क्रिकेटले धानेको वर्ष
काठमाडौं । नेपाली खेल क्षेत्रमा २०७१ सालको नेतृत्व क्रिकेटले ग¥यो । क्रिकेट संघमा विवाद देखिए पनि मैदानमा क्रिकेटले यो वर्ष उत्कृष्ट सफलता पायो । डिभिजन थ्रीको उपाधि र डिभिजन टूमा यथावत् रहनु नेपाली क्रिकेटको अन्तर्राष्ट्रिय सफलता हो । वर्षको अन्तिमतिर चैत २८ गते अष्ट्रेलियाली खेलाडी फिलिप हृयुजलाई श्रद्धाञ्जलि दिन आयोजित नेपाली र अष्ट्रेलियाली खेलाडीबीचको मैत्रीपूर्ण खेलले नेपाल र अष्ट्रेलियाबीच क्रिकेट सम्बन्धलाई नयाँ उचाइमा पु¥यायो । क्रिकेटपछि सफलता पाएको खेल भलिबल रहृयो । सार्क भलिबल प्रतियोगिता नेपालले सफलतापूर्ण आयोजना ग¥यो भने राष्ट्रिय भलिबल प्रतियोगतामा पनि यसै वर्ष आयोजना गरियो । सबैभन्दा धरै लगानी रहेको फुटबलले भने यस वर्ष पनि निराश पा¥यो । समग्रमा भन्नुपर्दा यो वर्ष खेलकुद क्रिकेटले धान्यो । विवाद भए पनि फड्को मैदानबाहिर जतिसुकै विवाद भए पनि क्रिकेटमा नेपालले एकपछि अर्को सफलता हात पारेको छ । विवादमा रुमलिएकै बेला मलेसियामा सम्पन्न आईसीसी विश्व क्रिकेट लिग डिभिजन थ्री जितेर नेपाली क्रिकेटले खुशियाली दिलायो । पहिलो खेलमै युगान्डासँग २० रनले चुकेपछि बर्मुडालाई ८ वि