बुट कस्न टाइम लाग्यो ! !

चोरिको फल 

शिक्षक : चोरिको फल एकदम नराम्रो हुन्छ | त्यसैले कहिले पनि चोरी नगर्नु !

राम बिचमै उठेर भन्यो - तर, सर हिजो मैले एउटा स्याउ चोरेर खाएको थिए | त्यो त एकदमै मिठो थियो त 





अवश्य बिहे गर्छु


प्रेमिका : तिमी नभएमा म बाच्न सक्दिन | तिमी मसंग कहिले बिहे गर्छौ ?
प्रेमी : प्रिय म तिमीसंग अवश्य बिहे गर्छु तर पहिले मलाई आफ्नो परिवारसंग सोध्नु पर्छ |
प्रेमिका : के तिम्रो बुबाआमाले मान्नु हुन्छ ?प्रेमी : किन नमान्नु ! मेरो बाबुआमाले मेरो निजि जीवनमा चासो राख्नु हुन्न तर, मलाई त मेरी श्रीमती र छोराको पो डर छ त !! 

श्याम र राम

श्याम : राम तिमिलाई पौडी खेल्न आउछ ?राम : अह ! आउदैन |श्याम : (बिल्ला हान्दै )... तिमी जस्तो त कुकुरले पनि पौडी खेल्न जान्दछ |राम : तिमीलाई चै पौडी खेल्न आउछ त ?श्याम : (गमक्क परेर) आउछ |राम : त्यसो भए तिमी र कुकुरमा के फरक भयो र ? 

बुट कस्न टाइम लाग्यो 

एकदिन किराहरु र जनावरहरुको फुटबल म्याच भएछ |पहिलो हाफसम्म जनावरहरुले ६ गोल गरेछ तर किराहरुले भने गोल गर्न सकेनछ |दोस्रो हाफमा किराहरुको कोचले सय खुट्टे अरिमोठे किरा मैदानमा ल्याएछ |अरिमोठे पसेपछि किराहरुले दनादन १२ गोल गर्दै किराहरुले खेलमा १२- ६ ले  जितेछ |खेल सकिएपछि पत्रकारहरुले कोचलाई सोधेछ, - " कोच यस्तो राम्रो खेल्ने अरिमोठेलाई पहिले नै किन नखेलाएको ?"
 कोच - पहिले नै खेलाउने मलाई पनि त मन थियो भाइ | तर, के गर्ने ? बिचारलाई सय खुट्टामा बुट कस्न नै हाफ टाइमसम्म लाग्यो !


च्यातेकै च्यातै गर्छ

एक जना अक्क मान्छे चलचित्र हेर्न सिनेमा घर गएछ | त्यहाँ उसले काउन्टरबाट एउटा टिकट काट्छ र ढोकाबाट भित्र नपस्दै फेरी अर्को टिकट लिन काउन्टर जान्छ |
धेरै चोटी यसरी गरेपछि काउन्टरमा बस्नेले सोधेछ |"दाई तपाई किन पायक पटक टिकट काट्नुहुन्छ ?अक्क मान्छे : होईन मैले जति टिकट काटे पनि ढोकामा बस्नेले च्यातेकै च्यातै गर्छ  !!


Comments

Popular posts from this blog

Popular cartoon characters of all time

१२ औं सागमा नेपालले सहभागी जनाउने खेलका खेलाडी तथा प्रशिक्षकको नामावली (साथमा अघिल्ला सस्करणका पदक बिजेताहरुको नामावली)

नेपाली क्रिकेटका ‘मिडल स्टम्प’