Posts

नेपाल सन् २०१५ मा घुम्नु पर्ने ठाउँहरुमा फोर्बस् पत्रिकाको टप टेन सूचीमा

Image
चर्चित फोर्बस् पत्रिकाले सन् २०१५ मा घुम्नु पर्ने ‘ कुलेस्ट ’ ठाउँमा नेपाललाई टप टेनमा राखेको छ । फोर्बस पत्रिकाको अनलाइन संस्करणमा एन एबेलद्वारा लेखिएको ट्राभल सम्बन्धी लेख यो लिंकमा छ -    एक आलेख मा नेपाललाई सन् २०१५ मा घुम्नुपर्ने ठाउँको सूचीमा राख्न सुझाव दिइएको छ । एनले नेपाललाई ट्रेकिङ्गको स्वर्ग भनेर वयान गरेकी छिन् । उनले विस्तारै आरामदायी गन्तव्य बन्दै गएको बताउँदै यहाँको कलात्मक संस्कृतिको प्रशंसा गरेकी छिन् । उनले यहाँको हिमाल , मन्दिर , गुम्बाहरु घुम्न सुझाउँदै फेवा तालमा डुंगा सयर गर्नका लागि यहाँ आउने यात्रीहरुलाई सुझाव दिएकी छिन् । टप टेन सूचीमा पर्ने अन्य ठाउँहरुमा आइसल्याण्ड , मोरोक्को , भियतनाम , तास्मानिया , कोलम्बिया , जापान आदि रहेका छन् । यसरी वर्णन गरिएको छ - The 10 Coolest Places To Visit In 2015 The world is enormous. And getting bigger. Every serious traveler I know says their wish list grows longer, not shorter, every time they visit a new corner of the world. So how to prioritize? What’s newly safe or newly uncovered? What

भुलेर पनि नगर्नुस् यो १० कामहरु, मृगौला खत्तम हुन्छ !!

Image
किडनी अर्थात मृगौला शरीरको निक्कै महत्वपूर्ण अंग मध्ये एक हो । यसले शरीरमा रगत सफा गर्ने देखि, हार्मोन बनाउने, खनिज सोक्ने, मुत्र उत्पादन गर्ने, टक्सिन अर्थात खराव पदार्थहरुलाई शरीरबाट निकाल्ने तथा एसिडको सन्तुलन बनाउने जस्ता काम गर्छ । यहाँ हामीले दैनिक जीवनमा गर्ने १० गल्तीको चर्चा गरिएको छ जसले मृगौलालाई हानी पुर्‍याउँछ । १ पानी कम पिउने यदि तपाइँ नियमित पानी पिउने गर्नु हुन्न भने यसको सबै भन्दा पहिलो र खराव प्रभाव मृगौलामा पर्छ । पानीको अभावले गर्दा मृगौलाले रगत सफा गरेर फोहोर फ्याँक्न कठिन हुन्छ । यसले उल्टो परिणाम दिन्छ शरीरमा टक्सिन जम्मा हुन्छ । २ नून बढी खानामा चर्को नून खाने बानी छ भने यसले रक्त चाप बढाउँछ । यसले मृगौलामा दवाव पैदा गर्छ । तपाँइले दिनमा ५ ग्राम भन्दा बढी नून खानु हानिकारक छ । ३ पिसाव रोक्ने यदि पिसाव आउँदा पनि पछि जाउँला भनेर बस्ने बानी छ भने आजै देखि बानी सुधार्नुस् । पिसाव रोक्ने बानीले मृगौलामा पत्थरी हुने र मृगौला फेल नै हुने खतरा समेत पैदा गर्छ । ४ गुलियो खाने बानी   यदि गुलिया खानेकुरा धेरै बानी छ भने आ

मोबाईल हराए..... अब भेटिने

Image
आजका दिन सम्म आइपुग्द धेरै जनाले आफ्नो मोबाईल हराउनु भयो अथवा चोरी भयो होला । यदी छ भने तपाईं हरुकोलागि एउटा खुशीको खबर आएको छ । भर्खरै बजारमा आएको ‘ JEENYA Mobile Security ‘ को मर्फत पहिलेनै हराइ सकेका मोबाईलकोपनी खोजी गर्न मिल्ने सम्भावना बढेको छ । यदी तपाईंले ‘JEENYA Mobile Security Application’ मोबाईलमा हल्नु आगानिनै मोबाईल हराइसक्या छ भनेपनी मोबाईलको खोजी कार्य आगाडी बढाउन सकिन्छ । यो प्रकर को खोजी कार्यको लागि हरएको मोबाईलको १५ डिजिटा को ‘IMEI’ कोड चाहिने हुन्छ । ‘IMEI’ मोबाईलको नम्बर हो जुन कहिल्यै पनि परिवर्तन गर्न मिल्दैन । यो नम्बर मोबाईलमा ‘*#06#’ डाइल गरेर प्रप्त हुन्छ । यदी मोबाईल हराइ सकेको छ भने ‘IMEI number’ मोबाईल किन्दा प्रप्त भएको बट्टा अथवा वारेन्टी कार्डमा पनि हुन्छ । आफ्नो ‘IMEI’ थाहा छ भने जेन्या प्रलिको वेबसाईट ‘ http://mobilesecurity.jeenya.com/report ‘ मा गएर सम्पूर्ण जानकारी प्रस्तुत गरेर फारम भर्नु पर्ने हुन्छ । फारम भरी सके पछी मोबाईल खोजी कार्य सुरु हुन्छ । त्यो मोबाईल समबन्धी केहि जानकारी प्रप्त भैसकेपछी जेन्या प्रलिबाट हरएको निबेदन पेश गर्ने ब्यक्ति

क्यान्डी क्रस ..... क्यान्डी क्रस .......ओभर क्रस !!!!!!

Image
क्यान्डी क्रस ..... क्यान्डी क्रस ओभर क्रस !!!!!! हामी सबैलाई थाहै छ ! क्यान्डी क्रस भन्ने गेमको बारेमा !! यो गेम अहिले सहर बजारदेखि गाउ गाउ सम्म र सामान्य स्मार्ट फोन देखी डेक्सटप कम्प्युटर, ल्यापटप, ट्याब्लेटसम्मको विधुतीय सामाग्रीहरुमा उपलब्ध छ | कतिपयका लागि ' समयको बर्बादी ' लाग्ने यो गेमका एक महिनामा ३३ करोड   प्रयोगकर्ता छन्। सानो बच्चा होस् या बृद्ध उमेरका मान्छे ! सबै उमेरका व्यक्तिहरुले जानेको गेम हो यो | यो गेम पहिले क्यान्डी क्रसबाट सुरु हुदै क्यान्डी क्रस सागासम्मको भर्सन बजारमा आइपुगेका छ र चाडै यसको अर्को नयाँ भर्सन आउने बजारमा हल्ला छ | साथै भर्खर मात्र यस गेमका डिजाइनर टमी कार्ल पाम नेपालमा समेत आएर फर्की सकेको अवस्था छ | अझ नेपालमा आएर उसले के भन्यो भने ....उसले पनि यो गेम दिनमा एक पटक सम्म खेल्ने गर्छ रे ! नेपालको कुरा गर्ने हो भने यो गेम यति लोकप्रिय छ कि ...... गाडीमा चढेर गन्तव्य हिड्ने देखि घरमा बस्ने, बाटोमा हिड्ने बटुवाले समेत यो गेम खेलिरहेको देख्छौ |  त्यतिमात्र कहाँ हो र ? यदी मोबाइल समातेर कोहि मुस्कुरौदै बसेको छ भने थाहा

विश्वकै होचा चन्द्रबहादुर र अग्ला सुल्तानबीच यसरी भयो भेट (फोटो फिचरसहित)

Image
विश्वकै अहिलेसम्मै होचा मानिसको रुपमा गिनिज बुकमा नाम लेखाएका नेपालका चन्द्रबहादुर डाँगी र सबैभन्दा अग्ला मानिस टर्कीका सुल्तान कोसेनबीच पहिलो पटक भेट भएको छ । १ फिट अग्ला ७५ वर्षीय डाँगी र ८ फिट ३ इन्च अग्ला ३१ वर्षीय सुल्तानले एक आपसमा ऐतिहासिक भेट गर्दै हात मिलाएका हुन् । ‘गिनिज वर्ल्ड रेकर्डस् डे’को अवसरमा आयोजित कार्यक्रममा भाग लिन तथा गिनिज बुक अफ वर्ल्ड रेकर्डसको ६० औँ वर्षगाँठका अवसरमा बेलायतको लण्डनस्थित  सेन्ट थोमस अस्पतालमा यी दुइबीच भेट भएको हो । चन्द्रबहादुर र सुल्तानबीच पहिलोपटक भेट भएसँगै यी दुइ किर्तिमानी पुरुषले अब एक अर्काबीच सम्पर्क बढाउने योजना पनि बनाएका छन् ।साभर - अनलाइनखबर 

बरिष्ठ फोटोग्राफरहरुलाई चुनौती दिएको हैन !!

Image
म कुनै बरिष्ठ फोटोग्राफर पनि हैन...तर रुची छ मेरो फोटोग्राफीमा !! अरुले खिचेको फोटो हेर्दा मात्र !!! र आज म पनि आफैले खिचेका केहि फोटोहरु ब्लगमा राख्दै छु | त्यो पनि कुनै प्रोफेसनल क्यामेराले खिचेको हैन ....सामान्य स्मार्टफोन ..साधारण फोन र केहि तस्बीर डिजिटल कम्प्याक्ट क्यामेराको माध्यमबाट खिचेको हो | तस्बिरहरु ..फोटोग्राफिकै लागि भनेर खिचिएको हैन तर घुमघाम मा निस्किएको बेला खिचिएको हो | .........यदी यो फोटो हेर्दा बरिष्ठ फोटोग्राफरलाई कतै ठेस पुगेमा क्षमाप्रार्थी छु ! र त्यस्तो सम्झेमा त्यसको भागीदार आफै हुनुहुनेछ | र फोटो कसैलाई राम्रो लागेमा मलाई सम्पर्क गर्नुहोला !!.... त्यसैले मैले बरिष्ठ फोटोग्राफरलाई चुनौती दिएको हैन !! तर मैले यो मोबाइल फोटो राख्नुको कारण सोसियल साइट ट्वीटर, फेसबुक, इन्स्टाग्राम र अन्य ब्लगहरुमा ...क्यानन , सोनी लगाएतका अथवा १ लाख भन्दा माथिका क्यामेरा , त्यस्तै खालका लेन्सबाट फोटो खिचेर ..देखाउनेको लागि....हामी मोबाइल फोटोग्राफर पनि काम छैनौ है !! भन्नु खोज्नु पनि हो | तर साच्ची भन्नु पर्दा पर्यटकीय फोटोहरु राखेको छु है !!! फो