ब्लग र वेब साइट कसरी बनाउने ?


के तपाइँ आफ्नो व्यक्तिगत वा कम्पनीको साइट बनाउने सोंच बनाउनु भएको छ?


यदि चाहना हुँदा-हुदै पनि कँहा गएर बनाउने ? कसरि बनाउने? धेरै पैसा खर्चिनु पो पर्ने हो की? भन्ने आदि-इत्यादि दुविधाहरुमा पर्नु भएको छ भने, “वर्डप्रेस नि:शुल्क वेब सफ्टवेयरतपाइकोलागि सबै भन्दा उपयुक्त माध्यम बन्न सक्छ । यो एउटा बहुचर्चित ओपन सोर्स र फ्री ब्लगिंग सफ्टवयेर होजसबाट तपाइँले सजिलै, छिटो र आफ्नो आवश्यकता अनुसारको वेबसाइट बनाउन सक्नुहुन्छ ।पर्सनल ब्लग, व्यक्तिगत वेबसाइट देखि लिएर कम्पनीका ठुला-ठुला वेबसाइटहरु बनाउनको लागि अत्याधिक प्रचलनमा आएको नाम हो, वर्डप्रेस ।  

विकिपेडियाका अनुसार इन्टरनेटको दुनियामा हाल बनिरहेका २२% भन्दा बढी वेबसाइट यसमै आधारित छन् र हालसम्म ६ करोड भन्दा बढी प्रयोगकर्ताहरुले यसको माध्यमबाट आफ्नो साइट बनाइसकेका छन् । यो इन्टरनेटमा उपलब्ध कन्टेन्ट म्यानेजमेन्ट सिस्टमहरुमा सबै भन्दा चर्चित नाम हो र अन्य वेब सफ्टवेयरहरु भन्दा छोटो समयमा सिक्न र आफ्नो वेबसाइट तयार पार्नको लागि प्रख्यात छ 
सामान्यतया, यो धेरै मानिसहरुले आफ्ना लेखहरु र फोटो अपडेट गर्नको लागि मात्र प्रयोग गरेको पाइन्छ, तर यसको क्षमता त्यति मात्र सिमित नभएर ठुला-ठुला फोटो ग्यालरी, सपिंग, पत्र-पत्रिका, स्कुल-कलेज, सरकारी तथा गैरसरकारी सस्थाहरुको साइट बनाउनको लागि पनि प्रयोग गर्न सकिन्छ । अझ भन्नु पर्दा तपाइँको आवश्यकता अनुसार जस्तो सुकै वेबसाइट पनि तयार पार्न सक्नु हुन्छ । र यदि तपाइको आवश्यकता साधारण छ भने यसको लागि तपाइले कुनै वेब कम्पनि वा वेब डेभलपरलाई पैसा तिरिरहनु पर्दैन । केहि साधारण स्टेपहरु बाटै तपाइँ एक घण्टा भन्दा कम समयमै आफ्नो साइट तयार पार्न सक्नुहुन्छ र एक पटक बनाइ सकेपछि पनि तपाइँले आफुले चाहेको बेलामा आफ्नो सुचना, तस्विरहरु थपघट गर्न सक्नुहुन्छ । मानौ तपाइँ एउटा गैर-सरकारी सस्था संचालन गरिरहनु भएको छ भने, समय-समयमा भइरहने संस्थाका कार्यक्रमहरुको जानकारी, आफ्ना सदस्यहरुलाई निमन्त्रणा, कार्यक्रमका तस्विर, भिडियो, अडियो आदि सम्पूर्ण जानकारीहरु चाहेको बेलामा थप्ने, परिवर्तन गर्ने र हटाउने गर्न सक्नुहुन्छ । र अर्को एउटा खुशीको कुरा के छ भने यदि तपाइँ आफ्नो सस्था वा कम्पनिको जानकारी कसैले गुगल वा अन्य सर्च इन्जिनमा खोज्दा सजिलै फेला परोस भन्ने चाहानुहुन्छ भने पनि यो एउटा राम्रो माध्यम बन्न सक्छ । किनभने यसको सरचना बनाउदा नै सर्च इन्जिनहरुलाई एकदमै ध्यान दिएर बनाइएको छ, तपाइँले थप मेहनत गरिरहनु पर्दैन ।
वर्डप्रेसको प्रमुख बिशेषता भनेको यो थिम र प्लगिनमा आधारित सिस्टम हो । यदि तपाइँ यसमा नयाँ हुनुहुन्छ भने यी शब्दहरु सुन्दा अचम्म लाग्न सक्छ । के हुन् यी थिम र प्लगिन? यसलाई साधारण रुपमा भन्नुपर्दा थिम भन्नाले जुन एउटा साइट हेर्दा तपाइँले आकर्षक रंगडिजाइन र अक्षरहरुको संयोजन देख्नु हुन्छ, त्यसलाई नै थिम भानिन्छ । तपाइँले आफ्नो कन्टेन्टहरुलाई केहि बिगार नगरी एक क्लिकको भरमा सजिलै आफ्नो डिजाइन परिवर्तन गर्न सक्नुहुन्छ । जसको लागि तपाईले आफ्नै थिमहरु बनाएर राख्न सक्नुहुन्छ या अनलाइनबाट आवश्यक नि:शुल्क थिमहरु डाउनलोड पनि गर्न सक्नुहुन्छ । मानौ, तपाईलाई नयाँ वर्षको उपलक्ष्यमा आफ्नो साइटलाई रंगी-चंगी बनाउनु मन लाग्यो भने एक क्लिकमै साइटको सम्पूर्ण रुप-रेखा नै परिवर्तन गर्न सक्नुहुन्छ । र अब आयो प्लगिनको कुरा, प्लगिन वर्डप्रेसको एउटा यस्तो प्रख्यात र महत्वपुर्ण फिचर हो, जस्ले तपाइँका अतिरिक्त आवश्यकताहरु पूरा गर्न सहयोग गर्छ । यदि तपाइँलाई वर्डप्रेसले दिएका सुबिधाहरु भन्दा थप केहि क्रियाकलापको आवश्यकता भयो भने तपाइले प्लगिन बनाएर प्रयोग गर्न सक्नुहुन्छ । उदाहरणको लागि तपाईलाई आफ्नो फेसबुकको लाइक बटनलाई हरेक लेखको अन्त्यमा राख्नु पर्यो भने तपाइँले प्लगिनको सहयोग लिन सक्नुहुन्छ । तपाइँ अलिकति अलमलमा पर्नु भयो होला, अब त्यो प्लगिन कहाँ बाट बनाउनु? धेरै जसो तपाइँले सोच्नु भएका कुराहरु बनाइरहनु नै पर्दैन, वर्डप्रेसकै आधिकारिक वेबसाइटमा नै हजारौ यस्ता प्लगिनहरु उपलब्ध छन् । जुन तपाइँ नि:शुल्क प्रयोग गर्न सक्नुहुन्छ 
वर्डप्रेसको प्रयोग बाट तपाइँले के-के गर्न सक्नुहुन्छ भन्ने कुरा त थाहा पाउनु भयो होलाअब कुरा गरौ यसबाट एउटा साइट बनाउन के-के कुराहरुको आवश्यकता पर्छ त?
वेब होस्टिंग (PHP & MYSQL)
टेक्स्ट एडिटर (eg. Notepad)
एफटिपी सफ्टवेयर(eg. Filezilla)
इमेज एडिटर (eg. photoshop)

यति कुराहरु तपाइँसँग उपलब्ध छ भने तपाइँ आफ्नो कम्पनीको साइटलाई अनलाइन राख्न सक्नुहुन्छ ।अब कुरा गरौ आफुले चाहेको जस्तो साइट कसरि बनाउने र त्यसलाई आफ्नो कम्पनिको नामबाट अनलाइनमा उपलब्ध कसरि बनाउने? यी तलका साधारण ५ स्टेपहरुबाट तपाइले आफ्नो कम्पनिको साइट बनाउन सक्नुहुने छ :
डोमेन नेम र होस्टिंगको दर्तावर्डप्रेस वेब सफ्टवेयरको प्रयोग गरेर तपाइँको कम्पनीको साइट अनलाइनमा राख्नका लागि तपाइसँग दुइ ओटा बाटाहरु छन्: एउटा अलिकति पैसा खर्च गरेर आफ्नै डोमेन नेम र होस्टिंग दर्ता गर्ने र अर्को वर्डप्रेसमै फ्रीमा उपलब्ध नाम र होस्टिंगको प्रयोग गर्ने । यदि तपाइँले आफ्नै डोमेन नेम दर्ता गर्नु भयो भने अली व्यवसायिक, भरपर्दो र सम्झन पनि सजिलो हुन्छ । जस्तै  – www.google.com, www.facebook.com । यो सेवा तपाइले वर्डप्रेसको आधिकारिक वेबसाइट  www.wordpress.com बाट पनि किन्न सक्नुहुन्छ । तर यदि तपाइँले नि:शुल्क दर्ता गर्न चाहनु भयो भनेपनि त्यहाँ आफ्नो सुहाउदो नाम छानेर दर्ता सक्नुहुन्छ, तर तपाइँको साइटको नाम यस्तो हुन आउँछ – yourcompany.wordpress.com । यसमा तपाइले थप फिचरहरु प्रयोग गर्नका लागि भने पैसा तिर्नु पर्ने हुन्छ ।
२. वर्डप्रेस सफ्टवेयर डाउनलोडतपाइँले वर्डप्रेसमा साइट बनाउनका लागि पहिले वर्डप्रेसको आधिकारिक वेबसाइट वर्डप्रेस डट अर्ग (www.wordpress.org/download) बाट यसको वेब सफ्टवेयर आफ्नो पेर्सनल कम्प्युटरमा डाउनलोड गर्नू पर्ने हुन्छ । डाउनलोड गरिसकेपछि फाइललाई अनजिप गर्नु पर्छ ।
३. डाटावेस बनाउनेतपाइँको वेब होस्टिंगको साइटमा गएर कम्पनिको नाममा एउटा डाटावेस बनाउनुहोस् र त्यसको नाम र पासवर्ड लाई कपि गर्नुहोस् । र अघि तपाइँले डाउनलोड गर्नुभएको फाइलमा wp-config-sample.php नाम गरेको फाइल खोज्नुहोस् र त्यसको नाम परिवर्तन गरेर wp-config.php बनाउनुहोस् । यसलाई कुनै एउटा टेक्स्ट-एडिटर सफ्टवेयरले खोल्नुहोस र त्यस भित्र भएको डाटाबेसको नाम र पासवर्डको ठाउमा अघि तपाइले बनाएको डाटावेसको नाम र पासवर्ड पेस्ट गर्नुहोस् ।
४. अनलाइनमा राख्नेकुनै एउटा एफटिपी सफ्टवेयरको सहयोगमा तपाइँको होस्टिंग सर्भरसँग कनेक्ट गर्नुहोस । त्यसको लागि तपाईलाई होस्टिंग कम्पनिले एफटिपीको प्रयोगकर्ता नाम र पासवर्ड उपलब्ध गराएको हुन्छ । त्यसपछी तपाइँले आफ्नो लोकल कम्प्युटरमा भएको  वर्डप्रेस फोल्डर भित्रको सम्पूर्ण फाइलहरु अनलाइन सर्भर को www वा public_html मा चढाउनुहोस । यदि तपाइँलाई यो प्रोसेसमा समस्या भए होस्टिंग कम्पनीको पनि मद्दत लिन सक्नुहुन्छ ।
५. वर्डप्रेस इन्स्टलेसनतपाइले सम्पूर्ण फाइलहरु अनलाइनमा राखिसकेपछि वर्डप्रेसलाई इन्स्टल गर्नुपर्ने हुन्छ, जस्ले तपाइको साइट र फाइललाई डाटावेससँग कनेक्ट गर्दछ र एउटा साइट तयार हुन्छ । त्यसको लागि तपाइँले कुनै एउटा वेब ब्राउजर (फायरफक्स, गूगल क्रोम आदि) मा आफ्नो डोमेन नेम टाइप गर्नुहोस् वा सिधै www.yourcompany.com/wp-admin/install.php पनि हान्न सक्नुहुन्छ र त्यसपछि वर्डप्रेसको निर्देशन अनुसार नेक्स्ट-नेक्स्ट गर्दै जानुहोस । यसरि तपाइको साइट अनलाइनमा उपलब्ध हुन्छ । अब तपाइँले आफ्नो साइटमा सूचना थपघट गर्नका लागि वर्डप्रेस-एडमिनमा प्रवेश गर्नु पर्ने हुन्छ । एडमिन लगिनको लागि www.yourcompany.com/wp-admin/ टाइप गर्नुहोस् । एडमिन प्यानलबाट तपाइले सुचना थपघट मात्र होइन, आफ्नो थिम परिवर्तन गर्ने देखि लिएर प्लगिन पनि इन्स्टल गर्न सक्नुहुन्छ ।यी एउटा साइट बानाउदा आवश्यक पर्ने साधारण स्टेपहरु हुन् । आशा छ यी स्टेपहरुको मद्दतले तापाईले आफ्नो साइट तयार पार्नु हुनेछ । साइट निर्माण गर्ने क्रममा धेरै समस्याहरु पनि देखा पर्न सक्छन । यदि केहि त्यस्तो अलमलमा पर्नु भयो भने कमेन्ट बक्स तपाइहरुको लागि सदा खुल्ला नै छ, म तपाइँहरुको समस्याको समाधानको २४/७ नै उपलब्ध हुने छु । यदि सर्च इन्जिन सँग मज्जाले घुलमिल हुनुहुन्छ भने गूगलमा गएर आफ्नो समस्या सर्च गर्नु भयो भने पनि समाधान पाउन सक्नुहुनेछ । र अन्य थप जानकारीको लागि वर्डप्रेस कै आधिकारिक साइट (wordpress.org) मा पनि हेर्न सक्नुहुन्छ ।Source- Nirmal's blogs

Comments

Popular posts from this blog

Popular cartoon characters of all time

१२ औं सागमा नेपालले सहभागी जनाउने खेलका खेलाडी तथा प्रशिक्षकको नामावली (साथमा अघिल्ला सस्करणका पदक बिजेताहरुको नामावली)

नेपाली क्रिकेटका ‘मिडल स्टम्प’