Posts

भूकम्प तिमी र म डिभोर्स गरौँ

Image
तस्बीर गुगल  प्रिय , भूकम्प ! तिमीलाई मैले किन यति धेरै माया गरेँ र तिमीले साथ दियौ ? हेर ! तिम्रो यो मायाले म पागल भै सकेँ । मलाई दिनमा चैन छैन अझ रातमा समेत चैन छैन | किन ? खाली तिम्रो मात्र माया लागेर आउँछ | तिम्रो यादले सताई रहन्छ | तिमी सपनीमा आउँछौ | विपनामा भने हराउँछौ | तिमी भन्छौ होला भूकम्प , मैले तिमीलाई माया गरेको छैन भनेर होला | तर , तिमीलाई थाहा छ | तिम्रो आगमन नभएको दिन मैले कति न्यास्रो मान्छु ? सों:च ! यदी तिम्रो माया नलागेको भए म प्रत्येक दिन भूकम्प ! भूकम्प ! भनेर पटक पटक चिच्याउने थिइनँ | सम्झ एकपल्ट | सुन भूकम्प !   तिमीलाई म सानो यो चिठीमार्फत भन्दै छु | तिमीलाई पाउन मैले के गरिनँ ? मैले जे गुमाउनु थियो त्यो गुमाँइसकेको छु | अब त्यो भन्दा बढी गुमाउने म सँग केहि छैन | र अझैं पनि तिमीले मलाई माया गर्दैनस भनेर पटक पटक पीडा दिने गरेको छौ | अब मैले तिमीलाई म सँग बाँकी जति माया दिईसके | मलाई अझै तनाव नदेउ |   सुन ! मलाई तिमीले तनाव दिदा तिमीलाई मनोरन्जन मिल्छ होला | तिमीलाई यो थाहा छैन कि तिम्रो तनावको असर मलाई मात्र पर्दैन | तिमीले गर्दा मैले धेरै

खेल गतिविधि जेठ पहिलो सातादेखि

Image
काठमाडौं , वैशाख २५ ।  'अधिकांश प्रशासनिक कार्यालयको ढोकामा ताला , कर्मचारीहरू बाहिरै टोलाइरहेका थिए । उनीहरूलाई नियमित कार्यहरू गर्न कठिन भएको  देख्न सकिन्थ्यो ।  केहि समूह गार्डेन रहेको ठाउँमा भेला भई छलफल गरिरहेका थिए । साथै , राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव युवराज लामाले समेत कार्यालयको दैनिक कार्यक्रम गार्डेनमा गरिरहेका थिए । ’ यस्तो दृश्य शुक्रबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को परिसरमा देखिएको थियो । जुन दृश्य देखिनुमा कसैको दोष थिएन । दोष थियो गत वैशाख १२ गते गएको विनाशकारी भूकम्प । वैशाख १२ गते गोरखाको बारपाक क्षेत्रलाई केन्द्रबिन्दु बनाएर गएको ७ दशमलव ६ रिक्टर स्केलको भूकम्पको कारणले नेपाली खेलकुद अहिले अस्तव्यस्त भएको छ । जसको कारणले खेलकुद परिषदभित्र रहेको धेरै भौतिक संरचनाहरू क्षतिग्रस्त भएको छ । विनाशकारी भूकम्पले परिषदभित्रको अधिकांश भौतिक संरचनाहरूमा क्षति पुगेको छ । भूकम्पले त्रिपुरेश्वर क्षेत्रमा रहेका संरचनाहरूमा बढी क्षति पुगेको छ । भूकम्पले पौडी पोखरीको सावर रुमको भित्ता भत्किएर क्षतिग्रस्त बनेको स्कुटर । तस्वीरः निशान

क्रिकेटले धानेको वर्ष

Image
काठमाडौं । नेपाली खेल क्षेत्रमा २०७१ सालको नेतृत्व क्रिकेटले ग¥यो । क्रिकेट संघमा विवाद देखिए पनि मैदानमा क्रिकेटले यो वर्ष उत्कृष्ट सफलता पायो । डिभिजन थ्रीको उपाधि र डिभिजन टूमा यथावत् रहनु नेपाली क्रिकेटको अन्तर्राष्ट्रिय सफलता हो । वर्षको अन्तिमतिर चैत २८ गते अष्ट्रेलियाली खेलाडी फिलिप हृयुजलाई श्रद्धाञ्जलि दिन आयोजित नेपाली र अष्ट्रेलियाली खेलाडीबीचको मैत्रीपूर्ण खेलले नेपाल र अष्ट्रेलियाबीच क्रिकेट सम्बन्धलाई नयाँ उचाइमा पु¥यायो । क्रिकेटपछि सफलता पाएको खेल भलिबल रहृयो । सार्क भलिबल प्रतियोगिता नेपालले सफलतापूर्ण आयोजना ग¥यो भने राष्ट्रिय भलिबल प्रतियोगतामा पनि यसै वर्ष आयोजना गरियो । सबैभन्दा धरै लगानी रहेको फुटबलले भने यस वर्ष पनि निराश पा¥यो । समग्रमा भन्नुपर्दा यो वर्ष खेलकुद क्रिकेटले धान्यो । विवाद भए पनि फड्को  मैदानबाहिर जतिसुकै विवाद भए पनि क्रिकेटमा नेपालले एकपछि अर्को सफलता हात पारेको छ । विवादमा रुमलिएकै बेला मलेसियामा सम्पन्न आईसीसी विश्व क्रिकेट लिग डिभिजन थ्री जितेर नेपाली क्रिकेटले खुशियाली दिलायो । पहिलो खेलमै युगान्डासँग २० रनले चुकेपछि बर्मुडालाई ८ वि

विनोदले लिए सन्यास (फोटो फिचर)

Image
अष्ट्रेलियन फिलिप हृयुजलाई श्रद्धाञ्जलि दिन आयोजित मैत्रीपूर्ण खेलमा राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान विनोद दास निलो टिमको कप्तानी गर्दै क्रिजमा खेलिरहँदा प्रेस बस्ने प्याराफिटमा बसेर उनका बुबा मदन दास भावुक मुद्रामा क्रिकेट खेल हेरिरहेका थिए । किनकि उनका छोरा विनोदले यसै खेलबाट सन्यासको लिँदै थिए ।  सन्यासको अवसरमा समर्थकलाई अभिवादन गर्दै तस्विर - सुनिल शर्मा दाई (हिटा ) सायदै,मदन दास पहिलोपटक टियु मैदान पुगेका थिए । जब ४१ रन बनाएपछि विनोद पेवेलियन फर्किए , उनको खेल हेर्न कीतिर्तुर मैदान पुगेका ठूलो संख्याको दर्शकले उठेर ताली बजाएर सम्मान गरेका थिए । त्यहीबेला उनका बुबा मदन दास भने आशु झारिरहेका थिए ।  सन्यास अघि अन्तिम खेल पछि मैदानलाई चुम्दै बिनोद तस्बिर - सुनिल शर्मा दाइ (हिटा )      शनिबार राष्ट्रिय टिमका पूर्वकप्तान विनोद दासले १७ वर्षे खेलाडी जीवनबाट सन्यास लिए ।  नेपाल क्रिकेट संघ क्यानको योजनाअनुसारै विनोदले लगभग ५ हजार दर्शकसामु आफ्नो खेल जीवनबाट सन्यास लिए । साच्चै सन्यास यादगार बनाए । ‘ १७ वर्षदेखि करियर सुरु गरेका विनोदले खेल जीवनमा

लक्ष्यविहिन यात्रा

Image
कुनै दिन यस्तो लाग्थियो, पछि गएर जे काम गरेपनि चर्चित हुन्छु | तर, अहिले त्यो बच्चा हुदा सोचेको सपना भनौ या कल्पना एकाएक परिवर्तन भएको छ | मेरो गन्तव्य निकै लक्ष्य विहिन भएको छ | साच्चै यात्रा जारी छ तर के का लागि यो यात्रा गर्दै छु ? मलाई नै यसबारे रतिपनी जानकारी छैन | अथवा म मा अनभिज्ञ छाएको छ | उदेश्यबिहिन लक्ष्यमा लम्कदै ..म अनि ... र, सोच्ने गर्छु, सधै लक्ष्य विनाको मेरो यात्राले ठक्कर खाने त हैन ? कतै यो लक्ष्यविहिन यात्राले पूर्णता नपाउने हो कि ? अनि गम्भीर भएर सोच्छु ,'मैले एउटा उदेश्य त लिनै पर्छ'  तर, जब म मेरो लक्ष्यबिहिन यात्रामा निस्कन्छु .. केहि समयअघि बनाएको सपना सवै बिर्सन्छु | म त्यसैमा रमाउने गर्छु | कुनै एक राष्ट्रिय पत्रिकाको खेलकुद समाचार बनाउने गर्छु, अझ पार्ट टाइम जब नि गर्छु | दिनभरी त्यसैको लागि लखर-लखर डुल्छु | बसको यात्रा गर्छु | साझ अफिस छिर्छु | समाचार बनाउछु | रातको १०/११ बजे रुम फर्कन्छु | पत्रकारिता गर्छु, मतलब अरुलाई सूचना दिन्छु, दिनहरु यसरी नै बिताउदै छु | यसमा कुनै स्वार्थ छैन मेरो | सायद, यो खटाइले म कुनै लक्ष्यको बाटोमा हिड्दै ग

नग्न तर शान्त प्राकृतिक पेन्टीङहरु

Image
  जो कोहीलाई पनि जीवनमा बिशेष कार्य गर्न मन लाग्छ । मलाई वा जो कोहीलाई | यस्तै नयाँ कार्यमा अग्रसर भएकी छिन् | अमेरीकी पेन्टर   नताली फ्लेक्चरले यस्तै नयाँ कार्यको थालनी गरेकी छिन् | ऊनी मानिसलाई नग्याउँदै रंग भर्ने अभियानमा लागेकी छिन् ।  नग्न तर शान्त   ! तर, उनले कुनै कामुक चलचित्रका लागी नभई मानिसलाई केहि सन्देश दिन प्राकृतिक पेन्टिंगलाई रोजेकी छिन् । उनले निकै शृजनशिल तरिकाबाट मानिसको शरीरलाई प्रकृतिसंग ढालेकी छिन् | जुन निकै सन्देशमुलक छ | चित्रकार नतालीले यस बर्ष भित्रमा अमेरीकाका ५० राज्य बाट २ जना व्यक्तिलाई लक्षीत गरी पेन्टिगं उल्लेख गरेकी छिन् | उनले ३ बर्ष भित्र थालेको अभियानले पुर्णबिराम लाग्न थालेको र आफु यस्तो अभियान मार्फत थप हौसीएको समेत बताएकी छिन् ।   नग्न तर शान्त उनका पेन्टीगं अमेरीकाका हरेक राज्यमा पुगेर स्थानीय मोडेलहरुलाई फिल्डमा नै उपस्थित गराएर शरीरमा पेन्टी बाहेक अन्य स्थानमा वातावरण अनुसारको पेन्टींग गर्ने गर्दछिन् । प्राकृतिक रुपमा फिल्डमा नै पुगेर गरीने यस्तो दुर्लभ पेन्टींग बनाउन उनलाई पौने ४ घण्टा भन्दा बढी समय लाग्छ । २९ बर्षीया यि सुन्दरीले ३ बर्

सपनाको एकादेशमा ( उपन्यास )

Image
'मलाई जहाँसम्म थाहाँ छ कि टोलमा ऊनी नयाँ घरमा आएकी थिइन् |'   अग्ली कदकी अनी गोरी वर्णकी थिइन् ऊनी....... चस्मा लगाउने गर्थिन् | सुहाउने खालको ड्रेस अप हुन्थियो | उसको बारेमा कुनै जानकारी छैन मलाई |  तर , ऊनी उच्च वर्गको परिवारमा हुर्केकी थिइन् | किनकी उनको त्यो लवाईले प्रष्ट थाहा हुन्थियो | यो मेरो बुझाईमात्र हो , अरु मलाई थाहा छैन | ' मेरो कलेज विदा थियो | एक महिनाको लागी भर्खरै बिए पहिलो वर्षको एक्जाम (परीक्षा) सकिएकोले | म दिनभर कोठामै हुन्थे | अल्छी लाग्दा दिन हुने भएको कारणले कोठा बाहिर निस्केर नजिकैको एक दाईले खोलेको सानो चिया पसलमा गएर बस्थे |  त्यै बेला उनलाई पहिलोपटक देखे | सायद उनको त्यो एक झलकले गर्दा मेरो एक महिने दिन त्यहि चिया पसलमा बित्न थाल्यो | उनकै यादमा, उनकै वर्णनमा एकतमासले बोलिरहेको थिए ..  'के' तलाई ऊ खुबै मन पर्थ्यो ?  एक्कासी !  विवेक बिचमै बोल्यो | मेरो एकोहोरोपन एक्कासी बिच्कियो | अ...अ ... थाहा छैन ..यार विवेक, त्यो माया हो या के हो | बुझ्न सकेको छैन मैले अझै | भनेसी तलाई पनि लभको चक्कर लाग्नु आटेको थियो हो ? भन त, शिरिष त्