काठमाडौं । प्रायः भिक्षुहरु कलेजी वस्त्र  लगाएर धार्मिक ग्रन्थहरुसँग रम्ने गर्छन् । विश्व शान्तिको कामना गर्छन् ।  त्यसको अलावा भिक्षुहरु गुम्बाको रेखदेख, धार्मिक तथा सामाजिक कार्यहरुमा  दिनचर्या बिताउने गर्छन् ।     तर, सिन्धुपाल्चोकस्थित मेलम्चीको ङग्यूर  थेगक्षोग हेसाल किल्गुङ लिङ (जम्दार) गुम्बाका भिक्षुहरु भने केही फरक छन् ।  उनीहरु भिक्षुको परिधिभित्र मात्र सीमित छैनन् । सामाजिक, धार्मिक  कार्यसँगै खेलकुदमा समेत सकृय छन् ।     जम्दार गुम्बाका छुल्ठीम स्याङपो, पाल्देन  लामा, कर्मा वङग्याल, सङ्गे थुप्तेन, केसाङ लामा, सोनाम लामा, सांगे  तेन्जिङ्ग र मिङमार लामाको परिचय एक भिक्षुको मात्र छैन । उनीहरुको परिचय  भिक्षुसँगै धावकको रुपमा समेत जोडिन थालेको छ ।     लुम्बिनी बौद्ध धर्मावलम्बीहरुको पवित्र  धार्मिक स्थल हो । लुम्बिनी पिस म्याराथन प्रालिको आयोजनामा यसै साता  लुम्बिनीमा चौथो संस्करणको ‘लुम्बिनी शान्ति म्याराथन’ सम्पन्न भयो, जसमा  आठ भिक्षुहरु दौडिए । कलेजी वस्त्र निकाल्दै खेलकुद वस्त्र जर्सी पहिरिए,  खेलकुदको माध्यमबाट वुद्धको सन्देश विश्वमा फैलाउन ।     “हामी दौडमा सहभागी ...