमा अघिल्ला सस्करणका पदक बिजेताहरुको नामावली)

नेपाली क्रिकेटका ‘मिडल स्टम्प’