दक्षिण एसियामा नेपाली महिला भलिबल हावी हुनुपर्छ
'दक्षिण एसियामा नेपाली महिला भलिबल हावी हुनुपर्छ र भारतका खेलाडीको ब्लक भन्दा माथिबाट मेरा खेलाडीले स्पाइक गर्न सक्नुपर्छ , मेरो एक मात्र लक्ष्य हो |'
हिमालय टाइम्ससंगको एक भेटमा न्यु डायमयड एकेडेमी प्रशिक्षक कुमार राईले बोलिरहदा उनको अफिस कोठामा देखिएको ट्रफीहरुले समेत प्रष्टै बनौथ्यो कि भलिबलमा उनले धेरै प्रतियोगिताहरु जितिसकेका छन् । जुन ट्रफी उनका प्रशिक्षणमा रहेका महिला टिमले हासिल गरेको उपलब्धी हो ।
पछिल्लो केहि समयदेखि नेपाली भलिबल अथवा महिला भलिबलमा चिनिएको नाम हो कुमार राई । उनले जुर्मुराउँदो अवस्थामा रहेको नेपाली भलिबल फरक व्यक्तित्व बनाऊन सफल भएका छन् । साथै उनले धेरै राम्रा महिला खेलाडी उत्पादन गरेका छन् नेपाली महिला भलिबलमा । उनको चतुर प्रशिक्षण क्षमताले गर्दा उनको टिम न्यु डायमयड एकेडेमीले स-साना खेलाडीलाई मैदानमा उतार्दै ठुला टिमलाई पराजित गर्ने गर्छ ्र अक्सर, नेपाली महिला भलिबलकै सफल टिम एपीएफलाई समेत काबुमा राख्ने गर्छ । अन्य टिमले त न्यु डायमयडलै जित्ने आट गर्दैन ।
मध्यम परिवारमा संखुवासभा पाङ्मा २०२४ सालमा आमा भक्तीमाया राई तथा बुबा मनबहादुर राइ काइलो सन्तानका रुपमा जन्मिएका उनी सफल प्राध्यापक पनी हुन् । उनी न्यु डायमयड एकेडेमीका प्रिन्सिपल साथै शिक्षक पनी हुन् । उनले धेरै राम्रा महिला भलिबल खेलाडी उत्पादन गरेका छन् | तर, अझै उनलाई प्रतिभावान महिला खेलाडी जन्माउने सपना पुरा भएको छैन । 'यो प्रगतिको सम्पुर्ण श्रेय मेरो गुरु कुमार सरलाई जान्छ, किनकी उहाँले मलाई भलिबल खेल्न र मलाई यहाँसम्म ल्याउन ठुलो भूमिका रहेको छ |' पुषमा सम्पन्न भएको प्रथम दक्षिण एसियाली आमन्त्रण महिला भलिबल च्याम्पियनसीपमा उत्कृष्ठ प्रदर्शन गरेपछि १३ वर्षकै उमेरमा सफल ओपन स्पाइकर बनेकी प्रतिभा मालीले प्रशिक्षक कुमार राईबारे यस्तो प्रतिक्रिया दिएकी थिइन् । यस भनाइबाट प्रष्ट हुन्छ कि कुमार राई सफल प्रशिक्षकमा पर्छन् ।
बाल्यकालमा परिवारको सहयोग नहुँदा पनि लुकीलुकी भलिबल खेलेका राई त्यो बेला जुत्ताको मोजाको बल बनाएर खेल्ने गर्थे । बुबा लाहुरे भएपनि कठिनताका साथ बाल्यकाल बिताएका राईले स्कुल पढ्न दुई घण्टाको लामो पैदल हिँड्नु परेको सुनाए । त्यति हँदाहुँदै पनि अध्ययन र खेललाई उनले सँगै लगेका थिए । बीरेन्द्र शिल्डसम्मकोे खेल खेलेका उनी राष्ट्रिय टिमको छनोटमा भने होचो कदका कारण टीममा परेनन् । संखुवासभामै एसएलसीसम्मको अध्ययन सकाएर उच्च शिक्षाका लागि २०४५ सालमा काठमाडौं छिरेका राईले रत्न राज्यलक्ष्मी क्याम्पसबाट राजनीतिको पनि केही स्वाद चाखेका थिए । उनी त्यो बेलाको याद गर्दै भन्छन्–‘ढुङ्गामुढा, ईंटा त कति हानियो र खाइयो कति ?’ तर उनी राजनीतिबाट टाढा हुदै शिक्षण पेशामा आबद्ध भए ।
अंग्रेजीमा आइए सकेपछि उनी २०४७ बाट शिक्षण पेशा शुरु गरेका थिए । उनले २०६१ सम्म ब्राइट फ्युचर बोर्डिङ स्कुलमा अध्ययन गराए । जब उनी शिक्षण पेशामा आबद्द भए त्यसपछि उनको बाटो भलिबलतर्फ मोडियो । सुरुमा खेलप्रतिको मोह भएका उनले स्कुलमा पनि शिक्षकहरुको टिम बनाएर प्रतियोगिताहरुमा सहभागी जनाउँथे । उनी भन्छन्–‘त्यतिबेला भलिबल एकदमै बढी खेलिने खेलमा पर्दथ्यो ।’ ब्राइट फ्युचरमा रहँदा उनले पुरुषहरुलाई भलिबल खेलाउन शुरु गरे । तर नतिजा राम्रो नआएपछि उनले प्रशिक्षण गराउन छाडे ।
त्यसपछि २०६२ सालबाट नयाँ व्यवस्थापनका साथमा उनले न्यू–डायमण्ड एकेडेमी स्कुको स्थापना गरे । स्कुलका व्यवस्थापन सम्हालेको उनले २०६४ सालबाट पुन आफ्नै स्कूलको ग्राउण्डमा विद्याथीलाई भलिबल सिकाउन शुरु गरे । सुरुमा उनले केटाहरुलाई भलिबल सिकाए पनि पुरुषको स्तर नसुध्रेपछि केटीहरुमा केही गर्न सकिन्छ कि भनेर महिलातर्फ प्रशिक्षण गराउन शुरु गरे । शुरुमा उनले २०६३ सालमा भर्ना हुन आएकी रमिला तण्डुकारलाई भलिबल खेल्न सिकाएका थिए । रमिला एक समयमा नेपाली महिला भलिबलकी सफल स्पाइकर समेत हुन् । त्यसपछि उनले धेरै आरोह अबरोध झेल्दै पनि भलिबललाई प्राथमिकता दिदै टिमको प्रशिक्षणतर्फ मोडिए । र अहिले सफल पानी भएका छन् ।
उनलाई भलिबलबाट अहिले राम्रो प्रतिफल निस्किएकोमा आफुलाई आत्मसन्तुष्टि मिलेको बताउछन् । ‘कुमारले भलिबल मात्रै खेलाउँछ, खेलाडीको भविष्य छैन भन्नेहरु पनि निस्किए’, कुमार भन्छन्–‘तर पछिल्लो समय भलिबल खेलेर पनि केही गर्न सकिँदो रहेछ भन्ने देखाएपछि उनीहरुको मुख टाल्ने काम भएको छ ।’ उनै कुमारले जन्माएका खेलाडीहरु नै अहिले राष्ट्रिय टिममा स्थान बनाइसकेका छन् । भर्खरै सम्पन्न भएको प्रथम दक्षिण एसियाली खेलकुदमा दोस्रो स्थान हात पारेको नेपाली टिमको सदस्यमा उनैले जन्माएका प्रतिभा माली, रमिला तण्डुकार र एपीएफबाट खेल्ने रेश्मा भण्डारी रहेका थिए ।
सुरुमा केहि नजानी भलिबल सिकाउन थालेका उनले भलिबलको ए लेभल कोर्ष गरेका छन् । उनलाई सफल प्रशिक्षक बनाउने प्रेरणा भने चिनियाँ प्रशिक्षक झाउ गुरुबाट पाएका थिए । उनले नेपाली भलिबलमा नयाँ प्रयोग समेत गर्दै आएका छन् । उनका टिमले प्रयोग गर्न ुसर्ट क्विक स्पाइकु कुमार राईले प्रयोगमा ल्याएका थिए । आफुलाई भलिबलले मात्र चिनाएको उल्लेख गर्दै होचा कदका कुमार भन्छन्–‘भलिबलले नै मलाई कुमार गुरु भनेर चिनायो, साथै असल शिक्षक पनि ।’
भलिबल खेलकै लागि मरिमेटेका उनले विदेशमा जान पाउने सुनौलो मौकालाई समेत लत्याउदै भलिबलमै केही गरेर देखाए । ‘मलाई बाइक चलाउन पनि आउँदैन’, उनले भने–‘यदि म भलिबलमा नलागेको भए अर्कै सुविधा सम्पन्न दुनियाँमा रमाइसकेका हुन्थें, सायद कार पनि चढिसकेको हुन्थ्यो होला ।’ उनलाई हंगकंग जना अवसर नआएको हैन तर,जति आर्थिक समस्या भए पनि उनलाई भलिबलको मायाले त्यसलाई लत्ताउदै नेपालमै बस्ने निर्णय गरेका थिए ।
उक्त विदेशीने मौकालाई गुमाउदा उनले दाम नकमाएपनी प्रशस्त नाम भने कमाएका छन् ।
चैत ८ मा हिमालय टाइम्समा प्रकाशित प्रोफाइल
Comments
Post a Comment
कृपया अश्लिल शब्दको प्रयोग नगरिदिनु होला |