Posts

थाहाँ छैन (गीत)

आफैलाई थाहाँ छैन, किन हो यो मन , यो तन आज कहाँ छ  किन हो,  तिमी मात्र मेरो कल्पनामा मलाई के भो तिमी मात्र मेरो सपनीमा | जति टाढा भएपनि तिम्रो मात्र यादहरु छ, अरु केहि सोच्न सक्दिन, तिमी जहाँ गएपनि के भो आज यो मन , यो तनमा तिमी मात्र छ | मेरो मन पिडामा छ, तिमी टाढा छौ, बिर्सन सक्दिन तिमीलाई , तिमी टाढा हुदा , मेरो सामु नहुदा सायद माया यही हो, मलाई आज थाहाँ भो | आफैलाई थाहाँ छैन, किन हो यो मन , यो तन आज कहाँ छ तिमी टाढा हुदा, के नै गर्न सक्छु र तिम्रो त्यो साथ विना |

वेबसाइड ह्याकरबाट बचाउने उपाय

Image
के तपाइको वेबसाइड ह्याकरले ह्याक गरेको छ ? वा तपाइले विभिन्न सरकारी तथा गैरसरकारी सस्थाको वेबसाइट ह्याक भएको खबर सुन्नुभएको होला | आफ्नो ब्लग, वेबसाइड ह्याकरबाट बचाउन के गर्ने भनेर सोच्दै हुनुहुन्छ ? भने यो कुरामा ध्यान दिने हो भने ह्याक हुने सम्भावना बाट बच्ने सम्भावना धेरै हुन्छ । १. राम्रो होस्टिंग चयन गर्ने बजारमा धेरै प्रकारका होस्टिंग सर्भिस दिने कम्पनिहरु छन् । तर हामीले किन्ने बेलामा त्यसले उपलब्ध गराउने सुरक्षा व्यवस्थालाइ नहेरी सस्तो होस्टिंग खोज्न तिर लाग्छौ अनि ह्याक हुने सम्भावना बढी हुन्छ । प्राय होस्टिंगमा सेयर गरिएका होस्टिंगहरु सस्तो हुन्छन तर ति होस्टिंगमा ह्याक हुने सम्भावना पनि उत्तिकै रहन्छ । यदि तपाइँ कुनै महत्वपूर्ण सुचना राख्ने वेबसाइट बनाउदै हुनुहुन्छ वा त्यसमा पैसाको कारोबार हुन्छ भने तपाइँले भरपर्दो र राम्रो सुरक्षा दिने होस्टिंग छान्नु पर्ने हुन्छ । त्यसको लागि भर्चुअल प्राइभेट सर्भरको होस्टिंग लिन पनि सक्नुहुन्छ जसमा तपाइँको साइट अरुसंग नराखी छुट्टै राख्न सक्नुहुन्छ र केहि आफ्नै सेक्युरिटीको सेटिङ्ग पनि गर्न सक्नुहुन्छ । २. सफ्टवयर अपडे

फिफा फुटबल नियमबारे पुस्तक लेख्दै भिम थापा

Image
पूर्व राष्ट्रिय खेलाडी तथा प्रशिक्षक भिम थापा नेपाली खेलकुदको एक छुट्याउन नमिल्ने व्यति m र परिचित नाम हो । हाल रिटायर जीवन बिताइरहेका र लगभग गुमनाम जस्तै रहेका थापाले नेपाली फुटबल तथा खेलकुदमा झन्डै चार दशक काम गरी नेपाली खेलकुदको बिकासमा योगदान गरेका थिए  | गुल्मी जिल्लामा सन १९४६ मा जन्मिएका थापा अस्वस्थका कारण अहिले खेल क्षेत्रमा क्रियाशिल छैनन् । जीवनलाई फुटबलसग तुलना गर्ने ६८ बर्षे भिम थापा डाइबिटिज , प्रेसर लगाएत रोगको कारणले खेल क्षेत्रबाट टाढै रहेका छन् | विभिन्न रोगले यस क्षेत्रमा क्रियाशिल नभएपनि थापाले नेपालमा फुटबल विकासकालागि महत्वपुर्ण कार्यको थालनी गर्दै हाल त्यसमै व्यस्त रहेका छन् | थापा आफ्नो रिटायर जीवनमा फुटबलसंग सम्बन्धित पुस्तकको लेखनमा व्यस्त छन् | थापा हाल फुटबलको सर्वोच्च सस्था फिफाको फुटबल खेल्दा खेलाउदा खेलाडी तथा रेफ्रीमा लागु हुने नियमबारे पुस्तक निकाल्नमा व्यस्त छन् | ' नेपालमा फुटबल लोकप्रिय छ , पूर्वको ईलामदेखि पश्चिमसम्म फुटबल खेलिन्छ , तर फुटबलमा लागु हुने नियम , रुल्स थोरैमा मात्र ज्ञान हुन्छ | त्यसैले यस खेलको सम्पूर्ण नियम नेपालीले

ओरालो लाग्दै महिला क्रिकेट

Image
सिनियर पुरुष क्रिकेट टिम आइसीसी डिभिजन २ को तयारीमा व्यस्त रहेको बेला नेपाली महिला क्रिकेट टिम भने गुमनाम आवस्थामा रहेको छ | नेपालमा महिला क्रिकेट गतिविधि सुन्य रहेसंगै महिला टिमका खेलाडीहरु पनि गुमनाम दिनचर्या बिताईरहेका छन् | नेपाल क्रिकेट संघ (क्यान)को लापरबाहीको कारण नियमित प्रतियोगिताहरु नहुदा नेपाली महिला क्रिकेट ओरालो लाग्नुका साथै राष्ट्रिय महिला क्रिकेट टिमका सदस्यहरु क्रिकेट छोड्ने सम्मको मनस्थितिमा पुगेको छ | महिला क्रिकेट गतिविधि सुन्य हुदा केहि नेपाली क्रिकेट टिमका अधिकांस खेलाडीहरु पलायन हुने सम्भावनामा बढेको छन् | केहि खेलाडीहरु अन्य विकल्पको खोजीमा रहेका छन् | नेपाली  महिला क्रिकेट टिम ;तस्विर क्यान   सशस्त्र प्रहरीको क्लब एपीएफ क्लबमा आबद्ध केहि खेलाडीहरु बाहेक अन्य महिला क्रिकेटरले अभ्यास समेत गरेका छैनन् | केहि खेलाडीले भने आफै सेल्फ अभ्यास गरिहरेका छन् | त्यो बाहेक महिला क्रिकेटको कुनै उपलब्धि छैन | महिला क्रिकेटरहरुले क्यानले समयमै प्रतियोगिता गरिदिए खेलाडी तथा महिला क्रिकेटको विकास हुने बताएका छन् | उनीहरु जतिसक्दो राष्ट्रिय प्रतियोगिता भएको ह

भलिबलमा जमेकी प्रतिभा

Image
'प्रतिभा माली' यो भन्दा अन्य उनको परिचय दिईरहन आवश्यक छैन | किनकि प्रतिभा १३ बर्षकै उमेरमा नेपाली महिला भलिबल तथा खेलकुद परिचित भैसकेकी छिन् | प्रतिभा मालीले १३ बर्षकै उमेरमा राष्ट्रिय महिला भलिबल टिमको प्रतिनिधित्व गर्दै मंगलबार काठमाडौँमा सम्पन्न प्रथम दक्षिण एसियाली आमन्त्रण महिला भलिबल च्याम्पियनसीप प्रतियोगितामा नेपाललाई ऐतिहासिक दोस्रो स्थान दिलाउन सफल भएकी छिन् | ओपन स्पाइकर (सटर)प्रतिभाको प्रेरणादायी खेलको मद्दतले नेपाली महिला टोलीले श्रीलंका महिला टिमविरुद्ध जित निकाल्दै उपविजेता बनेको थियो | 'प्रतिभा' उनको नाम जति गहकिलो छ, उनकी काम पनि त्यतिनै गहकिलो छ | भलिबल खेल्न सुरु गरेको प्रतिभाले लगभग ६ बर्ष मात्र भयो | तर, यति छोटो समयमै उनले उनका उमेरका सहपाटिहरुलाई पछाडी पारेका छन्, भलिबल खेलेर | प्रतिभा अहिले नेपाली भलिबलको स्पाइकमा धेरै जमेकी छिन् उनको ओपन स्पाइकिङले प्राय सबै बिपक्षिलाई टाउको दुखाई बन्ने गरेको छ | यस साउथ एसियन गेममा आफुले आफ्नो क्षमता अनुसार खेल्न नसकेको बताउने प्रतिभाको अबको लक्ष्य नेपाललाई दक्षिण एसियामै पहिलो बनाउने लक्ष्य रहेक

रुखसँगै चितुवाको टाउको काटिँदा… (फोटोफिचर)

Image
वनजंगल फडानीका कारण पर्यावरणीय चक्रमा पुग्न गएको गम्भीर असरको बारेमा सबैलाई जानकारी हुँदा हुँदै पनि यसको अभ्यास नेपाललगायत विभिन्न देशहरुमा हुने गरेको पाइन्छ ।  यसका लागि विभिन्न सन्देशमूलक विज्ञापन पनि नगरिएका होइनन् तर समस्या ज्यूँका त्यूँ छ । अझ भनौँ यो समस्या बढ्दो छ । हामीले विद्यालय जीवनदेखि नै पढ्दै आएका छौँ – एउटा रुख काट्दा अरु २ ओटा रुख रोपौँ तर यो शिक्षालाई कसैले पनि व्यवहारमा उतार्न सकेका छैनन् ।  वन फँडानीको असर मानिसलगायत विभिन्न जनावरलाई पर्न जान्छ । एकपटक सोचौँ, एउटा रुख काट्दा त्यो सँगै चितुवाको टाउको काटियो भने त्यो दृश्य कस्तो होला ? चितुवको साथसाथै सुगा, बाँदर र अजिङ्गरको टाउको काटिएको देख्नु भयो भने झन् के होला ? यो विषयमा कहिले सोच्नुभएको छ ? यदि छैन भने यी रुखसँगै जनावरको टाउको काटिएको फोटो यहाँ दिइएको छ  तर यी फोटोहरु वास्तविक हुन् भन्ने नसोच्नुस् । यी तस्बिरहरु एउटा सन्देशमूलक सामग्रीका लागि तयार गरिएको हो जसलाई भारतको पर्यावरण समाचार पत्रिका सेंक्चुरी एसियाले बनाएको हो । रुख काटिँदा अन्य जीव जन्तुको पनि टाउको काटिने अर्थात जीवन नष्ट हुन्

15 spectacular submissions at World Photography Awards (Photo feature)

Image
विश्व फोटोग्राफी संगठनले २०१५ को सोनी विश्व फोटोग्राफी पुरस्कारका लागि विभिन्न फोटोग्राफरहरुका फोटोहरु मनोनयन गरेको छ । सोनी विश्व फोटोग्राफी पुरस्कार को लागि खुला अन्तिम मनोनयनमा परेका फोटोहरु तल दिएको छ |  AGENCIES World Photography Organization has revealed selected photographs submitted for the 2015 Sony World Photography Awards. Entries to the Open and Youth competitions of the 2015 Sony World Photography Awards will close on 5 January 2015, followed by the deadline for the Professional competition on 8 January. All competitions are free to enter via www.worldphoto.org  Orangutan in The Rain by Andrew Suryono, Indonesia, Nature and Wildlife Category, Open Competition: "I was taking pictures of some orangutans in Bali and then it started to rain. Just before I put my camera away, I saw this orangutan took a banana leaf and put it on top on his head to protect himself from the rain. I immediately used my DSLR and telephoto