यसरी ... एकै क्लिकमा यूट्युवको भिडियो डाउनलोड गर्नुस् !
एजेन्सीको सहयोगमा सबैलाई यूट्युबको भिडियो विभिन्न सफ्टवेयरको मध्यमबाट डाउनलोड गर्नेबारे जानकारी छ । तर, त्यसका लागि विभिन्न सफ्टवेयरको झन्झटिलो प्रकिया पुरा गर्नु पर्छ । तर, अब त्यो झन्झटिलो प्रकियाबाट तपाइँ मुक्त हुनु हुनेछ । यूट्युबको भिडियो सजिलैसँग डाउनलोड कसरी गर्नेे ? सफ्टवेयर बिनै डाउनलोड गर्ने सजिलो तरिका छ ? हेडलाइनमा एकै क्लिक भनिएतापनि जम्माजम्मी दुई क्लिकमा यूट्युवको भिडियो डाउनलोड गर्न सकिन्छ । यो कुनै नयाँ टिप्स हैन तरपनि भिडियो डाउनलोड गर्न चाहने तर तौलतरिका थाहा नपाएर झन्झट ब्यहोरिरहेका इन्टरनेट प्रयोगकर्तालाई उपयोगी हुनसक्छ । यूट्युबमा डाउनलोड गर्नुपर्ने भिडियोलाई क्लिक गर्नुस् । उदाहरणको लागी यो भिडियो डाउनलोड गर्दैछु । डाउनलोड गर्नुपर्ने भिडियोको युआरएल लिकंको एचटिटिपीएसदेखी (https://www.) डब्लुडब्लुडब्लुडटसम्मलाई हटाएर त्यसको ठाउँमा दुईपटक एस (ss) टाइप गर्नुस् । जस्तै यस्तो : अब तपाइले यसरि डबल एस टाइप गरिसकेपछि इन्टर गर्दा सो भिडियो अर्को साइट सेभफ्रम डटनेटमा जम्प भएको पाउनुहुनेछ । त्यसपछि तपाई कुन क्वालिटीमा भिडियो