विनोदले लिए सन्यास (फोटो फिचर)

अष्ट्रेलियन फिलिप हृयुजलाई श्रद्धाञ्जलि दिन आयोजित मैत्रीपूर्ण खेलमा राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान विनोद दास निलो टिमको कप्तानी गर्दै क्रिजमा खेलिरहँदा प्रेस बस्ने प्याराफिटमा बसेर उनका बुबा मदन दास भावुक मुद्रामा क्रिकेट खेल हेरिरहेका थिए । किनकि उनका छोरा विनोदले यसै खेलबाट सन्यासको लिँदै थिए । 



सन्यासको अवसरमा समर्थकलाई अभिवादन गर्दै
तस्विर - सुनिल शर्मा दाई (हिटा )

सायदै,मदन दास पहिलोपटक टियु मैदान पुगेका थिए । जब ४१ रन बनाएपछि विनोद पेवेलियन फर्किए, उनको खेल हेर्न कीतिर्तुर मैदान पुगेका ठूलो संख्याको दर्शकले उठेर ताली बजाएर सम्मान गरेका थिए । त्यहीबेला उनका बुबा मदन दास भने आशु झारिरहेका थिए । 
सन्यास अघि अन्तिम खेल पछि मैदानलाई चुम्दै बिनोद
तस्बिर - सुनिल शर्मा दाइ (हिटा )


    शनिबार राष्ट्रिय टिमका पूर्वकप्तान विनोद दासले १७ वर्षे खेलाडी जीवनबाट सन्यास लिए ।  नेपाल क्रिकेट संघ क्यानको योजनाअनुसारै विनोदले लगभग ५ हजार दर्शकसामु आफ्नो खेल जीवनबाट सन्यास लिए । साच्चै सन्यास यादगार बनाए ।

१७ वर्षदेखि करियर सुरु गरेका विनोदले खेल जीवनमा धेरै उतारचढाब व्यहोरे । उनले जे भए पनि देशका लागि धेरै गरेका छन् । बेलाबेलामा इन्जुरिको समस्याले उनलाई सतायो । तर, नेपालको क्रिकेट यो स्थानमा आउनु उनको योगदान धेरै छ’, खेलकुद परिषद्को प्रमुख प्रशिक्षक तथा नेपालको राष्ट्रिय टिमका सहायक प्रशिक्षक जगत टमटाले यसरी विनोदको वर्णन गरे, ‘हो पनि प्रशिक्षक टमटाले भनेजस्तै विनोदले राष्ट्रिय टिममा पर्न धेरै संघर्ष गरे केही सफल भए केही असफल ।
तस्बिर - गोविन्द अर्याल 




सन् १९९७ मा हङ्कङमा भएको एसीसी यू१९ कपमा पहिलोपटक अन्तर्राष्ट्रिय खेल खेलेका विनोदले सन् २००० मा शारजहाँमा भएको एसीसी ट्रफीमा यूएईविरुद्धको खेलबाट राष्ट्रिय टिममा डेब्युगरेका थिए । विनोदले सन् २००५ देखि चार वर्ष राष्ट्रिय टिमको कप्तानी सम्हालेका थिए । त्यसपछि पारस खड्काले नेपालको कप्तानी सम्हालेका थिए ।४१ रन बनाएर आउट भएका उनलाई नेपाल तथा अष्ट्रेलियाका खेलाडीले क्रिजमै सम्मान गरे । त्यसपछि उनले हेल्मेट खोले, ब्याट र हेल्मेट उठाएर दर्शकलाई अभिवादन गरे । दर्शकले ठूलो स्वरमा हुटिङ गरे र ताली बजाएर सम्मान दर्शाए । विनोदले ब्याटलाई चुमे, क्रिकेट मैदानलाई चुमे र पेवेलियन फकिए लगत्तै ब्याट राखेर उनी श्रीमती, छोरा, छोरी र बाबु बसेकातिर आए । त्यही बेला प्रेस बक्समा पछाडिपट्टि बसिरहेका उनका बुबा आँशु पुछ्दै थिए । उनी भावुक भए परैबाट आफ्नी श्रीमतीलाई इशारा गर्दै बुबालाई नरुनु भन्न भनिरहेका थिए । लगत्तै उनी प्ल्येर बक्सतर्फ लागे ।
तस्बिर- गोविन्द अर्याल

विनोदको कप्तानीमा नेपालले सन् २००१ मा काठमाडौंमा भएको एसीसी यु१९ कप जितेको थियो । उक्त ट्रफी नेपालको पहिलो अन्तर्राष्ट्रिय उपाधि रहेको थियो । सन् २०१२ को एसीसी ट्रफीयता राष्ट्रिय टोलीबाट खेल्न नपाएका विनोदले राष्ट्रिय टोलीबाट ६८ खेल खेल्दै विनोदले ७६ विकेट लिएका छन् । विनोद घुँडाको समस्याले गर्दा राष्ट्रिय टिममा पर्न असफल हुँदै आएका थिए ।

१७ वर्षे खेलाडी जीवनबाट सन्यास लिँदै गर्दा उनले दर्शक र समर्थकको मायामा आफू निकै भाग्यमानी र सन्तुष्ट भएको बताए । सन्यास सँगसँगै उनको खेल हेर्न पहिलोपटक त्रिवि मैदान पुगेका उनका बाबुप्रति सम्मान देखाउन विनोदले भुलेनन् । अनी उनका टिमका साथीहरू क्यानलाई पनि । खेल सकिएपछि बोल्दै विनोदले भने, ‘मलाई क्यानले पनि केही न केही दिन्छु भनेको छ, तर मेरो लागि त्योभन्दा महŒवपूर्ण दर्शकहरूले दर्शाएको सम्मान ठूलो हो । मैले क्रिकेट यसकै लागि खेलेको हुँ । मेरोमात्र होइन कुनै पनि खेलाडीको यस्तै खाले बिदाइ होस् ।उनले अबको लक्ष्य भनेको नेपाली क्रिकेटलाई अघि लैजानु नै रहेको बताए । उनले हिमालय टाइम्ससँग कुरा गर्दै भने, ‘मेरो करियर क्रिकेट विकासकै लागि हनेछ । चाहे प्रशिक्षक भएर होस् वा म्यानेजमेन्टमा बसेर हो । क्रिकेट विकासकै लागि काम गर्ने छु ।उनले अबको दिनमा आफ्नो पढाइलाई अघि बढाउने तयारीसमेत रहेको बताए ।
मैदान बाहिरिदै बिनोद  तस्बिर गोविन्द अर्याल


राष्ट्रिय टिमका सदस्य वसन्त रेग्मीले विनोदलाई मिहिनेती क्रिकेटरको उपमा दिए । उनले हिमालय टाइम्ससँग कुरा गर्दै भने, ‘जस्तो सुकै अवस्थामा पनि विनोद मिहिनेत गर्ने गर्थीयो । जुन अन्य क्रिकेट खेलाडीमा कमै पाइन्छ । उनको योगदान अमूल्य छ’, उनको बिदाइसँगै अहिलेका कप्तान पारस खड्काले नेपाली क्रिकेटका लागि विनोदले धेरै गरेको उल्लेख गर्दै अझै उनले नेपाली क्रिकेट विकासका लागि योगदान दिन सक्ने बताए । त्यस्तै उनले विनोद सफल बलर भएको बताए ।

बिदाइमा विनोदलाई क्यानले ६३ हजार रुपैयाँ दिएको थियो । जुन डिस होमले प्रयोजन गरेको थियो । उनलाई क्यानले ५ लाख दिने समेत घोषणा गरेको छ । त्यस्तै उनलाई कारसहित बिदाइ गरिने नेपाल क्रिकेट संघ (क्यान) का कार्यबाहक अध्यक्ष दीपक कोइरालाले बताए । उक्त खेलमा बचेको रकम समेत विनोदको बिदाइमा खचिर्चे क्यानले जनाएको छ ।

तस्बिर गोविन्द अर्याल 
तस्बिर - गोविन्द अर्याल 




नोट - चैत २९ गतेको हिमालय टाइम्सबाट साभार 
कृपया यस ब्लगको फोटो प्रयोग गर्नु परेमा साभार उदृत गर्नुहोला |






Comments