Posts

विवादले पारा तेक्वान्दो सहभागिता अन्यौलमा

Image
काठमाडौं, चैत १६ । नेपाल तेक्वान्दो संघ र नेपाल पारा तेक्वान्दो संघमा देखिएको विवाद तथा असमझदारीले ताइवानको ताइपेईमा प्रथम एसियन पारा तेक्वान्दो च्याम्पियनसिपमा नेपालको सहभागिता अनिश्चित बनेको छ । अगामी अप्रिल १५ देखि १७ सम्म हुने च्याम्पियनसिपका लागि खेलाडीले तयारी तीव्र बनाएको बेला दुई समूहको विवादले खेलाडीमा सहभागी हुन पाउने नपाउनेबारे अन्यौलता छाएको हो । विगत ५ महिनादेखि प्रशिक्षणमा रहेको खेलाडीका लागि एसियन तेक्वान्दो युनियनले खेल्न अनुमति पत्र पठाएसँगै यो विवाद बाहिर देखिएको हो । यस विवादले सहभागिता जनाउने नेपाली टिमको भिसा प्रक्रिया रोकिएको छ भने राष्ट्रिय खेलकुद परिषद्मा सहभागिता अनुमतिपत्रको फाइल त्यसै थन्किएको छ । जसको कारणले नेपालको सहभागिता अन्यौल बनेको छ । नेपालको तर्फबाट सहभागिता जनाउने खेलाडीको भिसा प्रक्रिया नेपाल तेक्वान्दो संघले गर्दै गर्दा नेपाल पारा तेक्वान्दो संघको आग्रहमा राष्ट्रिय खेलकुद परिषद्ले २ खेलाडी १ प्रशिक्षकसहित ५ सदस्य नेपाली टोलीको स्वीकृत पत्र रोकेको हो ।   प्रथम एसियन  पारा तेक्वान्दोको लागि अभ्यास गर्दै खेलाडी  यी दुवै संघले आफू आधिकार

ब्लग र वेब साइट कसरी बनाउने ?

Image
के तपाइँ आफ्नो व्यक्तिगत वा कम्पनीको साइट बनाउने सोंच बनाउनु भएको छ ? यदि चाहना हुँदा-हुदै पनि कँहा गएर बनाउने ? कसरि बनाउने ? धेरै पैसा खर्चिनु पो पर्ने हो की ? भन्ने आदि-इत्यादि दुविधाहरुमा पर्नु भएको छ भने , “ वर्डप्रेस – नि:शुल्क वेब सफ्टवेयर ” तपाइकोलागि सबै भन्दा उपयुक्त माध्यम बन्न सक्छ । यो एउटा बहुचर्चित ओपन सोर्स र फ्री ब्लगिंग सफ्टवयेर हो ,  जसबाट तपाइँले सजिलै , छिटो र आफ्नो आवश्यकता अनुसारको वेबसाइट बनाउन सक्नुहुन्छ । पर्सनल ब्लग , व्यक्तिगत वेबसाइट देखि लिएर कम्पनीका ठुला-ठुला वेबसाइटहरु बनाउनको लागि अत्याधिक प्रचलनमा आएको नाम हो , वर्डप्रेस ।    विकिपेडियाका अनुसार इन्टरनेटको दुनियामा हाल बनिरहेका २२% भन्दा बढी वेबसाइट यसमै आधारित छन् र हालसम्म ६ करोड भन्दा बढी प्रयोगकर्ताहरुले यसको माध्यमबाट आफ्नो साइट बनाइसकेका छन् । यो इन्टरनेटमा उपलब्ध कन्टेन्ट म्यानेजमेन्ट सिस्टमहरुमा सबै भन्दा चर्चित नाम हो र अन्य वेब सफ्टवेयरहरु भन्दा छोटो समयमा सिक्न र आफ्नो वेबसाइट तयार पार्नको लागि प्रख्यात छ   । सामान्यतया , यो धेरै मानिसहरुले आफ्ना लेखहरु र फोटो अपडेट गर्नको लागि

औला भाचिएको रैछ !

Image
औला भाचिएको रैछ !   एक जना युवती शरीर दुख्यो भनेर डाक्टरकहाँ पुगिन | डाक्टर - तपाइलाई कहाँ दुख्छ ? युवती - शरीरको जुनसुकै ठाउमा पनि दुख्छ ! डाक्टर साहेब | शरिको सबै ठाउमा दुख्छ रे ? मैले त कुरा बुझिन न नि ? डाक्टरले अचम्म मान्दै प्रश्न गर्यो |   युवतीले औलाले आफ्नो खुट्टामा छोएर भनिन - डाक्टर साप यहाँ पनि दुख्छ | त्यसपछि गलामा छुदै भनिन् , "यहाँ पनि दुख्छ " लगत्तै देब्रे पट्टिको हातमा छुदै भनिन् ," डाक्टर साप छिटो जाच गर्नुस न ! नत्र म मर्ने भए, दुखेर ..यी हातमा पनि दुख्छ ! त्यसपछि ध्यानपुर्बक डाक्टरले उनको परिक्षण गरे अनी भने- " तपाइको औला भाचिएको रैछ " !   के फिगर बिगार्छौ ? एउटा पोथी कुखुरा एउटा पसलमा गएछ अनी पसलेसित तीनवटा अन्डा मागेछ | पसले छक्क पर्दै ,"किन चाहियो ? तिमीलाई अन्डा ?" कुखुरी - जाबो १० रुपेको अन्डाको लागि के फिगर बिगार्छौ ! भनेर भाले जी ले भन्नु भा छ के !   कसरि प्रमाणित गर्छौ ? बाउले छोरासंग सोधेछ - तिमी कसरी प्रमाणित गर्छौ कि हरियो तरकारी खानेको आखा तेजिलो हुन्छ ? छोरा - सजिलो छ बुबा ! के तपाईले घो

जो कर्ममा विश्वास गर्छन !

Image
जब म राष्ट्रिय क्रिकेटका रिपोर्टिङका क्रममा त्रिभुवन बिश्वबिधालयको मैदानमा थिए | एक वृद्ध बदाम, पानीको व्यापार गर्दै थिए | तर, अन्यभन्दा भिन्न थियो उनको व्यापार | ... अन्यले एक एक सामानको व्यापार गर्दै थियो भने उनले एकैसाथ धेरै समान बोकेको थियो | उनको मलाई मन परेको चिज चै ..पानी बोक्ने स्टाइल हो | 'हजुर हाम कर्ममा विश्वास राख्छ, कसैलाई ठगदैन !' हिन्दी लवजमा बोल्दै .... उसले कसैलाई भनिरहेको थियो | बदाम बेच्ने एक अपरिचित व्यक्तिको त्यो शब्द मेरो कानमा आएर रोकियो | जुन निकै प्रेरणादायी थियो |   हो म कुरा गर्दै छु एक कर्ममा विश्वास गर्ने एक व्यक्तिको बारे | कर्ममा विश्वास गर्ने उनी हुन् .. भारतको बिहार राज्यका .. हरिसिंह ठाकुर | जो नेपालको जनकपुर आसपासका गाउका हुन् | सायद उमेरलाई मान्ने हो भने उनी रिटायर्ड लाइफको पनि अन्तिम चरणमा छन् | किनकी उनी पुगिसके ७५ वर्ष .... तर उनको त्यो ..खटाई देख्दा ... भर्खरका छन् जस्तो लाग्छ | किनकी उनको ..त्यो खटाई .. युवामा देखिदैन मलाई अन्य भन्दा फरक के लाग्यो भने ..उनको पानीको बोतल बोक्ने शैली ... जुन नयाँ थियो | अनी मोबाइल निका

दक्षिण एसियामा नेपाली महिला भलिबल हावी हुनुपर्छ

Image
'दक्षिण एसियामा नेपाली महिला भलिबल हावी हुनुपर्छ र भारतका खेलाडीको ब्लक भन्दा माथिबाट मेरा खेलाडीले स्पाइक गर्न सक्नुपर्छ , मेरो एक मात्र लक्ष्य हो |'   हिमालय टाइम्ससंगको एक भेटमा न्यु डायमयड एकेडेमी प्रशिक्षक कुमार राईले बोलिरहदा उनको अफिस कोठामा देखिएको ट्रफीहरुले समेत प्रष्टै बनौथ्यो कि भलिबलमा उनले धेरै प्रतियोगिताहरु जितिसकेका छन्  । जुन ट्रफी उनका प्रशिक्षणमा रहेका महिला टिमले हासिल गरेको उपलब्धी हो ।  पछिल्लो केहि समयदेखि नेपाली भलिबल अथवा महिला भलिबलमा चिनिएको नाम हो कुमार राई । उनले जुर्मुराउँदो अवस्थामा रहेको नेपाली भलिबल फरक व्यक्तित्व बनाऊन सफल भएका छन् । साथै उनले धेरै राम्रा महिला खेलाडी उत्पादन गरेका छन् नेपाली महिला भलिबलमा । उनको चतुर प्रशिक्षण क्षमताले गर्दा उनको टिम न्यु डायमयड एकेडेमीले स-साना खेलाडीलाई मैदानमा उतार्दै ठुला टिमलाई पराजित गर्ने गर्छ ्र अक्सर, नेपाली महिला भलिबलकै सफल टिम एपीएफलाई समेत काबुमा राख्ने गर्छ । अन्य टिमले त न्यु डायमयडलै जित्ने आट गर्दैन । मध्यम परिवारमा संखुवासभा पाङ्मा २०२४ सालमा आमा भक्तीमाया राई तथा बुबा मनबहादुर राइ क

नेपाली क्रिकेटमा पुरानो प्रवृति दोहोरिनु हुन्न

मलेसियामा बिहिबार सम्पन्न आइसीसी क्रिकेट लिग डिभिजन थ्रीको उपाधि जित्दै नेपालले क्रिकेटमा सफलताको नयाँ चिढि चढेको छ | नेपाल उपाधिसहित डिभिजन टूमा बढुवा भयो र टेस्ट नखेल्ने राष्ट्रहरुको बिचमा पुनः अब्बल टिम साबित भयो | साथै नेपालले पहिलो स्तरको क्रिकेट खेल्न पाउने सम्भावनाहरु पाएको छ | मलेसियामा पाएको यो उपलब्धि नेपालको लागि अत्यन्तै गौरबको बिषय बनेको छ | नेपालले पाएको यो सफलतामा नेपाली क्रिकेटमा अझै राम्रो हुने संकेत मिलेको छ | जुन कुरा मलेसियामा खेलाडीहरुले प्रमाणित गरे | उक्त प्रतियोगितामा उपाधि उचाल्न नेपालका लागि पुरानो नियम तोडिदै कुनै पनि एक खेलाडीमा निर्भर हुनु परेन | नेपाली क्रिकेटमा यसपटक आफ्ना तिनवटै क्षेत्रमा सुदृढ देखियो | नेपालको सधै देखिने कमजोर ब्याटिङ्ग यसपटक उत्कृष्ट देखियो भने बलिङ् र फिल्डिंङ्मा पनि धेरै सुधार देखियो | यो नेपालको क्रिकेटका लागि सुखद सरुवात हो | सन् १९९६ बाट अन्तर्राष्ट्रिय क्रिकेट सुरु गरेको नेपालले छोटो अवधिमा धेरै सफलताहरु पाएको छ | नेपालले यसै बर्ष टि ट्वान्टी विश्वकप खेल्यो जहाँ उत्कृष्ट प्रदर्शन गरी टि ट्वान्टी अन्तर्राष्ट्रिय मान्यता पायो | र

बुट कस्न टाइम लाग्यो ! !

Image
चोरिको फल  शिक्षक : चोरिको फल एकदम नराम्रो हुन्छ | त्यसैले कहिले पनि चोरी नगर्नु ! राम बिचमै उठेर भन्यो - तर, सर हिजो मैले एउटा स्याउ चोरेर खाएको थिए | त्यो त एकदमै मिठो थियो त  अवश्य बिहे गर्छु प्रेमिका : तिमी नभएमा म बाच्न सक्दिन | तिमी मसंग कहिले बिहे गर्छौ ? प्रेमी : प्रिय म तिमीसंग अवश्य बिहे गर्छु तर पहिले मलाई आफ्नो परिवारसंग सोध्नु पर्छ | प्रेमिका : के तिम्रो बुबाआमाले मान्नु हुन्छ ? प्रेमी : किन नमान्नु ! मेरो बाबुआमाले मेरो निजि जीवनमा चासो राख्नु हुन्न तर, मलाई त मेरी श्रीमती र छोरा को पो डर छ त !!   श्याम र राम श्याम : राम तिमिलाई पौडी खेल्न आउछ ? राम : अह ! आउदैन | श्याम : (बिल्ला हान्दै )... तिमी जस्तो त कुकुरले पनि पौडी खेल्न जान्दछ | राम : तिमीलाई चै पौडी खेल्न आउछ त ? श्याम : (गमक्क परेर) आउछ | राम : त्यसो भए तिमी र कुकुरमा के फरक भयो र ?  बुट कस्न टाइम लाग्यो  एकदिन किराहरु र जनावरहरुको फुटबल म्याच भएछ | पहिलो हाफसम्म जनावरहरुले ६ गोल गरेछ तर किराहरुले भने गोल गर्न सकेनछ | दोस्रो हाफमा किराहरुको कोचले सय खुट्टे अरिमोठे किरा मैदानमा ल्याएछ