Posts

Showing posts from March, 2015

विवादले पारा तेक्वान्दो सहभागिता अन्यौलमा

Image
काठमाडौं, चैत १६ । नेपाल तेक्वान्दो संघ र नेपाल पारा तेक्वान्दो संघमा देखिएको विवाद तथा असमझदारीले ताइवानको ताइपेईमा प्रथम एसियन पारा तेक्वान्दो च्याम्पियनसिपमा नेपालको सहभागिता अनिश्चित बनेको छ । अगामी अप्रिल १५ देखि १७ सम्म हुने च्याम्पियनसिपका लागि खेलाडीले तयारी तीव्र बनाएको बेला दुई समूहको विवादले खेलाडीमा सहभागी हुन पाउने नपाउनेबारे अन्यौलता छाएको हो । विगत ५ महिनादेखि प्रशिक्षणमा रहेको खेलाडीका लागि एसियन तेक्वान्दो युनियनले खेल्न अनुमति पत्र पठाएसँगै यो विवाद बाहिर देखिएको हो । यस विवादले सहभागिता जनाउने नेपाली टिमको भिसा प्रक्रिया रोकिएको छ भने राष्ट्रिय खेलकुद परिषद्मा सहभागिता अनुमतिपत्रको फाइल त्यसै थन्किएको छ । जसको कारणले नेपालको सहभागिता अन्यौल बनेको छ । नेपालको तर्फबाट सहभागिता जनाउने खेलाडीको भिसा प्रक्रिया नेपाल तेक्वान्दो संघले गर्दै गर्दा नेपाल पारा तेक्वान्दो संघको आग्रहमा राष्ट्रिय खेलकुद परिषद्ले २ खेलाडी १ प्रशिक्षकसहित ५ सदस्य नेपाली टोलीको स्वीकृत पत्र रोकेको हो ।   प्रथम एसियन  पारा तेक्वान्दोको लागि अभ्यास गर्दै खेलाडी  यी दुवै सं...

ब्लग र वेब साइट कसरी बनाउने ?

Image
के तपाइँ आफ्नो व्यक्तिगत वा कम्पनीको साइट बनाउने सोंच बनाउनु भएको छ ? यदि चाहना हुँदा-हुदै पनि कँहा गएर बनाउने ? कसरि बनाउने ? धेरै पैसा खर्चिनु पो पर्ने हो की ? भन्ने आदि-इत्यादि दुविधाहरुमा पर्नु भएको छ भने , “ वर्डप्रेस – नि:शुल्क वेब सफ्टवेयर ” तपाइकोलागि सबै भन्दा उपयुक्त माध्यम बन्न सक्छ । यो एउटा बहुचर्चित ओपन सोर्स र फ्री ब्लगिंग सफ्टवयेर हो ,  जसबाट तपाइँले सजिलै , छिटो र आफ्नो आवश्यकता अनुसारको वेबसाइट बनाउन सक्नुहुन्छ । पर्सनल ब्लग , व्यक्तिगत वेबसाइट देखि लिएर कम्पनीका ठुला-ठुला वेबसाइटहरु बनाउनको लागि अत्याधिक प्रचलनमा आएको नाम हो , वर्डप्रेस ।    विकिपेडियाका अनुसार इन्टरनेटको दुनियामा हाल बनिरहेका २२% भन्दा बढी वेबसाइट यसमै आधारित छन् र हालसम्म ६ करोड भन्दा बढी प्रयोगकर्ताहरुले यसको माध्यमबाट आफ्नो साइट बनाइसकेका छन् । यो इन्टरनेटमा उपलब्ध कन्टेन्ट म्यानेजमेन्ट सिस्टमहरुमा सबै भन्दा चर्चित नाम हो र अन्य वेब सफ्टवेयरहरु भन्दा छोटो समयमा सिक्न र आफ्नो वेबसाइट तयार पार्नको लागि प्रख्यात छ   । सामान्यतया , यो धेरै मानिसहरुले आफ्ना लेखहरु र फोट...

औला भाचिएको रैछ !

Image
औला भाचिएको रैछ !   एक जना युवती शरीर दुख्यो भनेर डाक्टरकहाँ पुगिन | डाक्टर - तपाइलाई कहाँ दुख्छ ? युवती - शरीरको जुनसुकै ठाउमा पनि दुख्छ ! डाक्टर साहेब | शरिको सबै ठाउमा दुख्छ रे ? मैले त कुरा बुझिन न नि ? डाक्टरले अचम्म मान्दै प्रश्न गर्यो |   युवतीले औलाले आफ्नो खुट्टामा छोएर भनिन - डाक्टर साप यहाँ पनि दुख्छ | त्यसपछि गलामा छुदै भनिन् , "यहाँ पनि दुख्छ " लगत्तै देब्रे पट्टिको हातमा छुदै भनिन् ," डाक्टर साप छिटो जाच गर्नुस न ! नत्र म मर्ने भए, दुखेर ..यी हातमा पनि दुख्छ ! त्यसपछि ध्यानपुर्बक डाक्टरले उनको परिक्षण गरे अनी भने- " तपाइको औला भाचिएको रैछ " !   के फिगर बिगार्छौ ? एउटा पोथी कुखुरा एउटा पसलमा गएछ अनी पसलेसित तीनवटा अन्डा मागेछ | पसले छक्क पर्दै ,"किन चाहियो ? तिमीलाई अन्डा ?" कुखुरी - जाबो १० रुपेको अन्डाको लागि के फिगर बिगार्छौ ! भनेर भाले जी ले भन्नु भा छ के !   कसरि प्रमाणित गर्छौ ? बाउले छोरासंग सोधेछ - तिमी कसरी प्रमाणित गर्छौ कि हरियो तरकारी खानेको आखा तेजिलो हुन्छ ? छोरा - सजिलो छ बुबा ! के तपाईले घो...

जो कर्ममा विश्वास गर्छन !

Image
जब म राष्ट्रिय क्रिकेटका रिपोर्टिङका क्रममा त्रिभुवन बिश्वबिधालयको मैदानमा थिए | एक वृद्ध बदाम, पानीको व्यापार गर्दै थिए | तर, अन्यभन्दा भिन्न थियो उनको व्यापार | ... अन्यले एक एक सामानको व्यापार गर्दै थियो भने उनले एकैसाथ धेरै समान बोकेको थियो | उनको मलाई मन परेको चिज चै ..पानी बोक्ने स्टाइल हो | 'हजुर हाम कर्ममा विश्वास राख्छ, कसैलाई ठगदैन !' हिन्दी लवजमा बोल्दै .... उसले कसैलाई भनिरहेको थियो | बदाम बेच्ने एक अपरिचित व्यक्तिको त्यो शब्द मेरो कानमा आएर रोकियो | जुन निकै प्रेरणादायी थियो |   हो म कुरा गर्दै छु एक कर्ममा विश्वास गर्ने एक व्यक्तिको बारे | कर्ममा विश्वास गर्ने उनी हुन् .. भारतको बिहार राज्यका .. हरिसिंह ठाकुर | जो नेपालको जनकपुर आसपासका गाउका हुन् | सायद उमेरलाई मान्ने हो भने उनी रिटायर्ड लाइफको पनि अन्तिम चरणमा छन् | किनकी उनी पुगिसके ७५ वर्ष .... तर उनको त्यो ..खटाई देख्दा ... भर्खरका छन् जस्तो लाग्छ | किनकी उनको ..त्यो खटाई .. युवामा देखिदैन मलाई अन्य भन्दा फरक के लाग्यो भने ..उनको पानीको बोतल बोक्ने शैली ... जुन नयाँ थियो | अनी मोबाइल निका...

दक्षिण एसियामा नेपाली महिला भलिबल हावी हुनुपर्छ

Image
'दक्षिण एसियामा नेपाली महिला भलिबल हावी हुनुपर्छ र भारतका खेलाडीको ब्लक भन्दा माथिबाट मेरा खेलाडीले स्पाइक गर्न सक्नुपर्छ , मेरो एक मात्र लक्ष्य हो |'   हिमालय टाइम्ससंगको एक भेटमा न्यु डायमयड एकेडेमी प्रशिक्षक कुमार राईले बोलिरहदा उनको अफिस कोठामा देखिएको ट्रफीहरुले समेत प्रष्टै बनौथ्यो कि भलिबलमा उनले धेरै प्रतियोगिताहरु जितिसकेका छन्  । जुन ट्रफी उनका प्रशिक्षणमा रहेका महिला टिमले हासिल गरेको उपलब्धी हो ।  पछिल्लो केहि समयदेखि नेपाली भलिबल अथवा महिला भलिबलमा चिनिएको नाम हो कुमार राई । उनले जुर्मुराउँदो अवस्थामा रहेको नेपाली भलिबल फरक व्यक्तित्व बनाऊन सफल भएका छन् । साथै उनले धेरै राम्रा महिला खेलाडी उत्पादन गरेका छन् नेपाली महिला भलिबलमा । उनको चतुर प्रशिक्षण क्षमताले गर्दा उनको टिम न्यु डायमयड एकेडेमीले स-साना खेलाडीलाई मैदानमा उतार्दै ठुला टिमलाई पराजित गर्ने गर्छ ्र अक्सर, नेपाली महिला भलिबलकै सफल टिम एपीएफलाई समेत काबुमा राख्ने गर्छ । अन्य टिमले त न्यु डायमयडलै जित्ने आट गर्दैन । मध्यम परिवारमा संखुवासभा पाङ्मा २०२४ सालमा आमा भक्तीमाया राई तथा बुबा मनबहादुर...

नेपाली क्रिकेटमा पुरानो प्रवृति दोहोरिनु हुन्न

मलेसियामा बिहिबार सम्पन्न आइसीसी क्रिकेट लिग डिभिजन थ्रीको उपाधि जित्दै नेपालले क्रिकेटमा सफलताको नयाँ चिढि चढेको छ | नेपाल उपाधिसहित डिभिजन टूमा बढुवा भयो र टेस्ट नखेल्ने राष्ट्रहरुको बिचमा पुनः अब्बल टिम साबित भयो | साथै नेपालले पहिलो स्तरको क्रिकेट खेल्न पाउने सम्भावनाहरु पाएको छ | मलेसियामा पाएको यो उपलब्धि नेपालको लागि अत्यन्तै गौरबको बिषय बनेको छ | नेपालले पाएको यो सफलतामा नेपाली क्रिकेटमा अझै राम्रो हुने संकेत मिलेको छ | जुन कुरा मलेसियामा खेलाडीहरुले प्रमाणित गरे | उक्त प्रतियोगितामा उपाधि उचाल्न नेपालका लागि पुरानो नियम तोडिदै कुनै पनि एक खेलाडीमा निर्भर हुनु परेन | नेपाली क्रिकेटमा यसपटक आफ्ना तिनवटै क्षेत्रमा सुदृढ देखियो | नेपालको सधै देखिने कमजोर ब्याटिङ्ग यसपटक उत्कृष्ट देखियो भने बलिङ् र फिल्डिंङ्मा पनि धेरै सुधार देखियो | यो नेपालको क्रिकेटका लागि सुखद सरुवात हो | सन् १९९६ बाट अन्तर्राष्ट्रिय क्रिकेट सुरु गरेको नेपालले छोटो अवधिमा धेरै सफलताहरु पाएको छ | नेपालले यसै बर्ष टि ट्वान्टी विश्वकप खेल्यो जहाँ उत्कृष्ट प्रदर्शन गरी टि ट्वान्टी अन्तर्राष्ट्रिय मान्यता पायो | र...

बुट कस्न टाइम लाग्यो ! !

Image
चोरिको फल  शिक्षक : चोरिको फल एकदम नराम्रो हुन्छ | त्यसैले कहिले पनि चोरी नगर्नु ! राम बिचमै उठेर भन्यो - तर, सर हिजो मैले एउटा स्याउ चोरेर खाएको थिए | त्यो त एकदमै मिठो थियो त  अवश्य बिहे गर्छु प्रेमिका : तिमी नभएमा म बाच्न सक्दिन | तिमी मसंग कहिले बिहे गर्छौ ? प्रेमी : प्रिय म तिमीसंग अवश्य बिहे गर्छु तर पहिले मलाई आफ्नो परिवारसंग सोध्नु पर्छ | प्रेमिका : के तिम्रो बुबाआमाले मान्नु हुन्छ ? प्रेमी : किन नमान्नु ! मेरो बाबुआमाले मेरो निजि जीवनमा चासो राख्नु हुन्न तर, मलाई त मेरी श्रीमती र छोरा को पो डर छ त !!   श्याम र राम श्याम : राम तिमिलाई पौडी खेल्न आउछ ? राम : अह ! आउदैन | श्याम : (बिल्ला हान्दै )... तिमी जस्तो त कुकुरले पनि पौडी खेल्न जान्दछ | राम : तिमीलाई चै पौडी खेल्न आउछ त ? श्याम : (गमक्क परेर) आउछ | राम : त्यसो भए तिमी र कुकुरमा के फरक भयो र ?  बुट कस्न टाइम लाग्यो  एकदिन किराहरु र जनावरहरुको फुटबल म्याच भएछ | पहिलो हाफसम्म जनावरहरुले ६ गोल गरेछ तर किराहरुले भने गोल गर्न सकेनछ | दोस्रो हाफमा किराहरुको कोचले सय खुट्टे अरिम...

मर्न चाहन्छु (कविता)

यो भिड यो कोलाहल, यो हतार संसार.. अनी सवै स्वार्थी मान्छे ! लछार पछार गर्दै सबै एकले अर्कालाई धकेल्दै .... छैन मानवता, छैन भावना ..यहाँ मात्र कोलाहल मात्र स्वार्थ ! छैन स्वतन्त्रता , सबैमा बन्धन छ मनमा अशान्तिको मात्र बास छ हराएको छ मन, हराएको छ त्यो तन ! अगाढी बढ्नेको तानिन्छ खुट्टा यहाँ जान दिदैन अघि.... मानवतामा पैसा मिसिएको छ पैसाको पछि दौडेको छ संसार ! सबैको रक्षा गर्ने धर्म .. क्रुर बन्दैछ अब .. धर्मकै नाममा चल्दैछ युद्ध भगवान भने ... केहि देखिदैन यहाँ !  मासिएका छन् ती प्रकृति ... मासिएका छन् मानवताको अस्तित्व लुटिएका छन् .... चेली ..बढ्दैछ ..बलात्कार मात्र छ हिंसा यहाँ ! स्वार्थ बढेको छ सबैमा .. छैन दिन राम्रोको ..छ दिन हाम्रो र नराम्रोको .. त्यसैले .. यो समाजको परिवर्तन ... संगै बाच्नु  छैन मलाई ... मर्न चाहन्छु ,,, स्वतन्त्रता पाउन चाहन्छु .. मुक्त हुन चाहन्छु !! Nishan suchcha