जो कर्ममा विश्वास गर्छन !
जब म राष्ट्रिय क्रिकेटका रिपोर्टिङका क्रममा त्रिभुवन बिश्वबिधालयको मैदानमा थिए | एक वृद्ध बदाम, पानीको व्यापार गर्दै थिए | तर, अन्यभन्दा भिन्न थियो उनको व्यापार | ...
अन्यले एक एक सामानको व्यापार गर्दै थियो भने उनले एकैसाथ धेरै समान
बोकेको थियो | उनको मलाई मन परेको चिज चै ..पानी बोक्ने स्टाइल हो |
'हजुर हाम कर्ममा विश्वास राख्छ, कसैलाई ठगदैन !' हिन्दी लवजमा बोल्दै
.... उसले कसैलाई भनिरहेको थियो | बदाम बेच्ने एक अपरिचित व्यक्तिको त्यो शब्द
मेरो कानमा आएर रोकियो | जुन निकै प्रेरणादायी थियो |
हो म कुरा गर्दै छु एक कर्ममा विश्वास गर्ने एक व्यक्तिको बारे |
कर्ममा विश्वास गर्ने उनी हुन् .. भारतको बिहार राज्यका .. हरिसिंह ठाकुर | जो
नेपालको जनकपुर आसपासका गाउका हुन् |
सायद उमेरलाई मान्ने हो भने उनी रिटायर्ड लाइफको पनि अन्तिम चरणमा छन् |किनकी उनी पुगिसके ७५ वर्ष .... तर उनको त्यो ..खटाई देख्दा ... भर्खरका छन् जस्तो लाग्छ | किनकी उनको ..त्यो खटाई .. युवामा देखिदैन
मलाई अन्य भन्दा फरक के लाग्यो भने ..उनको पानीको बोतल बोक्ने शैली
... जुन नयाँ थियो | अनी मोबाइल निकालेर फोटो खिच्न के लागेको थिए ... उनले बोली हाल्यो .. भोलि कुन पत्रिकामा आउछ ..भाइ ? तर मैले उत्तर
दिनु परेन ....कारण ठाकुर आफै बोल्यो ... "मेरो फोटो छ नि ..यही काम गर्दाको
..कान्तिपुरमा छापिएको थियो | चार महिना पहिले |"

मलाई यति भनरे ठाकुर फेरी आफ्नै काममा ब्यस्त भयो | मलाई भने उनको
बारेमा जान्ने इच्छा भयो | गएर सोधे - हजुर किन यति पाको भएर पानी यस्तो काम गर्नु
हुन्छ ?

तर, उसले जवाफ दियो पुरानै - "हजुर हाम कर्ममा विश्वास राख्छ,
कसैलाई ठगदैन !' काम नगरी कसरि खाने ? मागेर चोरेर खानु भन्दा आफ्नो क्षम्ता
अनुसारको गरेर खाएकोमा सन्तुष्ट हुन्छ |"
हजुरको परिवार कता छ ?यतै छ , 'मेरो श्रीमती कुमारीगलमा मकै बेच्ने गर्छ | छोरो छ ऊ नि यस्तै व्यापार गर्छ |' ठाकुरका अनुसार उनले बदाम, पानी र पपकर्न बेचेर दिनमा ...१५ सयदेखि २ हजार सम्म कमाउने गर्छ रे |यदी आम्दानी भएन भने ..५ सय त हुन्छ रे | " हजुर यति भएन भने कसरी बाच्ने ?"

Comments
Post a Comment
कृपया अश्लिल शब्दको प्रयोग नगरिदिनु होला |